मेनु

देउवाको गृहजिल्ला डडेल्धुरामा असारको मसान्तमा बजेट सकाउन विकासको काम गुर्णस्तर हिन !

Null

१ श्रावण , डडेल्धुरा । आर्थिक वर्षको अन्तमा मात्रै हतार–हतार विकास निर्माणका कामहरु गर्ने प्रवृत्तीले योजनाहरु प्रभावकारी र दिगो बन्न नसकेकोे डडेल्धुरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

जिल्ला समन्वय समिति डडेल्धुराद्वारा जिल्ला सदरमुकाममा शनिबार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागी सरोकारवालाहरुले आर्थिक वर्षको अन्तमा बजेट फ्रिज हुन नदिन हतार–हतारमा विकास निर्माणका कामहरु गर्ने प्रवृत्तीले योजनाहरु प्रभावकारी र दिगो बन्न नसकेको बताएका हुन् ।

केन्द्रबाट बजेट ढिला गरेर आउने, बजेट आएपछि पनि मजदुर नपाउने तथा मौसमले साथ नदिने गरेपनि बजेट सक्नै पर्ने दवावले गर्दा विकास योजनामा भएको लगानी उपलब्धीमुलक बन्न नसकेको सहभागीहरुको भनाइ छ ।

कार्यक्रममा सहभागी सर्वसाधारणहरुले योजना सञ्चालनका क्रममा झन्झटिलो प्रक्रियाका कारण सास्ती भएको, सडक निर्माणका क्रममा वातावरणीय पक्षलाई ध्यान नदिएको र सदरमुकाममा पानीको समस्या समेत भएको गुनासाहरु आएका थिए ।

साथै सर्वसाधारणले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह हुने सेवा उपभोग र विकास योजना सञ्चालनका क्रममा भएको समस्याको बारेमा गुनासो व्यक्त गरेका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी ज्ञानेन्द्र पराजुलीले चैतमा योजना सम्झौता गरेपनि असारमा आएर डडेल्धुरामा काम गर्ने प्रवृती बढेको बताए । जो पुर्वाधार विकासमा वर्षेनी निकै चुनौतीका रुपमा देखिदै आएको छ ।

जिल्ला समन्वय समितिको कार्यालयबाट सञ्चालित योजना तथा कार्यक्रम र दैनिक रुपमा प्रदान गरिने सेवा प्रवाहका बारेमा सेवाग्राहीहरुको गुनासो एवम सुझाव संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ ।

सार्वजनिक सुनुवाईमा बोल्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थीले जिल्लामा रहेका कर्मचारीहरुले आ–आफ्नो ठाउँबाट प्रभावकारी रुपमा सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नुपर्ने र कार्यालयबाट चुस्त–दुरुस्त रुपमा सेवा सम्प्रेषण गर्नुपर्ने आग्रह गरेका थिए । अनलाईनखबर

Null

SIDHAREKHA ONLINE