मेनु

किन निश्चीत भयो शेरबहादुर देउवाले चुनाव हार्ने ? कारण यस्तो

असोज २६ – नेकपा माओवादी केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल दिवसले आगामी प्रतिनीधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हार्ने ठोकुवा गरेका छन् ।

जेनेक्स मिडिया नेपालको कार्यक्रम समय सन्दर्भमा अन्तरवार्ता दिने क्रममा उदयपुरमा अब कुनै पनि हालत वामपन्थी गठबन्धन बाहेक अन्य पार्टीकाले चुनाव नजित्ने ठोकुवा गरेका हुन् ।

उदयपर क्षेत्र नम्बर एकमा बलियो उमेदवारको रुपमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. नारायण खड्कालाइृ गठबन्धनले पराजय गर्न सक्छ त भन्ने प्रश्नमा नेता कट्वालले भने– ‘विगतको इतिहास हेर्ने हो भने उदयपुर जिल्ला कम्युनिष्टको लाल किल्ला हो, अब बामपन्थी शक्ति एक भएको अवस्थामा यहाँ शेरबहादुर देउवा नै आए पनि चुनाव हार्छन ।’
बाम एकताको बिषयमा प्रतिक्रिया दिदै नेता कटुवालले बाम एकताले मुलुकलाई आर्थिक समृद्धि तर्फ ढेकेल्ने बताए । वाम एकता पछि माओवादी वा एमाले कुनै विलय नभई नयाँ कम्युनिष्ट पार्टी निर्माण हुने बताए

-pathivaranews.