बझाङमा घर भत्किँदा एक महिने नाबालकको मृत्यु, दुई घाइते

319

डीवी बिष्ट/सुदूरखबर।
बझाङ, साउन २७ । बझाङमा पहिरोले घर भत्किँदा एक महिने नाबलको मृत्यु भएको छ । जिल्लाको केदार स्यूँ गाउँपालिका–३ मैतोलीको रतन ढुङ्गा बस्ने मकर विष्टका एक महिने नाबालक एलिस विष्टको मृत्यु भएको हो ।

आइतबार बिहान ६ बजे घर माथिबाट आएको पहिरालेले विष्टको दुई तले पक्की घर भत्ताएपछि घर भित्र सुताइ राखेकी नाबालकाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरीले जनाएको छ ।

पहिरोले एकतर्फी पक्की घर भत्काउँदा ४ वर्षकी बालिका संगिता विष्ट र २ वर्षकी बालिका धौली विष्ट सामान्य घाइते भएको जनाएको छ । पहिरोमा परि मृत्यु भएका बालकको शव निकालिएको र आफन्तहरुलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like