दिगो विकास लक्ष्यको सूचकबारे मुख्यमन्त्री भट्टलाई ल्यानकाउले बुझायो प्रतिवेदन

86

निराजन परियार/सुदूरखबर।
धनगढी, साउन २२ । दिगो विकास लक्ष्यको १७औं सूचक मध्ये १६ नम्बरमा रहेको न्यायमा पँहुच सूचकलाई कानुन र व्यवहारमा प्रयोग गर्न दवाव दिनका लागि मंगलबार ल्यानकाउ नेपालले प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिवेदन बुझाएको छ ।

दिगो विकास लक्ष्यको १६ नम्बरमा रहेको न्यायमा पहुँच सूचकलाई पाँच महिना पहिले सात नम्बर प्रदेशका ९ वटै जिल्लाका सम्बन्धीत सरोकारवाला निकायहरुसंगको छलफलपछि प्रतिवेदन तयार पारेको थियो ।

प्रदेशमा बन्ने कानुनमा समावेश गर्न दिगो विकास लक्ष्यको १७औं सूचक मध्ये १६ नम्बरमा रहेको न्यायमा पँहुच सूचकको प्रतिवेदन मंगलबार ९ वटै जिल्लाका प्यारालिगल र ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचन्दले मुख्यमन्त्री भट्टलाई बुझाएका हुन् ।

ल्यानकाउ नेपालका कार्यकारी निर्देशक आकाश बागचन्दले पछाडि परेका र न्यायमा पँहुच नपुगेका समुदायका हक हितका लागि प्रतिवेदन बुझाएको बताएका छन् । जवाफमा प्रदेश नम्बर सातका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार यो विषयमा सचेत भएको उल्लेख गर्दै १६ नम्बरमा रहेको बुँदा न्यायमा पँहुचलाई कानुनमा समावेश गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
You might also like