मेस्सी र रोनाल्डोसंग सलाहाको भिडन्‍त

66

काठमाडौँ, साउन २५ ।लिभरपुलका फरवाडर मोहमद सलाहा युइएफए अवार्डको सर्वश्रेष्ठ च्याम्यिन्स लिग फरवाडमा मनोनित भएका छन् । उनले सर्वश्रेष्ठ च्याम्पियन्स लिग फरवाडको उपाधिका लागि बार्सिलोनाका फरवाड लियोनल मेस्सी, युभेन्ट्सका फरवाड क्रिस्टियानो रोनाल्डोसँग प्रतिसपर्धा गर्दै छन् ।

सलाहाले २०१७/१८ को सिजनमा लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउन १० गोल गरेका थिए । तर, फाइनलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो ।

क्रिस्टियानो रोनाल्डोले पछिल्लो बर्षको उपाधि जितेका थिए । उनी लगातार तीनबाट ट्रफी उचाल्ने कैयौ खेलाडी मध्ये एक थिए । पोर्चुगली स्टार रोनाल्डोले १५ गोल गर्दै सर्वाधिक गोल कर्ताको रुपमा सिजनको अन्त्य गरेका थिए । उनको यो छवौ पटकको मनोनित हो ।

बार्सिलोनाका फरवाड खेलाडी लियोनल मेस्सी तीन खेलाडी मध्ये तेस्रो स्थानमा छन् । शिर्ष १६ मा चेल्सीसँगको जित सिहत उनी तेस्रो स्थानमा छन् । उनले च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् । बार्सा क्वाटरफाइनलमा रोमासँग पराजित हुदै बाहिरिएको थियो ।

त्यस्तै गोलकिपरमा एलिसन, किलोर नभास र गिन्लुइगी बुफोन रहेका छन् । मिडफिल्डरमा टोनी क्रोस, लुका मड्रिच र केभिन डि ब्रुइन रहँदा डिफेन्डरमा मार्सलो, सर्जीयो रामोस र राफेल भराने रहेका छन् ।

उपाधि विजेता पछिल्लो सिजनका समूह चरणका ३२ प्रशिक्षक र युरोपका ५५ पत्रकारको भोटबाट छनोट गरिने बताएको छ । जसको घोषणा सिजन २०१८–१९ को समूह चरणको ड्र सार्वजनिक कार्यक्रममा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like