दुबइमा १५ वर्षदेखि जेल सजाय भोगिरहेका अमरको जीवन रक्षा गर्न प्रधानमन्त्रीलाई अनुरोध

747

लोकेन्द्र प्रसाद जोशी/सुदूरखबर।
दार्चुला, साउन २७ । दार्चुलाको दुहु गाउँपालिका घर भइ १५ वर्षदेखि दुबईमा जेल जीवन बिताइरहेका अमर बमको रिहाइकालागी कुटनितिक पहल गरिदिन अमरका बुबा कर्णबहादुर बमले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर अनुरोध गरेका छन् ।

दार्चुला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाको पहलमा अमरका बुबाले आइतबार प्रधानमन्त्रीलाइ भेटेर निर्दोश अमरको जीवन रक्षाकोलागी कुटनितिक पहल गरीदिन प्रधानमन्त्रीलाइ ध्यानआकर्षण पत्र बुझाएर बिशेष अनुरोध गरेका हुन् ।

दार्चुलाको साविकको धारी गाविस–५, दुहु गाउँपालिकाका अमर बम सन् २००३ सालबाट दुबईको अविर जेलमा जेल जीवन बिताइरहेका छन् । तर, निर्दोश भनिएका बमले दर्जन सरकार र नेतृत्व बदलिएपनि छुटकरा पाउन सकेका छैनन ।

१५ वर्षदेखि छोराको बाटो हेरेर बमको परवारले पर्खिरहेका छन् । छोराको उद्धार वा रिहाइको माग पटकपटक गरेपनि कुनैपनि सरकार वा नेतृत्वले परिणाममुखी पहल गर्न सकेको छैन् ।

एकजना भारतीय व्यापारी शरदसेठ्ठीको हत्यामा संलग्न रहेको भन्दै दुबईको अदालतले अमर बमसहित दुई जना भारतीयलाई मृत्यु दण्डको सजाय सुनाएको छ । अमरलाई मृत्युदण्डको फैसला सुनाएको ४ वर्षपछि मात्रै दुबईमा रहेको नेपाली दुतावासले थाहा पाएको थियो । तर दुःखको कुरा अहिलेसम्म उनको प्रतिरक्षाका लागी वकिल नियुक्त गरिएको छैन् ।

उनिसँगै मृत्युदण्ड सुनाइएका भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले पनि अमर निर्दोष रहेको लिखित बयान दिएका छन । उनीहरले औठाछाप गरेर अमर हत्या योजनाबारे बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन भनी निवेदन दिएका छन् । तरपनि अमर छुटेका छैनन् ।

भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने लालच देखाई सवारी चालकका रुपमा यूएई पुर्याएका थिए । यसै क्रममा यूएई आएको तेस्रो दिन दुबई स्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका उनलाई बाहिर बस्न लगाएका थिए ।

ती भारतीय नागरिक उक्त क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरेको जानकारहरु बताउँछन् । हत्यापछि ती दुई जनालाई यूएईको सारजाहस्थित पोर्टसम्म छोड्न पुगेका अमरबहादुर बम भाषा र अन्य ठेगानाको अज्ञानताका कारण पक्राउ परेका थिए ।

उक्त हत्याकाण्डमा सवारी चालकको रुपमा सहयोग गरेको भन्दै दुबई अदालतले ज्यान मुद्दा दायर गरी जेल जीवन हुँदै सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो । त्यस मुद्दामाथि सुनुवाई गर्दै दुबई अदालतले अभियुक्त मनोज करन र अमरबहादुर बमलाई मृत्युदण्ड दिने फैसला सुनाएको थियो । सोही फैसलालाई यूएईको सुप्रिम कोर्टले पनि पास गरेको छ ।

अज्ञानता र पैसाको प्रलोभनमा परी हाल मृत्युदण्डको दिन पर्खेर जेल जीवन बिताइरहेका अमरबहादुर बमको उद्दार गर्न नेपालको सरकारस्तरबाट ठोस पहल हुन सकेको छैन । विगतमा बमलाई मृत्युदण्डको सजायबाट मुक्ति दिलाउन आग्रह गरीएको खबरहरु आउँनेगरेपनि अमर छुटेको खबर आउँन पाएको छैन ।

आइतबारमात्रै दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्बाचित सांसद गणेशसिंह ठगुन्ना सहित अमरका बुबाले प्रधानमन्त्रीलाई भेटेर ध्यानआकर्षण पत्र बुझाउनुकासाथै आफ्नै देशको निर्दोश नागरीकलाइ रिहाइकालागी कुटनितिक पहल गर्न अनुरोध गरेका हुन् ।

दुइतिहाइ बुहुमतको सरकारले पहल गरेमा अमर छुट्ने आसा उनको परिवारको छ । भेटमा प्रधानमन्त्रीले अमरको रिहाइ गर्न परिणाममुखी पहल गर्ने आश्वासन दिएको सासंद ठगुन्नाका स्वकीय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
You might also like