मेनु

सुन्दर सुदूर पश्चिमको चर्चित,ऐतिहासिक एवम् सांस्कृतिक महत्वभएको डोटीको धार्मिक स्थल ठुला केदार –

.. ठूला केदार ..   

             धिरेन्द्र बहादुर चन्द

डोटी बोगटान क्षेत्रमा पर्ने बडडी केदार गाउपालीकाको मान्नाकापडी गाउँ विकास समितिको पूर्वउत्तर, बोगटान गाउपालीकाको धिर्कमाण्डौ र सातफेरी गाउँ विकास समितिको दक्षिण,लाना केदारेश्वर गाउँ विकास समितिको उत्तर र सिमचौर गाउँ विकास समितिको उत्तरवाट पश्चिमको शिखरगरी पाँच गाउँ विकास समितिको बीचमा पर्ने २८९१ मिटरको अग्लो केदारेश्वर लेकमा भगवान ठूलाकेदार विराजमान रहेकाछन । यो क्षेत्र बोगटान क्षेत्र भन्दमपनि उपल्लो वोगटानमा पर्दछ । डोटी जिल्लामा केदारका मन्दिर ं पौराणीककाल देखिनै प्रत्येक स्थानमा रहेको मान्यता छ ।

 

यी सबैको मूलस्थान ठूला केदारलाई मानिन्छ । डोटी  को लानाकेदारेश्वरको उत्तरको लेकको पहरोको चुचुरोमा केदारको शिला रहेको छ । यो शिला दुई ठूला ढुङ्गाको बीचमा अलि समथर स्थानमा छ । ब्राह्मणहरुले यसगाथमा उक्लने सिडीभन्दा तल दुई ढुङ्गाको बीचमा बाटोको वरपर वडारमा बसेर केदारको पाठपूजा गर्ने गर्दछन्न । यस जात्राको देउरामा आएका चोखा जातका धामी मात्र गाथमा गएर नाँच्ने गर्दछन । अन्य जातका मानिसहरु अर्को एउटा ठूलो ढुङ्गा माथिमा गएर नाँच्ने गर्दछन । यिनै केदारका पुत्र कार्तिकेय मोहन्याल मानिन्छन । यी मोहन्याल आफ्ना बाबुका मूल जन्मेका थिए र केदारले तामाको ढोलमा हालेर गाड वगाएको भन्ने पौराणीक भनाई यहाँ पनि छ । यसै अनुसार यसकोतल केदार्नीमाडौ र मोहन्याल बगाएको स्थान भनेर बताईने गरिन्छ । तल्लो वोगटानमा मोहन्याल ृृकेदारनाथेले मन्दाकिनीमा बगाएको किंवदन्ती रहेको छ । तल्लो बोगटानमा रहेको मोहन्याल ल्याउँन वडातडो देवता कुमाऊँ गढवालको कत्यूर गएको भनाई खापरेसँगको युद्ध हुँदाको लोक आख्यानले पनि सही भएको पुष्टि गर्दछ । केदारलाई खापरेले झेल हालेको समयमा मोहन्याल र खापरे बीचको युद्ध भएको समयको भनाई छ

 

 

मोहन्याल आफ्ना बाबु केदारका मूलजन्मेका कारण माथि केदारको गाथमा गएर नाच्दैनन्न । यिनै केदारलाई खापरे राक्षेसबाट मोहन्यालले आफ्ना दल र वलका सहयोगले युद्ध गरेर वचाएको किंवदन्ती छ । केदारको पूजामा गाईको दूध चढाउने परम्परा रहेको छ । पूजाको दिनमा सांज विहान दुहेको दूध मथाउतका रुपमा घरबाट हिँड्दा हिँड्दै मन्दिरमा नपुग्ने र दूध दहीमा परिणत हुने भएका कारण अथवा अति दूरीका कारण यिनै केदारले त्यस ठाउँको एक मुठ्ठी माटो लगेर श्रद्धा भक्ति र आस्था पूर्वक जसले जस ठाउँमा स्थापना गरेको छ । त्यही पूजा आराधाना गर्नु भन्ने आदेश अनुसार अन्य ठाउँमा पनि केदारको रुपमा यिनै केदारलाई पूज्ने कार्य भएको मान्यता छ । चाकाकेदारे र यस ठूलोकेदारमा कार्तिक शुक्लपक्ष त्रियोदशी ठूलो जाँत जात्रा र वैकुण्ठ चर्तुदशीका दिनमा विशेष पूजा हुन्छ ।यस दिन यस अन्तरगतका विभिन्न देवताको देउरो आउँछ । केदारको जात्रालाई ठूलो धार्मिक पर्व मान्ने गरिन्छ ।
यस ठाउँमा एक पटक आएको मान्छेले अर्को पटक अनिवार्य आउनु पर्ने हुन्छ । पापीहरु केदारको स्थापना भएको ठाउँदेखि तल वाटोमा रहेको गौडो उक्लन सक्दैनन । भन्ने भनाइ पनि छ ।
केदारका पूजारी उपमन्यु गोत्रीय विनाडी थरका ब्राह्मण रहेका छन् । ठकुरीहरुमा ृृबैतडीे बाट पूर्व आएर बसेका भानादेवको सन्तानका झापर देउका वंशज मानिने गौतम गोत्रीय ,चन्द्रवंशी प्रतिहार ृृचन्द ृृठकुरीेहरुले केदारको जाँतमा अनिवार्य जानु पर्ने हुन्छ । तल्लो वोगटानका मोहन्याल कुलदेवता भएका ठकुरीहरु यस ठाउँमा आएको खण्डमा तिनको ठूलो सम्मान गरिन्छ । मोहन्यालको नयाँ धामी नायाँ व्यक्ति ले एक पटक केदारमा र एक पटक सिहासनमा जानु पर्ने कर हुन्छ । प्रत्येक १२ वर्षमा पनि मोहन्यालले यस स्थानमा पुग्नु पर्दछ । यस केदारको स्थापनाको उत्तर तिर पानीको सानो खोपिल्टो छ । यस खोपील्टाको पानी जाँतमा गएका दशौहजार मान्छेहरुलाई नुहाउन र खान पुग्छ । यो देखेर यस मेलामा आएकाहरु अचम्म मान्दछन् । यहाँ रात भरी बाजागाजा सहित रमाईलो हुन्छ । डेउडीयाहरु डेउडा खेल्छन् । धामी अनकन्टार डरलाग्दो पहरोमा गएर नाँच्छन । आगाको चुर बालल्छन । केही पसलहरु र खानाका दोकानहरु पनि हुन्छन् । रमाईलै रमाईलोमा रात वित्छ ।ृृमोहन्याल देवता १२ वर्षमा एकपटक नयाँ धामी फेरिएको समयमा कुनै अवसर पारेर मात्र केदारमा जान्छन् ।
लानाकेदारेश्वरको गाथ रहेको स्थानदेखि माथि उत्तर तर्फ केही समथर ठाउँ छ । यस समथर ठाउँमा केदारको जाँत भएको राती डेउडा खेल्छन्

पछिल्लो अवस्थामा नयां पुस्तामा यस्ता ऐेतिहासिक र धार्मिक महत्व भएका ठाउहरु प्रति चासो घट्दै गईरहेको छ । तसर्थ आफ्नो कला,संस्कृति र मौलिक परिचयलाई जीवन्त राख्न स्थानिय तथा राष्ट्रिय स्थरबाट यसको संरक्षण हुन आजको आवश्येकता छ ।