साहित्यकार एवं युवा दार्शनिक दियु पौडेलको मनछुने कथा “मसानघाटकी पत्नी” भाग :- १ पढ्दा कसको मन नरोलार !

22

मनछुने कथा : –
मसानघाटकी पत्नी
भाग:- १
लेखक:- दियु पौडेल

ओए,उठ
म रोडमा मस्त निदाएको रहेछु !
जिन्दगी यस्तै थियो साथी भनेको दिनभरीको तातो घाम अनि रातभरीको शित थिए!
म त्यहॉवाट उठें अनि असनको वगलीतिर लागें !
कसैले भनिरहेका थिए उ हेर वैलाहा आयो केटा केटीहरु मलाई जिस्काउँदै अघि-पछी नॉचिरहेका थिए !
अचम्मको छ दुनियॉ तिनीहरुको शब्द वौलाह भन्दा तिनीहरु खुशी भएको देखेर मनभरी पिडाको भारी बन्दै थियो !
मैले कॉघभरी थोत्रा मेरी पत्नीको रुमाल र वर्षौं पहिले मैले किनिदिएको लेहेंगा गिफ्ट मैले संगै वोकेको थिंए !
एकदिन सॉझपख मेरी पत्नीसंग निकै झगडा भयो उ भन्दै थिई अहिले छाडेर गैदिन्छु र?
आज साच्चै ति झगडाहरु मनमा र खप्परमा नॉचिरहेका थिए !
मेरो घर अधेंरो थियो घरहरु फुटेर पट्पट परिसकेका थिए !
मेरो दाह्री र कपालहरु लटरम्म फलेका वृक्षका फल जस्ता भएका थिए !
निकैवेरपछी वगलीवाट अन्तै जान मन लाग्यो म एकोहोरो वगलीको किनार समातेर पारी पुगें !
मलाई त्यो गॉऊपनी त्यस्तै लाग्यो कसैले वौलाह भन्थे कसैले सन्काह भन्थे त कसैले विचरा प्रेममा पागल भएर होला यस्तै यस्तै विभिन्न प्रजातीमा चिनिन्थें म!
आकाशका जुनहरु पनि कति हेरुँ आखिर तिनीहरु पनि आफ्नै दुनियॉमा रमाउँदा रहेछन् !
हेर्दा हेर्दै झिसमिस सॉझ परिसरेको थियो ,मेलावाट मानिसहरु फर्कंदै थिए !
चराचुरुंगीहरु आफ्नो वास्स्थानमा फर्कंदै थिए !
मेरो पनि वासस्थान नभएको कहॉ थियो र ?
तर त्यो मसानघाट संग मेरो मित्रता निकै थियो,
उसले मेरी पत्नी लिएर गएको थियो !
भावुकतामा रुन पुगेछु फेरी वच्चाहरु मलाई जिस्कॉउँदै थिए रुन्चे अंकल ..
मसानघाटका कोईला र खरानी पनि मेरो आफ्नै अंगझैं लाग्थ्यो धेरैपटक सुम्सुमाएको थिंए…अंह ति कहॉ गईन किन गईन मैले केही वुझिन !

म कहिले गुन्गुनाउँथें ,कहिले कराउँथे कहिले एक्लै नॉच्थें संसारमा खुशी दुख परेको वेला नॉच्दा हुँदो रहेछ तर जो कोही कहॉ नॉच्न सक्छ र?
मन पश्चिमी वायुझैं वहिरहेको थियो !
जिन्दगीमा मैनवत्ती भन्दा वढ्दा चॉडो मानिस पग्लिंदो रहेछ ,
मेरा ऑशुहरु निकै पग्लिरहेका थिए अनि एकैछिनमा जम्थे!
मलाई उसको सुसेलीसंग मुरेली नवजाएको निकै भएको थियो !
मैले वोकेको पुरानो कपडाको विचमा मुरली राखेको थिंए ,पोकोलाई एकैछिन विसाएर खोतल्न थालें ऊ अर्धचेतन अवस्थामा वसिरहेको थियो !
मैले मेरो मुरलीलाई ओंठमा राखें र मेरी पत्नीको सम्झनामा कयौं चुम्वनहरु वर्षाए चुम्वनमा पनि मेरो मुरली रुँदै थियो !
सपनाहरु अनेकौ हुन्छन् कति त पुरा नभई तुहिंदा रहेछन् !
मलाई यतिखेर तुहिएका सपनाहरु सजाउनु निकै मिठो लागिरहेको थियो !

ओए ,हेर त वौलाह आयो !
धेरै हुलहरु मेरो पछी पछी आए म दकुर्न थालें !
लगाएको एकजोर पाएल चप्पलको पनि अन्त्येस्टि हुँदै थियो !
एउटा चप्पल त्यही छाडेर एउटा खुट्टाको चप्पल मात्रै लगाएर दौडिंए!
सायद यो चप्पल पनि म र मेरी पत्नी हुनुुुपर्छ मनमा कॉडा गडे जस्तै विझाईरहेको थियो!
तिनीहरु मलाई निकै टाढा सम्म लखेटिरहेका थिए मैलेपनी वाटोको स-सा् ढुँगाहरुले प्रतिवाद गर्थे!
वाटोमा एउटा वृद्ध भेटिए
वावु! वावु!
म वोलौंकि नवोलौंझैं गरि मसिनो स्वरमा भनें:- हजुर!
ति वुढाले जवाफै नदिई फर्किए सायद तिनीपनी सोंच्दा हुन् कि यि जिंउदै छन् कि मरे!
लामो हिंडाई पछी म मसानघाट पुगें अनि सागर संग गुनासो र चिता राखेको एकधुर जमिनको टुक्रालाई सराप्दै
त्यो रात म मसानघाटमै सुतें !
क्रमश:-

कथा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला !

मन परेमा #शेयर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस् !

प्रतिक्रिया दिनुहोस्
You might also like