यस्ता रहस्यमय थिइन पहिले प्राचिनकालका नायिकाहरु : कसको रहस्य के त ? पुरा थाहा पाउनुहोस

प्रकाशित मिति : ३० असार २०७५, शनिबार १४:२९

नायिकाप्रति एक किसिमको ग्ल्यामर छ । नायिका भन्नसाथ हाम्रो मस्तिष्कमा बन्ने चित्र नै, आकर्षक, कमुक सुन्दरीको हो । नायिका, जो फिल्म एवं मनोरञ्जन क्षेत्रमा संलग्न हुन्छन् । अरुको मनोरञ्जनका खातिर उनीहरुले आफुलाई अनेक रुपरंगमा पेश गर्छन् । यो सिलसिला आजको मात्र होइन, सदियौंदेखिको हो । सदियौंअघिको समाजमा पनि राम्रा, आकर्षक, कामुक युवतीहरुको आफ्नो स्थान थियो । हामीले पौराणिक कथाहरुमा पढेकै छौं, कति सुन्दरीहरुको कथा । देवी देवताको पालामा फलानो आकर्षक थिइन् भनेर पढ्दै र सुन्दै आएका छौं ।                    

टुँडालमा नायक-नायिका : प्राचीन मंदिरहरूको बाहिर स्तंभ तथा टुडालहरूमा देवी, देवता, यक्ष एवं अप्सराहरूको मूर्ति देख्न सकिन्छ । तीमध्ये केही मूर्ति नायक र नायिकाहरूको पनि हुने गथ्र्यो । खजुराहो तथा यो जस्तै मन्दिरहरूमा अक्सर यस्ता मूर्तिहरू देख्न सकिन्छ । तीमध्ये अधिकांश अप्सरा तथा गन्धर्वको नै हुन्छ। खासमा भन्दा, प्राचीनकालमा गंधर्व, अप्सरा र नायक-नायिकहरूले देवताहरूको सहायता तथा मनोरंजनको काम गर्थे। तिनमा यक्ष पनि हुन्थे ।

प्राचीनकालमा नायक र नायिकाहरूको नामको पनि समूह हुन्थ्यो । यहाँ नायिकाको विषयमा चर्चा गरिएको छ ।नायिकाहरूलाई यक्षिणि तथा अप्सराहरूको उपजाति मानिन्छ । यस्ता नायिकाहरू पुरुषलाई मन्त्रमुग्ध पार्नसक्ने अति सुन्दर महिला हुन्थे । यी सुन्दर महिलाहरूको कार्य पनि अप्सराहरूकै जस्तो थियो । तर यिनीहरू मायावी हुने गर्थे । यिनीहरू अभिनय एवं कामकलामा समेत पारंगत हुने गर्थे ।

यी आठ नायिका : नायिकाहरू मुख्य गरी ८ छन्, जया, विजया, रतिपि्रया, कन्चन कुण्डली, स्वर्ण माला, जयवती, सुरंगिनी र विद्यावती ।यी नायिकाहरूलाई पनि देवताहरूले ऋषि-मुनिहरूको कठिन तपस्या भंग गर्ने उद्देश्यले प्रयोग गर्थे । यी नायिकाहरूको साधना पनि गरिन्छ, जसमा वशीकरण तथा सुन्दरता प्राप्तिको उद्देश्य हुन्छ । यी नायिकाहरूको साधनाबाट महिलाहरूलाई आकषिर्त गर्ने शक्ति प्राप्त हुने विश्वास रहिआएको पाइन्छ ।

‘अग्निपुराण’ मा पहिलो पटक नायक-नायिकाको विवेचन गरिएको पाइन्छ । वात्स्यायनको ‘कामसूत्र’ मा पनि श्रृंगार रससँग सम्बन्धित नायक र नायिकाहरूको भेद बताइएको छ । नेपाली साहित्यमै पनि नायक र नायिकाहरूको विषयमा लिखित थुप्रै ग्रंथ पाइन्छ ।यक्ष, गंधर्व र अप्सराहरूलाई देवता इतर श्रेणीको मानिन्छ ।पुराणहरूमा मुख्य रूपले ८ यक्षिणिहरूको चर्चा पाइन्छ । यी प्रमुख यक्षिणि हुन्, सुर सुन्दरी यक्षिणी, मनोहारिणी यक्षिणी, कनकावती यक्षिणी, कामेश्वरी यक्षिणी, रतिपि्रया यक्षिणी, पद्मनिी यक्षिणी, नटी यक्षिणी र अनुरागिणी यक्षिणी ।यसै गरी वेद तथा पुराणहरूको गाथाहरूमा कृतस्थली, पुंजिकस्थला, मेनका, रम्भा, प्रम्लोचा, अनुम्लोचा, घृताची, वर्चा, उर्वशी, पूवित्ति, तिलोत्तमा आदि नामका अप्सराहरूको उल्लेख पाइन्छ। ती सबै अप्सराहरूको विषयमा चित्रविचित्र कथाहरू पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*