मेनु

अत्तरिया बसपार्क ब्यबस्थित नहुदा दिनप्रतिदिन कुरुप बन्दै , बर्खामा हिलो र हिउदमा धुलोका कारण यात्रुहरुलाई सास्ती, फोटोफिचर सहित

सुदूर खबर- हेमराज भट्ट ,अत्तरिया ,असोज ०९
कैलालीको अत्तरिया बस पार्क अझै ब्यबस्थित हुन सकेको छैन् । सुदुरपश्चिको प्रमुख गन्तब्यको रुपमा रहेको अत्तरिया बसपार्क ब्यबस्थित हुन नसक्दा बिभिन्न क्षेत्रहरुवाट यहा पुग्ने यात्रुहरुले सास्ती खेप्नु परेको छ । २,३ दिन लगातार परेको बर्षाका कारण अहिले बसपार्क हिलाम्मे बनेको छ । अत्तरिया बजारसंगै जोडिएका सुदुरपश्चिमकै क्षेत्रिय बसपार्क बनाउने अबधारण सहित नजिकैको दुर्गालक्ष्मी महिला सामुदायिक बनको पानी जम्ने खाल्डा खुल्डी परेको जमिनमा माटो भरान गरि अत्तरिया बसपार्कको नर्माण गरिएको थियो ।

अब्यबस्थित रुपमा सडक किनारमै छरियर बस्ने बढ्दो सवारी चापलाई मध्यनजर गर्दै निर्माण गरिएको बसपार्क अझै ब्यबस्थित हुन नसक्दा यात्रु , सवारी चालक र स्थानिय सर्बसाधारणलाई समस्यामा परेको छ । अहिले अत्तरिया बसपार्कवाट सुपका ७ पाहाडी जिल्ला सहित पुर्व तर्फ सयौ संख्यामा गाडीहरु आवत जावत गरिरहेका छन् । बर्षायाम थोरै पानी परेपछि हिलाम्मे हुने र हिउदामा धुलो भरिभराउ हुदा बसपार्कमा हिड्नै नसकिने अबस्था सिर्जना भैरहेको छ ।

बसपार्कको बरिपरि घेरवार नहुदा अब्यस्थित रुपमा हुने पार्किंगले बसपार्कको जताततै खाल्डा खुल्डी परेका छन् । दैनिक सयौको संख्यामा भित्रियएर जाने आउने अत्तरिया बसपार्कमा सुख्खा भए धुलाम्मे र सानो पानी आउने बितित्कै यहा रहेका खाल्डा खुल्डीमा पानी जम्ने हुदा हिलोको कारण यात्रुहरुलाई हिडि साध्य छैन । बसपार्क जताततै हिलाम्मे हुदा आफुलाई टिकट काट्ने स्थान सम्म जान पनि निकै समस्या भएको दिल्लीवाट आई अछाम जादै गरेका यात्रु कृष्ण बिष्टले गुनासो पोखे । उनले भने बसपार्कको न त बाउन्डी्र नै बनेको छ छ , न त यात्रुहरुको आबतजाबत गर्ने बाटो घाटो आफ्नो साथमा रहेको समान सहित टिकट काट्ने स्थान सम्म लगेर जादा एक्लै यस्तो हिलो बाटोमा कसरी जानु निकै समस्या रहेको छ ।

बसपार्क बरपरि ठूला ठूला खाल्डा हुदा यात्रुहरु झनै मारमा परेको डडेल्धुरा जान लागेका यात्रु हिक्मत अबस्थीले बताए । बसपार्कमा यात्रुहरुलाई मात्रै होईन बसपार्क बरिपरि बिभिन्न बस समितिका काउन्टरहरु राखेर बस्नेहरुपनि मारमा परेका छन् । बसपार्क बाहेक अन्य स्थानमा काउन्टर राख्ने पाईने निर्णय हटेपछि २४सै घण्टा हिलो र धुलोमा बस्नु परेको बिभिन्न समितिमा आबद्ध कर्मचारीहरुको भनाई रहेको छ । बसपार्क क्षेत्रमा प्रयाप्त मात्रमा शौचालय पनि नहुदा यहा आउने यात्रुहरु नजिकैको सामुदायिक बनमा खुलेयाम रुपमा शौच गर्दा बसपार्क झनै दुर्गन्धित बनेको छ ।

बसपाकैको छेउमा दिशापिसाब गरिदा र बजारमा रहेका छाडा पशु चौपायको पनि यो बसपार्क मुख्य बासस्थान हुदा छाडा पशु चौपायको मलमुत्रले पनि बसपार्कमा बसिनसक्नु भएको छ । अत्तरिया बसपाक छाडापशु चौपायकको मुख्य बासस्थान हुदा यहा बिभिन्न समयमा छाडा पशुचौपायहरु मर्ने र मारिने गरेकाले समयमै ब्यबस्थापन नहुने भएकाले सिनो हेर्ने स्थानका रुपमा परिणत भएको कतिपयको भनाई छ । केहि समय पहिले तत्कालिन अत्तरिया आसपासका स्थानियहरुको पहलमा सुदुरपश्चिम यातायतको १५ लाख आर्थिक सहयोगले सामुदायिक बनमा रहेको ठूला ठूला पानि जम्ने खाल्डा खुल्डीलाई पुरेर कच्ची भएपनि निर्माण गरिएको अत्तरिया बसपार्कको ब्यबस्थापन तर्फ अन्य कुनै निकायको ध्यान जान सकेको छैन् ।

बसपार्कमा भित्रीले लामो तथा छोटो दुरीका सवारी साधनहरुवाट बसपार्क ब्यबस्थापन समितिले बिभिन्न समयमा रकम लिने गरेको भएपनि रकम लिए अनुसार ब्यबस्थापनको काम भने हुन नसकेकोे यातायत ब्यबसासयिहरुले गुनासो गरिरहेका छन् । यता बसपार्क ब्यबस्थापन समितिका अध्यक्ष गोर्कण भट्टले बसपार्कलाई ब्यबस्थित रुपमा अगाडी बढाउन सरकारी निकायले ध्यान दिनुपर्ने बताउनुभयो । सवारीको चापलाई मध्यनजर गर्दै निकै सघर्षका साथ स्थानियको साथ सहयोगमा निर्माण भएको बसपार्कलाई अहिले सम्म कुनैपनि सरकारी निकायवाट सहयोग नभएको उहाले बताउनुभयो । उहाले दैनिक रुपले आफुहरुले सबारीसाधनवाट उठाई रहेको रकमले बसपार्कको मर्मत , याहाका कर्मचारीको ब्यबस्थापन,पानी ,विजुलिबत्ति लगाएतमै खर्च भैरहेकाले नगरपालिकाले नगरसभामा घोषणा गरको बसपार्क संञ्चालनको बिषयलाई योजनाका साथ अगाडी बढाउनुपर्ने बताउनुभयो । गोदावरी नगरपालिकाकाले अत्तरिया बसपार्कलाई आफ्नो स्वामित्वमा ल्याई ब्यबस्थित रुपमा संञ्चालन गर्ने योजना रहेको पहिलो नगरसभामा मार्फत जानकारी गराएको थियो ।