मेनु

बैतडी जिल्लाको प्रसिद्ध धार्मिक तिर्थ स्थल श्री शिगास धामको एक झलक !

सिगासधुरा मन्दिर सुदूर पश्चिममाञ्चल बिकासक्षेत्र महाकाली अञ्चलको बैतडी जिल्लाको सिगाश गाउपालिकामा अवस्थित रहेको धार्मिक हिसाबले यो प्रचलित स्थल हो। यो स्थल शिवजीको स्थान भनेर यहाका लगायत बाहिरका मान्छे को अड्कल रही आएको छ । यहाँ दर्शनका लागि छिमेकी जिल्ला लगायत छिमेकी देश भारतको उत्त्रखंड बाट पनि आउने गरिन्छ । यस धार्मिक स्थलमा विशेष रुपमा कार्तिक र मंसिरको बेला एक मात्र मेल लाग्छ र साउन महिना भरि यो ठाउमा पुज्न भनि दैनिक सयौँ दर्शनार्थी आउछन् । सवारी पहुँचको अभावले यश ठाउँ पुग्न कठिन रहिआएको छ । यस ठाउको धार्मिक केन्द्र मानिने ठाउमा श्रावण १ गते देखी १५ गते सम्म पुजा आजा गर्ने गरिन्छ तेस्तै असोज कार्तिक महिनाको अष्ठमी को समयमा यहाको प्रमुख जात्रा लाग्ने गरिन्छ यस जात्रालाई स्थानिय रुपमा शिरको जात भन्ने प्रचलन पनि रहिआएको छ ।

यस धार्मिक स्थलमा पुजा पाठ को लागि९ जाने भत्तजनले चोखो खाएर उपास बसेर मात्र यस पर्वतको टुप्पोमा चढ्न सक्ने किम्बदन्ती एव यथार्थ छ । यस ठाउमा प्रायगरी आफ्नो मन ले आटेको पुरा होस सबैको मनोकामना सफल होस साथै स्तानिय स्थरका मानिसहरु को पनि सुख शान्ति संबृधीको भाकल राखी यस ठाउमा धुप बत्ती बाली पुरोधितको हातबाट टिकाटालो लगाएर मात्र शद्ध विचारधाराले मात्र पुजा आजा गरी फर्कने चलन रही आएको छ ।