मेनु

चिल्ला भाडामा खाना खानु भन्दा प्रकृतीमा नै रहेका पातका दुना टपरीमा खाना खानुको वैज्ञानिक कारणसहितको फाईदा ! जानकारी लिनुहोस !

आजकल चलन चल्तीमा रहेको अधिकांश भाँडा आल्मुनियम र प्लास्टिकले बनेका हुन्छन् । यी भाँडामा खाना खानु स्वास्थ्यका हिसाबले पनि राम्रो हो र शास्त्रले पनि यसलाई राम्रो मान्छ । जान्नुहोस् शास्त्रका अनुसार कुन खालका भाँडामा खाना खानु फाइदाजनक छ ।

१. फलामका भाँडा

आयुर्वेदका अनुसरा फलामबाट बनेका भाँडामा खाना खाँदा शरिरमा कुनै किसिमको हानिकारक प्रभाव पर्दैन । साथै यसले शरिरमा खनिज तत्वको मात्रा पनि बढ्छ । हिमोग्लोबिनको स्तर पनि ठिक रहन्छ । पाचन सम्बन्धी समस्या पनि कम हुन्छ ।

२. काँस वा पित्तलका भाँडा

काँसका भाँडामा खाना बनाउँदा ९७ प्रतिशत पोषक तत्व कायम रहन्छ । पत्तितको भाँडामा ९२ प्रतिशत कायम रहन्छ । यो तथ्य सिडिआरआइ को लेबोटरीले प्रमाणीत गरेका छ । आयुर्वेदका अनुसार काँसको भाँडामा खाना खाँदा दिमाग तेज हुने र भोक पनि बढ्छ । काँसको भाँडामा खाना खाँदा रक्त चाप पनि ठिक हुन्छ । पित्तलको भाँडामा खानु धार्मिक हिसाबले पनि ठिक मानिएको छ ।

३. सुन चाँदीका भाँडा

कसैले महंगा भाँडा खरिद गर्न सक्छ भने चाँदीको भाँडामा खाना खाँदा खुबै फाइदाजनक हुन्छ । चाँदीको भाँडा चिसो हुन्छ । यही कारणले चाँदीको भाँडामा खाना खाँदा शरिरहेको गर्मी ठिक हुने र आँखा समेत स्वस्थ रहन्छ । सुनको भाँडामा खाना खाँदा शरिर मजवुद र ताकतवाला हुन्छ । पुरुषका लागि सुनको भाँडामा खाना खानु धेरै फाइदाजनक मानिन्छ ।

४. माटाका भाँडा

माटोका भाँडामा खाना पकाउँदा स्वादिष्ट र पौष्टिक समेत हुन्छ । माटोका भाँडामा खाना पकाउँदा र खाँदा जिवनभर स्वस्थ रहन सकिन्छ ।

५. पातमा खाँदा

शास्त्रमा पातमा खाना खानु एकदमै राम्रो मानिन्छ । पातमा खाना खाँदा भोख बढ्ने र पेटको दुखाई समेत निको हुने बताइन्छ । ताजा पातमा खाना खानले शरीरको विषाक्त तत्व खत्तम हुन्छ । एजेन्सीको सहयोगमा