मोदी भदौ दोस्रो साता नेपाल आउने

11

काठमाडौं, साउन १६ । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाललको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्।

भदौ १४ र १५ मा काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रहरुका कार्यकारी सरकार प्रमुख नै सहमागी हुने भएपछि मोदी पनि आउने भएका हुन्।

सदस्य राष्ट्रका कार्यकारी सरकार प्रमुखहरुको सहमतिमा सम्मेलनको मिति तय भएकाले सबै सदस्य राष्ट्रका कार्यकारी प्रमुख सम्मेलनमा सहभागी हुने सम्भावना रहेको परराष्ट्र स्रोतले जनाएको छ।

प्रधानमन्त्री भएपपछि मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। पछिल्लो पटक गत बैशाख २८ मा दई दिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए।

  • अन्नपूर्ण पोस्ट
प्रतिक्रिया दिनुहोस्
You might also like