मेनु

पशुपतिप्रसादको सफलतासँगै धनपतिले हलमा धमाकेदार प्रस्तुरी गर्दै कति कमाउउदै छ धनपतिले !

असार ३१, २०७४- यो वर्षको सुरुवातदेखि नै नेपाली फिल्मले गतिलो व्यापार गर्न सकेका छैनन् । तर पनि निर्मातालाई फिल्म रिलिजको दिनमै हाउसफुल भएको रिपोर्ट दिन र विकेन्ड नसकिँदै करोड कमाएको झूटको खेती गर्न हतार हुन्छ ।

साताअघि रिलिज भएको फिल्म धनपतिले भने ओपनिङ गजबको गर्‍यो । फिल्मको व्यापार सुस्ताइरहेका बेला खासगरी मल्टिप्लेक्सहरूमा दर्शकको राम्रै उपस्थिति रह्यो । देशकै मुख्य मल्टिप्लेक्स क्यूएफएक्सले दोस्रो दिनमै शोज बढाएर १६ पुर्‍यायो । यसअघि पशुपतिप्रसाद बनाएर पैसासँगै वाहवाही कमाएका निर्देशक दीपेन्द्र के खनाल र अभिनेता तथा पटकथाकार खगेन्द्र लामिछानेको जुगलबन्दी यसपटक धनपतिमा दोहोरिएको छ । त्यसैले पनि दर्शकको फिल्म हेर्ने उत्साह बढी देखिएको हो ।

र, धनपतिको पनि फिल्म रिलिजको दुई दिन नहुँदै कमाइ गरेको धनको लेखाजोखा हुन थालेको छ । समीक्षा अपेक्षाकृत नपाइरहेका बेला निर्माण पक्षले भने एकाएक फिल्मले गरेको कलेक्सन बाहिर ल्याएको छ । निर्देशक दीपेन्द्रले धनपतिले शुक्रबार र शनिबार गरी एक करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गरेको दाबी रिपोर्ट प्रस्तुत गरेका छन् । देशभरका ५५ स्क्रिनमा लागिरहेको फिल्मले शुक्रबारको अनुपातमा शनिबार व्यापार भने बढाएको थियो । कान्तिपुर बाट