मेनु

सजीब र निर्जीव प्राणीलाई चाहिने सिमसार क्षेत्र यसको महत्व बारे धिरेन्द्र को बिचार !

Null

सिमसार क्षेत्र यसको महत्व –

             धिरेन्द्र बहादुर चन्द

सिमसार भन्नाले प्राय पानि नसुक्ने चिसो जमिन झारपात उम्रने दुबो वा पानी भएको ठाउँ ताल, तलाउ, पोखरी, नदिनाला, दल जलक्षेत्रको ध्यसे मैदान आदि क्षेत्रलाई जनाउदछन् । नेपाल प्राकृतिक विविधताले भरिपूर्ण मुलुक हो । तसर्थ नेपालको सिमसार क्षेत्रमा विभिन्न किसिमका बनस्पती र जन्तुहरु यो क्षेत्रमा पाईन्छन् ।
सिमसार क्षेत्रमा खान बस्न अन्य सामाग्री उत्पादन गर्न सकिने हजारौ प्रजाती का वनस्पती तथा बन्यजन्तु को बास्थान रहेको हुन्छु र यसले जलचक्र संञ्चालन प्रदुषण नियन्त्ररण मा मुख्य भुमिका खेलेको हुन्छ ।
विश्वस्तर मा पनि हरेक देश हावापानी जस्तो चिसो र सुख्खा क्षेत्र देखि न्यानो र गर्मी क्षेत्रुम्म सिमसार पाईन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय समस्या मिति २०५९ अनुसार सिमसार भन्नाले भुमिगत जलस्रोत वा बर्षाको कारण पानीको परिमाण रहने प्राकृति वा मानव र्निमित, स्थाइ वा अस्थाई जमेको वा बगेको स्वच्छ तथा नुनिलो पानी, ताल,पोखरी, जलभण्डार र कृषि क्षेत्रलाई जनाउछ । सिमसार क्षेत्रको महत्वलाई यसरी चर्चा गर्न सकिन्छ ।
१. सिमसार क्षेत्रको पानीले जमिन मुनीको पानीको भण्डारमा आपूर्ति गर्न सहयोग पु¥याउछ ।
२. विभिन्न किसिमका बन्यजन्तु तथा बनस्पतीहरुलाई पानी, आहारा, बासस्थान र प्रजनन् स्थल प्रदान गर्दछ ।
३. सिमसार क्षेत्रमा पाईने जिवजन्तु, बोटबिरुवा घाँसपात फलफुलहरु मानव समुदायले खाद्यपर्दाथ र औँषधिका रुपमा प्रयोग गर्दछन् । साथै यस क्षेत्रबाट पाईने घाँस, दाउँरा का साथै घरेलु सामग्री बनाउनु कच्चा पदार्थ प्राप्त गर्न सकिन्छ ।
४. सिमसार क्षेत्रहरु पर्यटकिय, सांस्कृतिक रुपले समेत महत्वपूर्ण मानिन्छन् ।
५. सिमसार क्षेत्रमा भएका जिवाणु बोटविरुवाहरुले सिमसारमा थ्रुप्रि आएको पानी प्रदुषण सोस्नु तथा पानी सफा गरी भुमिगत जलभण्डारको सतहलाई विस्तार तथा लिगो पार्ने काम गर्दछ ।
अत्यमा ः पछिल्लो समयमा विभिन्न मानवीय क्रियाकलापहरु जस्तै बन्यजन्तुकबो चोरीसिकारी अत्याधिक मात्रामा बोटविरुवाको प्रयोग चरिचरन, तथा संरक्षण सम्बन्धी ज्ञानको अभावकाकारण सिमसार क्षेत्रमा बन्यजन्तु र बनस्पतीहरुको संख्या घट्दै गईरहेको छ । तर्सथ सिमसार क्षेत्रमा रहेका बन्यजनतुहरुको अस्तीत्य जोगाउनु, पारिस्थितिक प्राणाली सन्तुलन गर्नका लागी संरक्षण सम्बन्धी ज्ञान बन्यजन्तुहरुको कम मात्रामा प्रयोग गर्न सके यो क्षत्रलाई दिर्घकालीन रुपमा जोगाउन सकिन्छ । त्यसैले यो क्षेत्रको संरक्षणको लागी सबै क्षेत्र र तहबाट संरक्षण गर्नु पर्ने आजको आवश्यकता देखिन्छ ।
जय संरक्षण

Null

SIDHAREKHA ONLINE