मेनु

आइएस प्रमुख मारिएको अमेरिकाको दावी

Null

साउन १ – अमेरिकी रक्षा मन्त्रालयले अफगानिस्तानका विद्रोही समूह इस्लामिक स्टेट (आईएस) प्रमुख अबु सयदलाई मारेको दावी गरेको छ ।

पूर्वी प्रान्त कुनारमा अमेरिकी सेनाले सयदसहितको एक समूहमाथि आक्रमण गरेको र उनी मारिएको दावी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । यस्तै अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी लडाकू मारिएको दावी छ ।
देशभरी गएको २४ घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते पनि भएको खबर छ । ‘मृतक मध्ये १७ जना इस्लामिक स्टेट (आइएस) लडाकू रहेका छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको छ’ अफगानी गृह मन्त्रालयले शनिबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।


नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान, कुन्दुज, फार्याब, ताखार र हेल्मन्ड प्रान्तमा सुरक्षा कारबाही चलाइएको सरकारी अधिकारीहरुको भनाई छ ।
उनीहरुको सुरक्षा कारबाहीका क्रममा केही हातहतियार तथा विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिएर नष्ट गरेको जनाइएको छ ।
–उज्यालो

Null

SIDHAREKHA ONLINE