आमाप्रति समर्पीत धनगढीका करणको नयाँ गीत बजारमा (भिडियोसहित)

20

काठमाडौँ, साउन ८ । धनगढीका गायक तथा रिदम ब्याण्डका लीड भोकलिस्ट करण जोशीको नयाँ गीत बजारमा आएको छ ।

उक्त गीतमा जोशीको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । आमाप्रति समर्पीत आमा नामक गीत आइतबार बिहान युट्युब मार्फत सार्वजनीक भएको भएको हो ।

उनले केहि महिना अघि मात्रै निधन भएकी आमाको सम्झनामा उक्त गीत तयार पारेको बताए । उक्त गीतको म्युजिक भिडियोको छायांकन हरिश सिन्हाले गरेका हुन् ।

गायक करनले यस अघि नेपाल आइडल सिजन १ मा धनगढिबाट प्रतिनिधित्व गरेर राम्रै चर्चा पाएका थिए।  करनको अफिसियल भिडियो पहिलो भएपनि उनका कभर गीतहरु युटुब मा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
You might also like