मेनु

यस्तो छ तपाईका लागि आजको राशीफल- आजमिति २०७४ आश्विन २५ गते । बुधबार । ईश्वी सन् २०१७ अक्टोबर ११ तारिख । नेपाल सम्बत् १९३७ ।

बि.स.२०७४ आश्विन २५ गते । बुधबार । ईश्वी सन् २०१७ अक्टोबर ११ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि षष्ठि १६ घडि २४ पला,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र मृगशिरा २१ घडि २६ पला,दिउसो २ बजेर ३६ मिनेट उप्रान्त आद्रा । योग वरियान २० घडि ३७ पला,दिउसो २ बजेर १७ मिनेट उप्रान्त परिध । करण वणिज,दिउसो १२ बजेर ३५ मिनेट उप्रान्त भद्रा,रातको ११ बजेर २३ मिनेट उप्रान्त वव । आनन्दादिमा अमृत योग । चन्द्ररासि मिथुन । गैरआवासीय नेपाली दिवस । बेलुका ४ बजेर ४५ मिनेटमा बृहस्पती पश्चिममा अस्त ।

काठमाडौंमा सूर्योदय ६ बजेर ०२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ३७ मिनेट जादा । दिनमान २८ घडी ५९ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट तथा साहस बढेर जानेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । अध्ययनमा प्रगति भएर जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राका क्रममा साथिभाई सँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउँन सकिनेछ । दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने राम्रै आम्दानि हुँने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । खेलकुद तथा यस्तै शाहशिलो काममा समय लगानि गर्नेहरुले सकारात्मक नतिजा हात पार्नेछन् ।

शुभ अंक — १,७ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुँनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुँनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुँनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुँनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ ।

शुभ अंक — २,८ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुँने हुँनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुँनेछ । समय र परिस्थितिको राम्रो सँग अध्ययन तथा बिश्लेषण गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ भने नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा नाँफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुँनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — पुर्व

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुँनेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याई पुरस्किृत हुँने समय रहेकोछ भने पारिवारिक जमघटमा सहभागि भई स्वादिष्ट भोजन भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

शुभ अंक — ६,९ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुँनाले जस्तो सुकै चुनौतिको पनि सामना गर्न सहज हुँनेछ । टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुँनेछ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुँने तथा मानसम्मान,ईज्जत,प्रतिष्ठा बडेर जानेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले अरुभन्दा पछि परिनेछ । स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि भने सन्तोषजनक नै रहनेछ । संकट ब्याबस्थापनका लागि चालिएका प्रयासमा बाधा हुँनेछ भने फसाउनेहरु हाबि हुँनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउँनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

शुभ अंक —२,५ शुभ दिशा — पुर्व

शुभ रंग — गुलावी कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जानेछ भने कुनैपनि प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — दक्षिण

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शाहशि काम गरेर अरुको मन जित्न सकिनेछ भने प्रतिष्पर्धिहरु पनि सहयोगि बन्नेछन् । अदातल तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ । बाधा बिरोध गर्नेहरु आफै किनारा लाग्नेछन् भने नयाँ व्यावसाय थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । थाति रहेको तथा अल्झेर बसेका काम धन्दाहरु नियमित रुपमा सुचारु हुँदा काम गर्न जोस जागर बढेर आउँनेछ । प्रेम बन्धनमा बाधिने गतिलो सम्भावना रहेकोछ भने खर्च बढ्न सक्छ ध्यान दिनुहोला ।

शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पति तथा उपाहार प्राप्तीको योगलाई नकार्न सकिदैन । व्यापार व्यावसाय फस्टाएर जाने हुँनाले मनग्गे आम्दानि गर्न सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेमका कोपिलाहरु पक्रियर जानेछन् भने आत्मिय मित्र तथा आफन्तजनको सहयोगले महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । तपाईको बौद्धिकताको उच्च मुल्याङकन हुँने तथा शिक्षा क्षेत्रमा राम्रो प्रगति गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — दक्षिण

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । घर जग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाई लेखाई कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको बिकास हुँनेछ भने नियम बिपरित काम गर्न उक्साउने हरु सक्रिय रहनेछन् । छाति सम्बन्धि समस्याले नसताउँला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हुँनेछ ।

शुभ अंक — ६,९ शुभ दिशा — पश्चिम

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९ ओसनेपाल