बझाङको बाहुली खोलाको काठे पुल बगेपछि स्थानीयलाई सास्ती

95

डीबी विष्ट/सुदूरखबर।
बझाङ, साउन २२ । बझाङको बाउली खोलामा पानी सतह बढेसँगै खोलामा निर्माण गरिएको काठे पुलबाट खोलाले बगाएपछि आवतजावत गर्न बन्द भएको छ । खोलामा पानी सतह बढ्दै गएको र काठेपुल खोलाले बगाएपछि आवतजावत बन्द भएको हो ।

सिमखेत बाट झण्डै १० मिनेटमा नै चैनपुर पुग्ने स्थानीय वासिन्दा काठे पुल खोलाले बगाएपछि आधा घण्टाभन्दा बढी पैदल हिँडेर बाउली खोलामा निर्माण गरिएको पक्की पुलको बाटो भएर चैनपुर पुग्नु गरेकोे स्थानीय राजेन्द्रबहादुर सिंहले बताएका छन् ।

काठे पुलबाट आवतजावत बन्द हुँदा स–साना बालबालिकालाई बढी सास्ती हुने गरको उनले बताएका छन् । सीमखेत, सुबेडा, नौराका लगायतका बालबालिकाहरु चैनपुरमा रहेका निजी तथा सरकारी स्कूलमा अध्यान गर्ने भएका कारण दश मिनेको बाटो खोलाले अबरोध गरी दिए पछी बढी बढी सास्ति हुने गरेको गुनासो उनीहरुको छ ।

‘खोलामा काठे पुल भएको समयमा निकै सजिलो भएको थियो । ४५ मिनेट कम हिँड्नुपथ्र्यो,’ स्थानीय बासिन्दा संगीता सिहँले भने ‘अहिले काठे पुलबाट हिँड्न बन्द भएपछि थप ४५ मिनेट हिँड्नुपर्ने भयो ।’

सोही सडक भएर नै बालबालीकाहरु आवत जावत गर्ने र सवारीका साधनहरु समेत आवतजावत गर्ने भएका कारण बढी समस्या ससाना बालबालीकाहरुलाई सास्ति र गाह्रो हुने गरेको लभराज जोशीले बताएका छन् ।

२०७३ असार ३१ गते बाउली खोलामा आएको बाढीका कारण खोलामा निर्माण गरिएको झोलुङ्गे पुल बगाएपछि बर्खाको समयमा स्थानीयले सास्ती खेप्नु परिरहेको स्थानीय राजेन्द्रबहादुर सिंहले बताएका छन् । पुल निर्माणका लागि सम्बन्धित निकायले कुनै पनि चासो नदेखाएको स्थानीयको आरोप छ ।

काठे पुलबाट आवत जावत बन्द हुँदा विद्यार्थी मात्र होइन, कर्मचारीदेखि बिरामी पनि मारमा परेका छन् । जसका कारण विरामीलाई बोकेरै अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय दिपक ऐडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like