मेनु

नेपाली शिक्षा र आजको आवश्यकता

धिरेन्द्र बहादुर चन्द युवा प्राणीशास्त्री एम.एस्सी. ईकोलोजी एण्ड कन्जरभेसन बाएलोजी 

बर्तमान बिश्वमा नविनतम ज्ञानका विस्फोटन निरन्तर रुपमा भईरहेका छन् । जसले गर्दा मानव आफ्ना आशातित प्रगतिको चरमचुलीमा चुम्न सफल भईरहेको छ । विज्ञानका साखा र उपसाखाहरुका कारणले जटिल कार्यहरुपनि सहज बनेका छन् । पछिल्लो समयमा औधोगिकरण, क्रान्ति र अन्तरिक्ष अभियान पश्चात विश्वमा शिक्षा क्षेत्र मात्र नभई सम्पुर्ण क्षेत्रहरु गतिशिल बनेका छन् तसर्थ शिक्षालाई सामाजिक गतिशिलता वा प्रगतिको पहिलो खुड्किलो मानिन्छ । शिक्षाको सहि र उपयुक्त प्रयोग गरि अमेरिका, जापान, चीन, बेलायत, रुस जस्ता राष्ट्रहरु बिश्वकै अग्रपक्तिमा चिरपरिचित छन् ।

