मेनु

दुर्गालक्ष्मी नमुना माविले गर्यो नवआगन्तुक विद्यार्थीहरुको स्वागत (फोटोसहित)

हेमराज भट्ट-सुदूरखबर

अत्तरिया भदौ २ । कैलालीको अत्तरिया रहेको दुर्गालक्ष्मी नमुना माध्यामिक विद्यालयमा कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विधार्थीहरुलाई सोमबार एक कार्यक्रम बिच स्वागत गरिएको छ । कक्षा १२ मा अध्यनरत बिधार्थी देवराज भट्टराईको सभापतित्बमा सम्पन्न स्वागत कार्यक्रमका प्रमुख अथिति गोदावरी नगरपालिका वडा नम्बर २का बडाध्यक्ष कृष्णराज जोशी रहनुभएको थियो ।

कार्यक्रममा बिशिष्ट अथिति बिधालयका प्रध्यानाध्यापक शिवराज जोशी रहनुभएको थियो । बिधालयले हरेक बर्ष नियमित रुपमा मनाउदै आएको स्वागत तथा बिदाई कार्यक्रम अन्तर्गत आज कक्षा १२ मा अध्यनरत बिधार्थीहरुले कक्षा ११ मा प्रबेश गरेका नबआगन्तुक बिधार्थीहरुलाई अबिर लगाएर मायाको चिनो प्रदान गर्दै स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष जोशीले शिक्षा नै जिवनको ज्योति भएकाले बडा नं २ भित्र रहेका कुनै पनि बालबालिकाहरुले शिक्षा क्षेत्रवाट बञ्चित हुन नपर्ने बताउनुभयो । उहाले दुर्गालक्ष्मी बिधालयले लामो समय सम्म शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुञ्याउदै अहिले जिल्लामै नमुना बिधालय बन्न सफल भएकाले अब यस बिधालयलाई देशैकै नमुना बिधालयको रुपमा अगाडी बढाउने आफ्नो प्रयास जारी रहने बताउनुभयो । कार्यकं्रममा बिधार्थीहरुले नृत्य, गित ,गजल , कबिता लगाएतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कक्षा १२ मा अध्यनरत बिधार्थी सशांक जोशी र बिबिशा शेर्पा लगाएतको टिमले संञ्चालन गरेको कार्यक्रम बिधालयका शिक्षक टेकराज भण्डारीको संयोजकत्वोमा सम्पन्न भएको हो ।

हेर्नुस् फोटोहरु :