मेनु

अर्काकी श्रीमती – साहित्यिक रोमान्टिक कथा ….

समय दिउँसो भनौ या साझ घडिमा ५ बाट सुइ ढल्केर ६ को नजिक पुग्न लाइसकेको थियो अनि म आफ्नो दैनिकी सकाएर हावाको स्पर्श सङ्गै रमाउन बाहिर निस्किए……घर भन्दा अलिक पर झार युक्त चौर,चौतारा,मुलबाट झरेको चिसो पानी जस्लाइ सहज बनाउन धारा हालिएको यी सबै संमिश्रण भएको वातावरण जो सङ्ग म प्रकृति लाई माया गर्ने एक मनुष्य नजिक भएको थिए

गर्मी महिना साझ पखको सिरसिरे हावा जस्ले दिनभरको थकाइ लाई केही हद सम्म कम गर्यो अझ भनौ त्यहा रहुन्जेल अनेक मानसिक र शारीरिक तनाब दुबै रहेन कमसेकम त्यतिन्जेल। नजिकै रुखमा पिपलका पातहरुलाइ हावाले खेलाइरह्यो मैले आनन्दित मनले नियालिरहे ,सोचे अक्सर हामी हर मानिसलाइ पनि यसरी नै खेलाइरहन्छ भाग्यले, आफ्नो तक्दिरले ।तुरुन्तै मन भाडियो चराको चिरबिरले टाउको माथी तिर फर्काए केही असजिलो हुदा हुँदै पनि……एक जोडि चरा एउटै दिशा तर्फ समान गतिमा अनि गणितीय हिसाबले भन्दा समानान्तर भएर उडिरहेका थिए,चरा लाई पछ्याउँदै उ सङ्गै खुसी साट्दै उड्ने रहर क्षणभरमै पलायो र उडाइदिए मनलाइ अपसोच शरीर त्यही बन्धक जमिनमा थियो अरुको खटनमा चल्नु पर्ने एक भारी बिबसता बोकेर त्यै चरा हरुलाइ नियाल्दै…

त्यति मनोरम वातावरण मा रहन पाउँदा केही खुसी जस्तो लागीराथ्यो भने मनको चाहना हरु पूरा नहुदा केही निरासपन पनि जिवित थियो मनमा। यस्तै हो अक्सर सबै चाहना पूरा हुन्थ्यो भने त संसारमा कोहि पनि दुखी हुने थिएन अनि दुखी नभए कसैले खुसी को महत्व पनि त बुझ्दैनन् ,मैले पनि एक झिल्का सम्भावित खुसी को लागि धेरै रहर हरुलाइ तिलान्जली दिए । भारी मन हुदा हुँदै हातमा हलुँगो मोबाइल थमाए गोजि बाट।म त्यहाँ जानुको कुनै काम थिएन बस फ्रेस हुन गएको थिए फेसबुक को न्यास्रो लाग्यो डाटा अन गरे नोटिफिकेसन भरर आइहाल्यो हेर्न खोज्दै थिए एउटा नया नम्बरले डिस्टर्ब गर्यो।पुराना दिन सम्झेर दिन कटाउने हरुलाइ हर नया चिज को खास वास्ता लाग्दैन र त्यस्तै भयो मलाइ पनि को होला भन्ने कौतुहलता सम्म रहेन तर फोन निरन्तर बजिरहेको छ आफ्नो मोबाइल मा नउठाउन पनि मन लागेन र बिना उत्साह औला घिसारे मोबाइलको स्क्रिनमा।

