मेनु

कञ्चनपुरको सोंदर्य बढाउने लिङ्गा अवलोकन गर्न आउनेको घुईचो

सुदूर खबर- असोज २५/राजमती भण्डारी’राजु’
कञ्चनपुरको मध्य भागमा रहेको वेतकोट नगरपालिकाको उतर तर्फ करीब ७ किलोमिटर पुर्व बगुन गाउँमा पहाडको फेदमा अवस्थित करीब ५०० मिटरमा फैलिएको लिङ्गा, प्राकृतिक पहाडको फरक बनोट अवलोकन गर्नका लागी हजारौ पर्यटकहरुको घुइचो लाग्न थालेको छ ।
शिव लिङ्गको आकारमा रहेको यो पहाडको बनावटले पर्यटकको मन मात्रै लोभ्याएको छैन, यसको दर्शन गरे मनोकांक्षा पुरा हुने धार्मीक विश्वास रहि आएको छ


पर्यटनको ठुलो सम्भावना बोकेको भएपनि यस क्षेत्रको संरक्षण र सम्बर्धन का लागी हाल सम्ममा सरोकारवाला पक्षबाट भने कुनै पनि पहल हुन सकेको छैन ।

एक सुन्दर प्राकतिक तथा धार्मीक आस्था बोकेको यो क्षेत्र लिङ्गाका नामले प्रसिद्ध छ । हेर्दा बनाइएको जस्तो देखिने भयता पनि लिङ्गा क्षेत्रमा अलौकिक दैवि शक्ति भएको बिस्वास गरिदै आयको छ ।