नेपाल एक विकासोन्मुख राष्ट्र भएकोले नेपालको शिक्षा बर्तमान समयमा आएर पनि निकै पछाडि रहेको छ । बर्तमान अवस्थामा नेपालमा अधिकांश तथा शैक्षिक रुपले सैदान्तिक ज्ञानको संग्रह बनेको छ पछिल्लो अवस्थामा केहि बर्ष यता च्याउँ उम्रेझै उम्रेका बिद्यालयहरु सैदान्तिक रुपमैपनि गुणस्तरिय रहेको छैन । नेपाली शिक्षा नितीका कारण गरिब, सिमान्तक्रित र पिछडिएका बर्गहरुले शिक्षामा सरिक हुन नसकेको अवस्था छ । वर्तमान समयमा समान शिक्षा र शिक्षा सबैका पहुचको बिषय हुनुपथ्यो, तर नयाँ–नयाँ महंगा सस्थागत बिद्यालयहरुले अभिभावकहरु बिच कति खर्च गर्न सक्ने भन्ने होडबाजी चलाएकै छन् । जसले गर्दा गरिब विद्यार्थीहरुलाई नैराश्यताको पर्खाल भित्र थुनेका छन् । अर्कोतिर सरसर्ती हेर्दा सामुदायिक बिद्यालयहरुमा पनि नियमहरु दुरुस्त र कामकुरो ठप्प भएको अवस्था पनि सर्वबितितै छ । बिद्यालय अनुगमन र सुपरिवेक्षणको नाममा जि.शि.अ.र स्रोत केन्द्रको कोठामा जति हुन्छन् गोप्य छन् । शैक्षिक सामग्रीको रुपमा चक्र कालोपाटी बाहेक फुटेका लेन्स समेत नभएका कयौ सामुदायिक बिद्यालयहरु र बडो आर्थिक लगानीको प्रतिस्पर्धामा जाने सस्थागत बिद्यालयहरुका बिद्यार्थीहरुबिच एउटै प्रश्नपत्र माध्यमबाट बिद्यार्थीको मुल्याङ्कन् गर्ने परिपाटीको अन्त्य अझै भएको छैन । तत्कालिन अवस्थामा सञ्चालित शिक्षा प्रणाली दैनिक आवश्यकता परिपुर्ति गर्न र जिवन निर्वाह गर्ने कुरामा बाधक बनेको छ । सैदान्तिक कुरा मात्र समेटिएको आजको शिक्षा प्रणाली बिश्वका नविनतम ज्ञानसंग कसरी प्रतिस्पर्धा गर्न सक्दछ ? यसका दोषी शिक्षाको निती निर्माता, नेपालका राजनैनिक दलहरु हुन जसको असर मुख्य गरि गरिब बिद्यार्थीहरुमा परेको छ । आर्थिक रुपमा सम्पन्न उच्च बर्गको परिवारले आफ्ना छोराछोरीलाई प्राविधिक बिषय र बिदेशमा पढ्न पठाउदछन् जुन गरिबका लागी दिवा सपना मात्रै हुने गर्दछ । अब नेपालमा यस्तो बिशंगतीको शिक्षाको आवश्यकता छैन । व्यवहारिक र रोजगारीमुलक शिशा आजको आवश्यकता हो । डाक्टर, इन्जिनियर, शिक्षक, वकिल मात्रै नौकरी नभएर किसानको पनि परिश्रम हुन्छ । परिश्रमको सम्मान गर्न भावनाको विकास गर्ने सरोजगारी मुलक शिक्षा आजको आवश्यकता हो । शिक्षालाई सामाजिक फेसन नभई शैक्षिक फेसनको रुपमा रुपान्तरण गर्नु पर्दछ । विभिन्न किसिमका अपा¬ बालबालिकाहरुले सपा¬ सरह जिउनु, सामाजिक विकृति पुर्ण रुपले अन्त्य गर्न, गरिबले पनि सुःखको सास फेर्ने पाउनु नै आजको शिक्षाको अवाश्यकता हो । यति मात्रै नभई शैक्षिक फेसनलाई आत्मासाथ गर्दै बिश्वका बिकसित राष्ट्रहरुसंग प्रतिस्पर्धा गर्न नेपालको शिक्षा क्षेत्रको आवश्यकता हो । शिक्षा क्षेत्रमा निष्पक्षता र समानयुक्त भई रोजगारीमा ठुलाको हात रहने परिपाटीको अन्त्य, बुद्धि अनुसारको शिक्षा र रोजगारी प्रदान गर्न आजको आवश्यकता हो । जेनतेन गरि नेपालकै बिद्यालय र बिश्वबिद्यालयबाट उच्च शिक्षा हासिल गरी घरमा बसिरहेका बिद्याँर्थीहरुका लागी रोजगारीका सम्भावना छैन यहाँ किनकी नेपालमा नौकरीको लागी आफुलाई ठुला ठान्ने मान्छेको हात चल्छ नकि बिद्याथीका ज्ञानका क्षेत्र । समय अनुकुल र योग्यता अनुसारको नौकरी त कहाँ हो कहाँ जिवनयापन गर्न समेत गाह्रो भएको अवस्थाले लाखौ शिक्षित युवाहरु बिदेशमा रोजगारीका लागी पलायन भईरहेका छन् । मुख्यतया नेपालको शिक्षा प्रणाली पछाडि पर्नुको कारण सामाजिक, आर्थिक र भौगोलिक आदि भएपनि नेपालको राजनिती सबैभन्दा बढी जिम्मेबार छ । नेपाली शिक्षालाई २००७ साल पुर्व शाहबंश र राणाहरुले प्रभाव पारे त्यसपछि कहिले पञ्चायत अनि लोकतन्त्र हुदै गणतन्त्र ल्याउने काममै व्यस्त राजनैतिक दलहरु शिक्षा क्षेत्रलाई बिर्सिएका छन् । बर्तमान अवस्थामा समेत नेपालका राजनैतिक दलहरु व्यवहारिक र रोजगारीमुलक शिक्षा, नविनतम् शिक्षा बिकासको पक्षमा नभई सत्ता टिकाउने र कुर्चीको लागी लुछाचुडीको साथमा अंक गणितिय नाटक खेल्दैछन् । नेपालमा दिगो बिकास भन्दा दिगो बिनास चाहने प्रबृति नेपाली राजनैतिक दलहरुमा छ ।

समयको माग र राष्ट्रको आवश्यकतालाई उत्पादिन जनशक्तिले सम्बोधन गर्न सकेको छैन । अशिक्षित भन्दा शिक्षित जनशक्तिले समाजमा बिभिन्न किसिमका अराजकता फैलाइरहेका छन् जसको मुख्य कारण अपरिपक्क शैक्षिक रणनिती हो । राजनैतिक व्यक्ति देश र जनताप्रति उत्तरदायी नभई व्यक्तिगत लाभप्रति आकर्षक छन् यस परिपाटीलाई परिवर्तन गरी आत्मनिर्भर मुखी, सकारात्मक सोचले सम्पन्न देश र जनताप्रति जवाफदेही जनशक्ति उत्पादन गर्न सरोकारवालाहरु जुट्नै पर्ने देखिन्छ ।