मेनु

वाम एकता छाड्दै बाबुराम, आखिर के हो वास्तविकता ?

असोज २६ – बालकोटमा भेटघाट गरी बुधबार छलफल गरेका केपी ओली र डा. बाबुराम भट्टराईवीच कुराकानी नमिले पछी बाबुराम निराश बनेर बालकोट छाडेका थिए |

बुधबारको वार्ता नमिले संगै तालमेल र वाम एकता गर्ने गठबन्धनमा सहभागी बनेको नयाँशक्ति पार्टीले गठबन्धनबाट अलग्गिने चेतावनी पनि दिएको बताइएको छ । उसो त माओवादी केन्द्रका नेताहरुले अहिले पनि बाबुराम भट्टराईमाथि पूर्वाग्रह राखेको र आफुहरुलाई पंगु बनाउन खोजेको नयाँ शक्तिका नेताहरुको गुनासो छ।

स्रोतका अनुसार डा. बाबुराम भट्टराईले केन्द्रीय संसदमा आफ्नो पार्टीले १५ सीट पाउनुपर्ने माग गरेका थिए । साथै प्रदेशसभामा ३० स्थान पाउनुपर्ने भट्टराईको माग राखेकोमा ओलीको कुनै ध्यानाकर्षण नगरेको र माग समेत पुरा हुन नसक्ने बताए पछी बाबुराम निराश हुदै बालकोट छाडेको जनाईएको छ |

npnews