मेनु

प्रचारप्रसारको अभावले ओझेलमा बैतडीका धार्मिक पर्यटकिय स्थल

सुदूर खबर- १६ असोज
बैतडीमा रहेका बिभीन्न धार्मिक पर्यटकिय स्थल प्रचारप्रसारमा ओझेलमा परेका छन् . बिभीन्न शक्तीपिठ रहेको जिल्ला बैतडीमा यिनीहरुको बारेमा प्रचारप्रसार नहुदा ओझेलमा पर्न थालेको यहाँका नागरीकको भनाइ छ ।
बैतडीमा भगवतीका सात वटा बहिनीमध्ये पाँच वटा बहिनी बैतडीमा रहेका छन् . बैतडीको देहिमाण्डौमा रहेको निंगलासैनि भगवती मन्दीर, बस्कोटमा रहेको रणसैनि भगवति मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिीर, पुचौडिमा डिलासैनी, कफ्लासैनि गरी पाँच वटै भगवती बैतडीमा भएकाले यो जिल्ला धार्मिक पर्यटकिय क्षेत्रको हिसाबले भरीपुर्ण रहेको निंगलासैनि भगवती मन्दिरका मुखीया मान बहादुर बोहराले बताउनु भयो ।


भगवतीका बाकि दुई बहिनी बोद्लासैनि र बिजासैनि बझांङ र एउटा भाइ भाकालिंग डोटीमा रहेको उहाँले बताउनु भयो । धार्मिक क्षेत्रमा सबैभन्दा प्रसिद्ध मन्दिर र शक्तीपिठ बैतडीमा हुदापनि यसको प्रचारप्रसार हुन नसकेको उहाँले बताउनु भयो ।
यस्तै बैतडीमा रहेका ग्वाल्लेक केदार, रौलाकेदार, सिगासधुरा, गणेशधुराको पनि प्रचारप्रसार हुन नसकेको यहाँका नागरीकको भनाइ छ । बैतडीका बिभीन्न उच्चस्थानबाट छिमेकि जिल्ला दार्चुला, बझांगमा अवस्थीत् अपिसैपाल र उच्च हिमचुचुराहरुको अवोलकन गर्न सकिने उद्योग बाणिज्यसंघ बैतडीका अध्यक्ष नर बहादुर चन्दले बताउनुभयो ।


बैतडीमा दक्षीण एसियाकै सबैभन्दा ठुलो पत्तालभुमेश्वर गुफा भएपनि यसको प्रचारप्रसार नहुदा अस्तीत्व बिहीन जस्तै भएको नागरीकले बताएका छन् । बैतडी जिल्लालाइ धार्मिक पर्यटकिय गन्तब्यका रुपमा मात्रै देशबिदेशमा चिनाउनसके जिल्लाको समग्र आर्थिक बिकास हुने यसक्षेत्रका अगुवाको भनाइ छ ।