महिलाहरुको महान पर्व तीज आउदै गर्दा फेरी नेपाली बजारमा ह्वात्तै घट्यो सुनको मूल्य, जो ६ महिना यताकै सस्तो

13

स्थानीय बजारमा सुनको भाउ ६ महिनायता कै सस्तो बिन्दुमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आउँदा स्थानीय बजारमा पनि केही महिनायताकै तल्लो बिन्दुमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५६ हजार चार सय रुपैयाँमा सुन कारोबार भएको छ । यो ६ महिनायता कै सस्तो हो ।

यसअघि २०७४ पुस महिनामा प्रतितोला ५४ हजार तीन सय रुपैयामा कारोबार भएको थियो । जेठमा अधिकतम ५९ हजार दुर्य सयसम्म पुगेको सुन साउनको ४ गते ५६ हजार पाँच सयसम्म झारेको थियो।

केही दिनदेखि निरन्तर ओरालो लागेको सुनको मूल्य सोमबार केही महिनायता कै सस्तो भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘सोमबारको मूल्य ५–६ महिनायता कै सस्तो हो,’ बज्राचार्यले नागरिकसँग भने, ‘विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटले नेपाली बजारमा असर गरेको हो ।’

विश्वबजारमा एक्कासि कुनै पनि ठूलो परिस्थिति आएन भने अब यो मूल्यमा ठूलो परिवर्तन नहुने अन्तर्राष्ट्रिय बजारको विश्लेषण भइरहेका बज्राचार्यले बताए । यस्तै परिस्थिति रहिरहे दसैसम्ममा अझै ४–५ सय मूल्य घट्न सक्ने उनको अनुमान छ। नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like