दोस्रो पटक कोरिया जाने हरुका लागि सुवर्ण खबर, यसरी मितिनै तोकियो भाषा परीक्षाका लागि

112

दोस्रो पटक रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति भदौ ८ गते तोकिएको हो ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको हो ।

शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो । जेठ २६ र २७ गते लिइएको नवौं इपिएस कोरियन भाषा परिक्षामा ७ हजार ९ सय ९६ जना परिक्षार्थी पास भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
You might also like