दार्चुला तिंकर सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्छ : सासंद ठगुन्ना

134

लोकेन्द्रप्रसाद जोशी/सुदूरखबर।
दार्चुला, साउन २७ । दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले महाकाली कोरीडोर अन्तरगत दार्चुलामा निमार्णाधिन दार्चुला तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन प्रधानमन्त्री मार्फत नेपाल सरकारलाइ आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर औपचारीक रुपमा सासंद गठुन्नाले यस्तो माग राखेका हुन् । महाकाली कोरीडोर अन्तरगतको दार्चुला तिकंर सडक मित्रराष्ट्र चीनको तिब्बतको ताक्लाकोट जोड्ने र हिन्दु धर्मालम्बीहरुको प्रमुख तिर्थस्थल कैलासमानसरोबर पुग्ने महत्वपूर्ण सडक भएको भेटका क्रममा प्रधानमन्त्री ओलीलाई उनले अवगत गराएका हुन् ।

नेपाल सरकार भौतीक योजना मन्त्रालय अन्तरगत संञ्चालन भैरहेको यो सडकको प्रगति न्युन रहेकोले अगामी आर्थिक वर्षबाट नेपाली सेनामार्फत सडक सञ्चालन गर्न आबश्यक निर्णय गरीदिन प्रधानमन्त्रीलाइ अनुरोध गर्नुभएको सासंद गठुन्नाका स्वकिय सचिव दौलत सिह ठगुन्नाले जानकारी दिएका छन् ।

सांसद ठगुन्नाले प्रदेश ७ को विकासका लागी दार्चुलाको तिंकर नाका सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताएका छन् । दार्चुला सदरमुकामबाट नेपालको अन्तिम सीमा लिपुलेकसम्मको दुरी जम्मा १ सय १० किलोमिटर छ, संसदमा ठगुन्नाले भन्नुभयो ‘कैलाश मानसरोबरसम्म जम्मा १ सय ५० किलोमिटरको दुरी छ ।

त्यसैले तिंकर नाकालाई चीनसँग धार्मीक र पर्यटकीय नाकाको रुपमा विकास गर्नुपर्छ । भारतसँग राम्रो व्यापारिक सम्बन्ध बनाएर लिपुलेकलाई त्रिदेशीय व्यापारिक नाकाको रुपमा विकास गर्न पनि सांसद ठगुन्नाले माग गरेका छन् ।

सिमासम्म सडक पहुँच नपुग्नु र दार्चुला ताक्लाकोट आवागमनका लागि सहज बाटो सम्म नहुँदा ताक्लाकोट व्यापार विगत दुइ दशकदेखी ओझेलमा परेको छ । दार्चुलाको आर्थिक, धार्मीक र पर्यटकीय विकासका लागि ताक्लाकोट र कैलासमानसरोबरसम्म तिकंर सडक छिटो विस्तार हुनु आवश्यक रहेको ठगुन्नाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
You might also like