मेनु

उच्च शिक्षाको लागि प्राविधिक शिक्षा आजको आवश्यकता !

Null

शिक्षा हरेक व्यक्तिको लागि अपहिार्य छ । मानवको चौतर्फी विकास र देश निर्माणको मुख्य आधार हो ।

परापुर्व कालमा शिक्षा आर्जन गर्न रुखमुनि , पाटी पौवा , आश्रमा बसेर दिने चलन थियो । जति जति मानव विकास हुदै गयो उतीनै मानिसका लागि अनैपचारिक शिक्षाको कमी हँुदै गयो । अन्नत औपचारिक शिक्षाको सुरुवात भयो । यसरी विकासक्रमसँगै ज्ञानको पनि भण्डार बढ्दै गयो । ज्ञानका हाँगाहरु क्रमिक रुपका विस्तार हँुदै गए । यस्ता शिक्षाका हाँगाहरुमध्ये प्राविधिक शिक्षा एक महत्वपुर्ण हाँगा हो । प्राविधिक शिक्षा आधारभूत शिक्षा भन्दानिकै फरक छ । प्राविधिक शिक्षाले व्यक्तिलाई कुनै पनि वस्तुको सैद्धान्तिक भन्दा प्रयोगात्मक रुपमा ज्ञान र सिप बढाउने गर्दछ । देश निर्माणमा प्राविधिक शिक्षाको महत्वपुर्ण भूमिका रहेको छ । कुनै पनि देश गर्नका लागि प्रशस्त रुपमा निर्माण कार्यहरु हुनु जरुरी देखिन्छ । जसले गर्दा मानवका आधारभूत आवश्यकता पूरा गर्न सहज हुन्छ ।

                     धिरेन्द्र बहादुर चन्द

आधुनिक समयमा पुग्दा समेत नेपालमा प्राविधिक दक्ष जनशक्ति उत्पादनमा कमी भएर नेपाललाई अन्य विकसित देशहरुसँग प्रतिस्पर्धा गर्न निकै कठिनाई छ । फलस्वरुप दक्ष प्राविधिक नहुँदा विदेशबाट प्राविधिक ल्याउन बाध्य छौँ ।

तर्सथ प्राविधिक शिक्षाको ज्ञान र सिप नहुँदा आज लाखौँ युवाहरु बेराजगारी खेपिरहेकाछन् । देशको आर्थिक उन्नति प्राविधिक शिक्षामा निर्भर रहन्छ । विकसित देशहरुले प्राविधिक शिक्षालाई प्राथमिकता राखेर देश विकास गरेका छन् । नेपालमा
प्राविधिक शिक्षाको अभावले गर्दा समग्र देशलाई नै चुनौति रहेको छ । नेपालभित्र पनि थुप्रै सम्भावना र अवसर छन् । तर स्वदेशी वास्विकतालाई बिर्सेर विदेशी प्रवृत्तिलाई हेरेर पाठ्क्रम परिमार्जन गर्नाले यस क्षेत्रका समस्या देखिन थालेका छन्। नेपालका विभिन्न विश्वविद्यालयबाट उत्पादित प्राविधिक दक्ष जनशक्तिलाई काम पाउनसमेत मुस्किल रहेको खबर बेलामौकामा सुन्न पाइन्छ । यसले गर्दा समय र श्रोतको नाश मात्रै भएको देखिन्छ । पाठ्यक्रम समय सान्दर्भिक नभई गुणस्तरमा सुधारको स्थिति छैन। जसले गर्दा पढेर बेरोजगार बस्नुपर्ने बाध्यता भएको छ ।

नेपालमा प्राविधिक शिक्षालाई महत्व दिएको भए सायद लाखौँ युवा विदेशमा पसिना चुहाउन बाध्य हुने थिएनन् । जसका कारण आज बेरोजगारी झेल्नु परेको छ ।

देशको (पाठ्यक्रम) शिक्षा प्रणाली र प्रविधि बजारलाई पनि नयाँ कुरालाई प्राथमिकता दिने किसिमको हुनु पर्छ । जसले गर्दा प्राविधिक दक्ष जनशक्तिलाई विश्वस्तरमा पु्याउन सकिन्छ ।

प्राविधिक शिक्षाले अर्कोतिर व्यापारिक सम्भावना समेत बाकेको छ । समय सान्दर्भिक पाठ्यक्रम परिमार्जन गर्दा बेरोजगार युवाहरुलाई रोजगारीको अवसर सृजना गर्न सकिन्छ । एउटै कुरालाई धेरै कुरामा विभाजित गर्न भन्दा पनि भएकोलाई समयसापेक्ष बनाउन सके प्राविधिक शिक्षाको गुणस्तर वढाउन सकिन्छ ।

पछिल्लो केही समययता नेपालमा प्राविधिक शिक्षातर्फ मात्र बढ्दै गइरहेको छ । आधुनिक समय विश्वमानै दक्ष जनशक्तिको अभावका कारण यसप्रति आर्कषर्ण बढ्दै गएको छ । नेपालमा पनि प्रविधिको प्रयोग र विद्यार्थीहरुको रुचि र विज्ञान सम्बन्धि रुचि बढ्नुले प्राविधिक शिक्षाको महत्व झल्काउने गर्दछ ।

(लेखक धिरेन्द्र चन्द , जनज्योति टेक्निकल कलेज, बड्डीचौर , सुर्खेतमा जीवविज्ञान प्राध्ययापकको रुपमा कार्यरत छन् )

Null

SIDHAREKHA ONLINE