मेनु

सुपारी खाने बानी छ भने आजै देखी छोडी दिनुहोस हैन भने यस्तै दयनिय हालत हुन सक्छ …

पारम्परिक र सांस्कृतिक हिसाबले सुपारी नेपाली समाजको अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी नभैहुँदैन । तर, यही सुपारी हानिकारक र रोग लगाउने अम्मल पनि हो । अचेल यसको व्यवसायिकता र प्रयोग दिनदिदैं बढ्दै गएको छ । त्यसो हुनुमा यसको अम्मल लगाउने बैगुन मुख्य कारण हो ।

स्वास्थ्यका लागि हानिकारक

सुपारी तथा सुपारीजन्य पदार्थको सेवनबाट उत्पन्न हुने मुखका समस्यामा दा“त खिईने, स–साना चिरामार्फत् रसभित्र पसेर दा“तको रंग परिवर्तन हुने, दाग बस्ने, टुक्रा परी भा“ँचिने र खस्रो हुने, खोकी लाग्ने, मुख खोल्न कठीन हुने, पोल्ने, मसला र पीरो खान नसक्ने, गालाको भित्री भागमा एक वा दुवैतिर सेतो–खैरो दाग देखिनेलगायत हुन्छ । त्यसपछि ओरल सबम्युकस फाईब्रोसीस भएर अन्त्यमा मुखको अर्बुद रोगसम्म हुन सक्छ ।

के हो ओरल सबम्यूकस फाइब्रोसिस ? यो एउटा दीर्घकालिन रोग हो, जसले मुखको कुनै भाग वा कहिलेकाहीं गला नलीमा असर गर्छ । यो कहिलेकाही बिबिराबाट सुरु हुन्छ र ‘इपीथेलीयम’ भन्दा मुनिको भागमा सुजन भएर ‘लेमाइना प्रोपाइरा’ कठोर हुन्छ । ‘इपीथेलीयम’ पातलो भएर मुखको छाला कठोर हुन्छ । मुख खोल्न र खान नसक्ने हुन्छ । सबभन्दा पहिले भारतीय मुलका दक्षिण अफ्रिकी महिलामा देखिएको विश्वास गरिएको यो रोग मुख्यतः भारतीयमा देखिने गरेको छ । नेपालमा ओरल सबम्यूकस फाइब्रोसिस २० देखि ४० वर्षसम्मका पुरुषमा र त्यसमा पनि तराई क्षेत्रमा बढी देखिन्छ । यो रोग अर्बुदरोग हुनुभन्दा पहिलेको अवस्था हो । यसबाट अर्बुदरोग बन्न सक्ने ७६ प्रतिशत संभावना हुन्छ ।

कारण ओरल सबम्यूकस फाइब्रोसिस के कारणले हुन्छ त्यति स्पष्ट नभएपनि खुर्सानीको अत्यधिक सेवन, फलाम र भिटामिन बी कम्प्लेक्सको कमी, सूर्ति सेवन, प्रतिरोधात्मक शक्तिको कमी, सुपारीजस्ता कारणले भएको मानिन्छ । तर, सुपारी तथा सुपारीजन्य पदार्थको सेवन नै प्रमुख कारण मानिएको छ । सुपारीमा भएका ट्यानीन, फलेभोनाइड तथा कत्थाले कोलाजनलाई नाश हुनबाट रोक्दछ भने अल्कल्वाइडले फाइब्रोब्लाष्टलाई उत्तेजित गरी कोलाजन बन्नमा सहयोग गर्दछ । त्यसकारण कोलाजन बढेर मोटो बाक्लो भई म्युकोसाको लचकता घटेर सा¥हो र कठोर बन्दछ । कहिलेकाही भने लामो समयसम्म सुपारी खाने मानिसमा पनि यो रोग देखिदैंन भने कहिलेकाही सुपारी खानेमा पनि रोग देखिन्छ । सामान्य तन्तु ओरल म्युकोसालाई उपरोक्त कारणले शरीरको प्रतिरोधात्मक प्रणालीलाई रूपान्तर गरी एरेक्वाईडिन र एरेकोलिन अल्कल्वाईडले डिएनएलाई परिवर्तन गरी ओरल सबम्यूकस फाइब्रोसिस बनाउछ ।

