साहित्यकार एवं युवा दार्शनिक दियु पौडेलको मनछुने कथा “मसानघाटकी पत्नी” भाग :- २ पढ्दा कसको मन नरोलार !

19

मनछुने कथा “मसानघाटकी पत्नी”- भाग:-२
लेखक:- दियु पौडेल

लामो हिंडाई पछी म मसानघाट पुगें अनि सागर संग गुनासो र चिता राखेको एकधुर जमिनको टुक्रालाई सराप्दै
त्यो रात म मसानघाटमै सुतें !
विहान भयो सुर्यको किरणहरु प्रस्ट धर्तिमा विऊ छरेझैं छरिएका थिए ,
मेरो शरिर भरी कालो खरानीहरु लत्पतिएका थिए ,
मरेर खरानी भएपछी पनि मेरी पत्नी मलाई निकै मायॉ गर्दि रहिछ भनेर मेरो मुटु झन् झन् चर्किरहेको थियो !
मेरी पत्नीलाई अंकमाल गरेर वित्ने रातहरु आज मेरो लागी अपुरा र खल्लो जिवनको नयॉ ईतिहास भएको थियो,
म रुँदा वा पिरमा हुँदा चिन्ता नगर नरोऊ पुरुष भएर रोएको सुहाउँदैन भन्ने मेरी पत्नी आज मेरो ऑशु देखिरहेकी थिईन यदि उसले देख्थि भन्ने मेरो ऑशुहरु मेरो ऑखामा रहन पाउने थिएनन् !
यो सामाज अनि संसार पनि अनौठो छ पत्नी मर्दा पुरुष जिउन सक्छ तर पति मर्दा ति नारी जिउन सक्दिनन् यो समाजमा ….तर म पनि त्यस्तै एक अभागी थिंए !

आज मैले धेरै हेपाई पाएको थिंए
वाटोको गल्लिहरुमा पनि ओए हेर त पागल आयो भनेर निकै हॉस्ने गर्दथे
यस्तो लाग्थ्यो कि सवैको पिडा म नै वोक्दैछु !
संसारमा सवै मानिसहरु स्वार्थी हुन्छन् तर जुन असल र स्वार्थी हुँदैन उसलाई भगवानको पनि प्यारो हुँदो रहेछ !
त़्यसैले होला मेरो पत्नीलाई पनि चॉडै लिएर गएको !
मनभरी वादलहरु मडारीन्छन् अनि गर्जिंदै ऑखाहरुवाट वर्षा हुँदा सम्म नदेख्ने यो संसार सॉच्चै अन्धो छ आज मैले यो वुझ्दै थिंए !
म मसानघाटवाट उठें ,
म रातभरी सुतेको ठॉउ वरिपरी वियर,हुस्सि,रम,भर्जिनका खाली वोतल थिए ..सायद कोही वैमानीले कसैको याद मेटाउन प्रयोग गरेर यो वोतललाई पनि रित्ताएछ ,म जस्तै हुँदो हो विचरा मैले जस्तै गुनासो गरेर आफ्नो मन वुझाएछ एकछिन सम्म खाली वोतल हेरीरहेको थिंए ति वोतलहरु पनि मेरो जिन्दगी जस्तै खाली खाली थिए ! मैले पोको पारेको मेरी पत्नीका कपडा धेरै जतनले मेरै अंगमा ललायित थिए …मेरो मुरली आजकल धुन दिन छाडेर रुन थाल्थ्यो ..
मेरो मुरलीको जिन्दगी पनि खाली खाली थियो …म रोए ऊ कहॉ खुशी हुन सक्थ्यो र?
मलाई समयले चारैतिरवाट घेरा हालेर लडाउने कोसिस गरिरहेको थियो !
मेरी पत्नी मलाई धेरै मायॉ गर्थि सायद यो कुरा ईश्वरलाई पनि सह्य भएन त्यसैले होला मायॉ गर्दा गर्दै छाडेर गई..
मसानघाटमा लत्पतिएको खरानीहरु पनि मैले टक्टकाउन सकिन ,टक्टकाउन तम्सेका मेराहरु हातहरु गले जस्ता भएका थिए ..अनायासै हातहरु तल झरेपछी कतिखेर रसायो ऑशु गहीरो फिलवाट अनि कतिखेर सुक्यो ऑशु ऑखाको डिलवाट केही थाहा पाईन ..!अलिपर हिंडेपछी …
उही वगली उही मानिसहरु डवलीको चर्खा पसलसंगै नॉच्दै थिए तर तिनीहरु खुशी भएर नॉचेकी दुखी भएर मैले कुनै मतलव गरिन जे होस् मेरो जस्तै दुनियॉंमा थिए !
म हिज हिंड्दा पागल भनेर लखेटेको त्यही ठॉउमा पुगेछु . मेरो हातमा हिजको एउटा चप्पल थियो जुन हिज चुंडेर अल्पत्र परेको मेरो चुँडेको चप्पल आज हिलामा गडेर पानी खाईरहेको थियो ..त्यो चप्पल निकालें अनि वाटोमा भेटिएको डोरी कसेर दुवै खुट्टामा लगाएर हिंडे !
पिठ्युँवाट मुरलीले मेरो गाला घोंच्दै थियो !
मेरी पत्नीले मर्नुभन्दा अगाडी भनेका केही कुराहरु प्राणघातक थिए !
उसले भनेकी थिई:- जिवनमा म रहुँला वा नरहुँला तर जिवनमा जस्तो
मोड आएपनी प्रत्येक घुम्तिहरु अविस्मरणिय वनुन् ..यो निकै मेरो लागी प्राण घातक शब्द थियो !मनमा पिरले डेरा जमाउँदा पनि घनिष्ठ हो भनेर भावनामा वहकिएर कसैलाई पनि आफ्नो कुरा भनिन किनैदिन त्यही वैरी वन्यो भनेनि सारा जिवन ध्वस्त गरिदिन्छ..त्यसैले जस्तो सुकै पिडालाई पनि मनमा लुकाउने मेरो वानी वनिसकेको थियो !

(क्रमश:-)

कथा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नु होला !

मन परेमा #शेयर गरि आफ्नो वालमा सुरक्षित राख्नुहोस् !

प्रतिक्रिया दिनुहोस्
You might also like