हिंसामा परेका ७४ महिला सुरक्षित आवास गृहमा

244

विनोद सिंह विष्ट/सुदूरखबर।
बैतडी, साउन २२ । बैतडीको पाटनमा महिला सुरक्षित आवास गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाहरुले न्याय पाउन थालेका छन् । २०७३ साल मंसिर महिनादेखि सञ्चालनमा आएको महिला सुरक्षित आवास गृहबाट अहिले सम्म ७४ जना हिंसामा परेका महिलाहरुले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।

हिंसाको प्रतिरोध गर्न हिंसापिडित महिलाहरुलाई सुरक्षित महिला आवास गृह मार्फत सजिलो पनि भएको छ । उनले भने–‘महिला सुरक्षित आवास गृहमा हिंसामा परेकाहरुलाई मनोसामाजिक परामर्श समेत दिने गरिएको छ ।’

महिला सुरक्षित आवास गृह घरेलु हिंसा,बालविवाह, बलात्कार,बहुविवाह,लैंिगंक हिंसा लगायतका समस्याका घटनावाट पिडित भएका महिलाहरु बढी आउने गरेका छन् ।

हिंसामा परेका महिलाहरुलाई विभिन्न प्रकारका सेवाहरुको आवश्यकता हुन्छ । हिंसामा परेको बेला उनीहरुलाई सहयोग पुर्याउने कोही नहुन पनि सक्छन् । त्यसैले हिंसामा परेका महिलाहरुलाई सहयोग पुर्याउनका लागि सुरक्षित महिला आवास गृहले सहयोग पुर्याएको महिला सुरक्षित आवास गृह सञ्चालन समितिका संयोजक जानकी अवस्थीले बताए ।

महिला सुरक्षित आवास गृहमा हिंसामा परेका महिलाहरुलाई ३५ दिन सम्म निशुल्क रुपमा खान बस्नको व्यवस्था गरिएको छ भने उनीहरुलाई निशुल्क कानुनी उपचारका लागि समेत पैरवी गर्ने गरिएको छ उनले भने–‘३५ दिनसम्म पुर्नस्थापना नभए अथवा पुन हिंसा पर्ने देखिएअवधी लम्ब्याउने गरेका छौं र पुर्नस्थापना नहुँदासम्म राख्ने गरेका छौं ।’

संयुक्त राष्टसंघीय जनसंख्या कोषको सहयोग, महिला तथा बालबालिका कार्यालयको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले महिला सुरक्षित आवास गृह सञ्चालनमा ल्याएको हो । महिला सुरक्षित आवास गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाहरुका लागि सजिलो भएको महिला विकास निरीक्षक बिष्ना भण्डारीले बताए ।

पाटनमा महिला सुरक्षित आवास गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाहरु न्यायको ढोका सम्म पुग्न सफल भएका छन् । उनले भने–‘यसले प्रभावित महिलाहरुलाई सहयोग पनि गरिरहेको छ । आगामी दिनमा सबैसंग समन्वय गरेर सुरक्षित महिला आवास गृहलाई अघि बढाउनुपर्छ ।’

अबका दिनमा यसलाई दिगो हिसाबले सञ्चालन गर्नका लागि नगरपालिकाले पहल गर्ने पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीको भनाई छ ।  सुरक्षित आवास गृहमा घरेलु हिंसा, मदिरा सेवनवाट पिडित, कुटपिट, घरपरिवारवाट हिंसामा परेका, श्रीमानले दोस्रो बिहे गरी छाडेकालगायतका महिलाले सेवा लिएका हुन् । बैतडीको पाटनमा महिला सुरक्षित आवास गृह २०७३ साल मंसीर ५ गतेदेखी सञ्चालनमा आएको हो ।

नर्वेजियन दूतावास र संयुक्त राष्टसंघीय जनसंख्या कोषको सहयोग महिला तथा बालबालिका कार्यालय पाटन बैतडीको समन्वयमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले सुरक्षित महिला आवास गृहलाई सञ्चालन गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्
You might also like