फोन उठ्यो कानमै टासे तर आवाज आएन एकमन ले सोच्यो राखिदिउ, कोहि म सङ बोल्न खोज्छ भने फोन उठ्दा सम्म किन मौन? आफै माथी प्रश्न ।फेरि आफैलाइ उत्तर आफै बाट,”तलाइ खोज्दै गरेको तेरो एकशब्द नसुनी को सङ्ग बोलोस बिचरा” हो मनमा उब्जिएको प्रश्न भन्दा उत्तर ठिक लाग्यो र बोले “हजुर” उता बाट नारी आवाज आयो “हेल्लो”मन तरङ्गित भयो ,कता कता सुने झै लाग्यो त्यो अवाज तर अनुमान लाई ठम्म्याइ सोच्नु पनि त मेरो मुर्खता हुन सक्छ र फेरि अन्योलमै बोले नबुझेको नाटक गर्दै “हल्लो” उता बाट अंग्रेज़ी टोन सहित प्रश्न आयो “हे आर यु नीर?” हो मेरो नाम नीर थियो तर मलाइ चिन्ने यी अङ्ग्रेजी केटि को हो त? आफुले नचिनी आफू चिनिन पनि मन लागेन मनमा ठुलै दबाब थियो उस्लाइ चिन्नै पर्ने,मैले चिनिन नि भनेर स्वत थाहा पाउन मन नभएको त हैन तर मैले नचिन्दा कसैको मन दुख्ने पनि त हुन सक्थ्यो र अरुको मन दुखाएर आफुलाइ सहज बनाउन मन लागेन को हो त यो मान्छे? हजुर भनेको नबुझेर हेल्लो भनेपछि पो सोधेको हो कि?

 

फेरि म सङ्ग बिदेशी साथी पनि त थिएन फेरि मोबाइल कान बाट निकालेर हेरे नम्बर नेपालकै थियो र सम्झिन थाले आफ्ना साथी हरु र तुलना गर्न थाले त्यो आवाज।एउटि केटि साथी थिइ एकदम मिल्ने खुसी हुदा ठुटे अङ्ग्रेजी मिसाइहाल्थी कतै मेरो आवाज सुनेर खुसी भै र अङ्रेजी पो बोली कि? शंका लाग्यो निमेष भरमै मनमा यति खुरा खेलिहाले नबोली बस्न त भएन र भनिदिए तर आफ्नै भाषामा ‘हो म नीर बोल्दै छु।’ अब त नचिने पनि केही बोल्नु थियो उस्को थप बोली सुनेर चिन्न कै लागि अनि थपे के छ खबर? ठिक छ तिम्रो नि? मलाइ चिन्यौ? अं… अन्योलमा कुरा लतारे सायद उस्ले बुझी मलाइ चिन्न गाह्रो भएको कुरा र बोली “म अर्काकी श्रीमती ” सितल हुदा हुँदै पनि चिट्चिट पसिना आयो,म टोलाए “मिस यु टु मच राजा अति याद आयो एकछिन आँखा छलेको अहिले राखे है, फोन नगर नि यो उहाको नम्बर”यति बोली उ, हुन्छ नभने पनि त राख्ने नै थिइ अनि भनिदिए आफैले सुन्न हम्मे हुने गरि “हस” फोन काटियो म टोलाइरहे ।आफैलाइ प्रश्न “आखिर कस्को फोन थियो यो?” फेरि जे सुनेको थिए त्यै उत्तर मन बाट “अर्काकी श्रीमती ”

“मिस यु टु मच राजा अति याद आयो एकछिन आँखा छलेको अहिले राखे है,फोन नगर नि यो उहाँ को नम्बर” यो वाक्य अनि “अर्काकी श्रीमती “भन्ने शब्द दोहोरिरह्यो मनमा।एक अपरिचित अर्काकी श्रीमती ले त पक्कै यसो भन्दैनन उ मेरो नजिक को मान्छे थिइ।

