मेनु

सदुरपश्चिम बासिको महान पर्व गौराको रौनक ,, गोदावरी नगरपालिकका बिभिन्न शिव मन्दीरमा पनि देउडाको घम्साघुम्सी

सुदूर खबर- भाद्र १७- हेमराज भट्ट,अत्तरिया
सदुरपश्चिम बासिको महान पर्व गौराको यतिबेला रौनक छाएको छ । पर्वका अवसरमा कैलाली कंचनपुर लगाएत सुपका पहाडी जिल्लाहरुमा पनि यतिबेला गाउ बस्तिहरुमा निकै चहल पहल बढेको छ । सुपको मौलिक कला संस्कृतिको संरक्षण गर्ने उद्येश्यले यता कैलालीको अत्तरीमा स्थित बनखेतमा रहेको शिव मन्दीरमा पनि डेउडा खेल चलिरहेको छ ।

हिन्दु नारीहरुको माहान चार्ड हरितालिका तिज सम्पन्न हुन नपाउदै यहा गौराको चहलपहल बढेको हो । गौरा सुरु भएकै दिनवाट हरेक दिन यहा खेल लाग्ने गरेको र हेर्नका लागि बालबालिका , बृद्धबृद्धाहरु लगाएत युवा युवतिहरुको घुइचो लाग्ने गरेको छ । प्रत्यक बर्ष यस मन्दिरमा मेला लाग्ने हुदा हरेक बर्ष नया ब्यबस्थनपनका मेलालाई अगाडी बढाईरहेको शिव मन्दीर ब्यबस्थापन समितिले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिकाको बडा नं ८ स्याउले बजारमा रहेको शिब मन्दिर पनि डेउडाको रौनक छाएको छ । बृद्धबृद्धाहरु ,युवा युवतिहरु , बिवाहित महिला र अबिवाहित महिलाहरु छुट्टा छुट्टै रुपले गोलबद्ध भएर यहा ११ गतेवाट ठुलो मेला लागी रहेका छ ।

गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगती विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ ।

गौरा पर्वमा खेलिने देउडा प्रति पछिल्लो समय सबै समुदायको आर्कषण वढ्दै गएको पाईन्छ । मौलिक धार्मिक संंस्कृतीको जगेर्ना गर्न यस्ता खाले परम्परागत पर्वहरुलाई नयां पुस्तामा हस्तान्तरण गर्नु जरुरी देखिएको छ ।