मेनु

भारत-पाकिस्तानको म्याचले ल्यायो नयाँ तरंग, ३० सेकेन्डको १ करोड

Null

काठमाडौं – च्याम्पियन्स ट्रफिको फाइनल लण्डनको ओभलमा आइतबार भारत(पाकिस्तानबीच हुँदैछ। यसको लाइभ टेलिकास्ट गर्ने स्टार स्पोर्टस्ले आफ्नो आफ्ना सबै च्यानलमा विज्ञापनको रेट १० गुणासम्म बढाएको छ। यी च्यानलमा म्याचको दौरान देखाइने ३० सेकेन्डको विज्ञापनको लागि एक करोड (भारु) लिइनेछ। अन्य समयमा ३० सेकेन्डको विज्ञापनको लागि यी च्यानलले १० लाख (भारु) लिने गरेका थिए।

यो म्याच सिरिज सुरु हुनु अघि नै स्टार स्पोर्टसको विज्ञापनको ९०% स्लट बिकिसकेको थियो। १० गुणा बढेको मूल्य बाँकी १० प्रतिशत स्लटको लागि बताइएको छ। विज्ञापनको लागि प्रि(बुकिङ गर्ने कम्पनीहरुमा निसान मोटर्स, इन्टेल, एमीरात, ओप्पो र एमआरएफ छन्।

Null

SIDHAREKHA ONLINE