एकाबिहानै कैलालीको गुट्खा उद्योगमा बम विष्फोट

238

कैलाली, साउन २४ । कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीमा रहेको देउती गुट्खा उद्योगमा अज्ञात समूहले आज बिहान बम विष्फोट गराएको छ ।

 

बिहान ४ बजेर ५२ मिनेटमा देउती गुट्खा उद्योगको गेट बाहिर बम विष्फोट भएको हो । ठुलो आवाजमा विस्फोट भएपछि स्थानीय त्रसित भएका थिए ।

विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएको छ । इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले कसले विष्फोट गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाए । सोही उद्योगलाई लक्षित गरी राखेको अवस्थामा साउन २ गते दुईवटा बम फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
You might also like