लक्षण ओरल सबम्यूकस फाइब्रोसिस मुखको पछाडिको भागदेखि सुरु भएर बिस्तारै अगाडितिरको भागमा आउछ । प्रायजसो मसालादार खाना र खुर्सानी खाँदा चर्चराउने, जलन हुने गर्छ । मुखमा बिबिरा उठ्ने, फुट्ने र घाउखटिरा बन्ने गर्दछ । पहिले मुखमा ¥याल बढी हुने र पछि मुख सुख्खा हुने गर्छ । स्वादमा फरकपन आउछ । निल्न अप्ठ्यारो हुने र कान दुख्ने गर्छ । त्यसपछि बिस्तारै मुखको छालाको लचकता क्रमशः कम भएर कठोर हुन्छ । बोल्न, चपाउन, निल्न र मुख खोल्न कठिन हुदै जान्छ । जिब्रो अगाडि ल्याउन, ओठ फर्काउन र लेब्य्राउन नसकिने हुन्छ भने निल्न खोज्दा दुख्ने र कान केही कम सुन्ने पनि हुन्छ ।

मुखको छाला म्युकोसाको आफ्नो रङ्ग हराएर सेतो हुँदै जान्छ । म्युकोसा कठोर भएर सिसा जस्तै चम्कने हुन्छ । नरम तालु कडा हुँदै जान्छ । टन्सिल भित्र खाल्डोमा धसिएको देखिन्छ । जिब्रो पातलो हुने र कम चल्ने हुन्छ । जिब्रो मुनिको भाग सेतो र छालाजस्तो कडा हुन्छ । यति हुँदाहुँदै पनि सुपारीको सेवन रोकिएन भने त्यसमा रहेका एरेकोडीन र एरेकोलीन अल्कवाइलाइडले डिएनएलाई परिवर्तन गरी म्युकोसालाई घाउमा परिणत गराएर स्क्वामस सेल कार्सीनोमा प्रकारको मुखको अर्बुदरोग बनाउँछ ।

निदान सुपारी तथा सुपारीजन्य पदार्थको सेवनको इतिहास र ओरल सबम्यूकस फाइब्रोसिसको लक्षण तथा चिन्हबाट रोगको निदान गर्न सकिए पनि निश्चित निदानका लागि बायोप्सी नै जरुरत पर्दछ ।

व्यवस्थापन सुपारी तथा सुपारीजन्य पदार्थको सेवनमा रोक, फलाम तथा भिटामिन बि कम्प्लेक्सको प्रयोग, मसालादार तथा खुर्सानीको प्रयोगमा रोक र स्थानीय कारकलाई हटाए यसबाट हुन सक्ने अप्ठ्यारा तथा जटिलताबाट जोगिन सकिन्छ । खाना खान नमिल्ने गरी मुख सानो भएको छ भने विशेष सुईको प्रयोग गरेर मुखलाई खुलाउन सकिन्छ । कठोर भएको भागलाई शल्यक्रियाद्वारा हटाएर मुख खोल्ने अभ्यास पनि गराउन सकिन्छ ।

अन्त्यमा, सुपारी प्रसाद तथा सगुनको रुपमा ग्रहण गरेपनि निरन्तर रुपमा सेवन नगरी यसबाट हुने बेफाइदा तथा रोगबाट बच्न जति जरुरी छ, त्यति नै युवापिंढीको भविष्य र जीवनमा नकारात्मक असर पार्ने सुपारीजन्य पदार्थ गुट्खा र पानमसालामाथि प्रतिबन्ध लगाउनुपर्ने टड्कारो आवश्यकता पनि देखिएको छ । – बुढाथोकी लुम्बिनी अञ्ंचल अस्पताल बुटबलका वरिष्ठ दाँत एवं मुखरोग बिशेषज्ञ डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य तथा मुख स्वास्थ्य समितिका संंयोजक हुन् ।