कञ्चनपुरमा नदीमा बगेर एक महिलाको मृत्यु

450

कञ्चनपुर, साउन २७ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुरका अन्ताजी ४० वर्षीय गोमती भट्टको बाढी आएको स्याली नदीमा बगेर आइतबार अपरान्ह मृत्यु भएको छ ।

नदीमा भैंसी तार्ने क्रममा बगेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेश अबस्थीले बताएका छन् । महिलाको शव बगेको स्थान भन्दा डेढ किलो मिटर टाढा अर्जुनी पुल नजिक फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like