सबै विद्यालयबाट अस्थायी शिक्षक हट्ने

9

काठमाडौं, साउन ११ । सरकालाई वर्षोंदेखि टाउको दुखाईको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षाको समस्या यस वर्षदेखि पूर्णरुपमा हल हुने भएको छ। अस्थायी शिक्षाको ससस्या समाधन भएसँगै विद्यालय शिक्षाको हालको सिकाई स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास रहेको छ।

अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एकलाख सात हजार छ। यसमध्ये करिब ७० हजार शिक्षकमात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी दरबन्दीमा कार्यरत छन्। अस्थायी दरबन्दीमा कार्यरतलाई प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने, सेवाको सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै शिक्षक आन्दोलनमा थिए। जसका कारण विद्यालय तहको पढाइसमेत प्रत्यक्ष रुपमा प्रभावित भएको थियो।

सेवाको सुनिश्चितता नभएका कारण शिक्षकले पढाइमा समेत ध्यान दिन नसकेको खबर अन्नपूर्ण दैनिकमा छ। माग पूरा गराउन उनीहरुले राजधानी तथा जिल्लाकेन्द्रित आन्दोलन सञ्चालन गर्दा विद्यालयमा पढाइ लथालिंग बनेको थियो।

यस्ता शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले परीक्षासमेत सञ्चालन गरिसकेको छ। विद्यालयलाई अस्थायी शिक्षकमुक्त बनाउन परीक्षा अत्यन्त फलदायी हुने आयोगका प्रशासकीय अघिकृत सहसचिव डा तुलसी थपलियाले बताए।

प्रतिक्रिया दिनुहोस्
You might also like