मेनु

प्रधानमन्त्री बनाउने देउवाको प्रस्ताव प्रचण्डले यसरी लत्याए

काठमाण्डौँ, असोज १९ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै गठबन्धनलाई दीर्घकालसम्म लैजान फेरि पनि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूले प्रस्ताव राखेको खुलासा गरेका छन्।

दसैंको नवमीका दिन दाहाल आफूलाई भेट्न आएका बेला चुनावी तालमेल मात्रै नभई फेरि पनि प्रधानमन्त्री बन्न प्रस्ताव गरेको तर उनले नमानेको देउवाले बताए। दाहालले अन्य कुनै शक्तिको दबाबमा गठबन्धन तोडेको संकेत पनि उनले गरे।

‘तालमेल पनि गरौं, फेरि प्रधानमन्त्री बनाउन पनि म तयार छु भनेर प्रचण्डलाई मैले भनेको हो’, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर प्रचण्डजीले गठबन्धन तोड्ने निर्णय गरेर भेट्न आउनुभएको रहेछ, मान्नु भएन।

  • कान्तिपुर दैनिक