राजधानीमै बालिका बलात्कृत

92

काठमाडौं, साउन २२ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका ६ निवासी हरिप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मिमल्सिनाले शनिबार राति ११ बजे बालिका सुत्ने कोठामा गएर बलात्कार गरेका थिए ।

बृत्त प्रमुख डिएसी श्याम राईले तिमल्सिनालाई बलात्कारको आरोपमा पक्राउ गरिएको बताए । हरि तिमल्सिालाई पक्राउ गरिएको छ । अनुसन्धान हुँदैछ । उनलाई बलात्कारको अभियोगमा पक्राउ गरिएको हो, उनले भने ।  यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like