मेनु

कञ्चनपुरमा नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु

कञ्चनपुर, असोज २५ । कञ्चनपुरको महाकाली नगरपालिकामा बुधबारदेखि नगर स्तरिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । साविकको चादनी गाविस कार्यालयको प्राङग्रणमा नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्धघाटन गरिएको छ । महाकाली नगरपालिकाका प्रमुख वीर बहादुर सुनारले एक कार्यक्रमका बिच नगर स्तरिय क्रिकेट प्रतियोगिताको उद्धघाटन गरेका हुन् ।

कालिका युवा क्लवका अध्यक्ष प्रकाश सिंह साँउदको सभापतित्वमा सम्पन्न उद्धघाटन कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख सुनार प्रमुख अतिथी रहेका थिए भने गम्भीर सिंह भण्डारी विशिष्ट अतिथीमा रहेका थिए ।

नगर स्तरिय क्रिकेट प्रतियोगिता कार्तिक ११ गते सम्म चल्ने आयोजकले जनाएको छ । शुभ दिपावलीको अवसरमा संचालन गरिएको उक्त प्रतियोगितामा महाकाली नगरपालिकाका १९ टिम सहभागी भएको आयोजक संस्था कालिका युवा क्लवले जनाएको छ ।

खेलमा प्रथम हुने टिमलाई रु. १५ हजार र द्धितिय हुने टिमलाई रु. ८ हजार नगर धनराशी तथा सम्मान तथा प्रमाण पत्रको ब्यवस्था रहेको आयोजक संस्था कालिका युवा क्लव कार्यक्रम संयोजक विशाल सिंह बिष्टले जानकारी दिएका छन् ।