३ बर्ष पछि बोली मिसियो त्यो बोली सङ्गै मलाइ आफ्नै अतीत सम्झिन मन लाग्यो…

अरुले फेसबुकमा भेट्छन,मन पराउछन नम्बर लिन्छन,माया लाउछन, मान्छे भेट्छन तर मैले नजरले मान्छे भेटे मन मनै मन पराए ,केही बोलिन चुपचाप फर्किए ।देख्दैमा मन पराउन पर्छ र? भन्नू होला तर म यसमा केही बोल्दिन सम्भव हुन्थ्यो भने तपाइलाइ नै देखाइदिन्थे अनि तपाइले आफ्नो प्रश्न फिर्ता गर्नुहुने थियो। म कक्षा १२ मा अध्ययनरत थिए थाहा थिएन बस चड्ने ठाउमा देखिएकी उ कति मा पढ्छे तर भेट हुने बलियो आधार थियो हाम्रो सर्ट को लोगो, संयोग उ पनि हाम्रै कलेज मा पढ्ने रैछे ।

उ चढेकै बसमा चढ्ने रहर थियो तर त्यै गाडिमा जादा मेरो गन्तव्य नभेटिने रैछ उ चढेपछी थाहा भयो।मनमा उस्को तस्बिर राखेर घरबेटी को घरमा पुगे र आफ्नो कोठा खोले।खाना खाए दिन कहिले बित्ला र भोलि उस्लाइ देखौला झै भाथ्यो छट्पटी मै दिन सकियो रात पर्यो काम नगरे पनि खानै पर्ने बिहान खाएर बस्दा बस्दै बेलुकी पनि केही खान पेटको अनुरोध आयो मैले मानिहाले खाए र पल्टिए बिस्तारामा, आखामा उस्को तस्बिर मात्र घुमिरहेको थियो उ भित्र हराउन खोज्दै थिए निद्रादेवि ले काखी च्याप्नु भो म निदाए।

सधै कलेज जानू भन्दा बीस मिनेट पहिला निस्किए उस्लाइ जसै भेट्ने धोको ले,जहाँ बाट बस चढेकी हो त्यै झर्छे उ र गफ गर्दै सङ्गै जाने क्याम्पस सम्म भनेर म अनिश्चित पर्खाइमा त्यै बस स्ट्याण्ड मा कुरिरहे…… बिहानको समय जता हेरे पनि विद्यार्थी मात्र देखिन्थे यस्तो लाग्थ्यो काठमाडौ मा धेरै त विद्यार्थी नै छन हो यहि भिडमा म मेरो मनमा सजिएको मान्छे लाई खोज्दै थिए कति आए कति गए समय ले पनि पर्खिएन आफ्नै गति मा दौडिरह्यो कक्षा सुरु हुने बिहान ६:०० बजे तर घडीमा ६:३० भयो न उनिलाइ देखे न आफू समयमा पुगे तर फिटिक्कै पछुतो भने भएन र मन नलाइ नलाइ क्याम्पस गए ढिला भएको सजाए भोगे एकछिन गेट बाहिरै बसेर बाकी लेक्चर त भित्र गएर सुन्नु नै थियो।अर्को पिरियडमा भित्रीए म तर मन केही असन्तुष्ट छ झै भान भैरहेको थियो सरले पढाउनु भो सेतो बोर्डमा मैले पढिरहे कल्पनामा देखिएको उस्को अनुहारमा म प्रती उब्जिएको सकारात्मक सोच हरुलाइ।ब्रेक टाइम भयो उस्लाइ देख्ने आसले हत्पत बाहिर आए सबै तिर देखिने ठाउमा अडिएर मेरो एकजोडी आँखा डुलाइरहे जताततै उस्लाइ नै खोज्दै तर उहुम देख्न सकिन।

मन गह्रौं भयो फर्किए घर हिजो देखेको ठाउमा फेरि कुरे एकछिन कतै देखिन्छेकी भन्ने झिनो आस लाई पालेर तर देखिन उस्लाइ र लागे सुनसान कोठा तर्फ।फेरि उस्तै हिजो को जस्तै दैनिकी रह्यो भोलिपल्ट पनि चाडै नै गए उस्लाइ देखेको ठाउ आसा धेरै थियो आज त देख्छु भन्ने र आत्मबिश्वास पनि ५:४० मा पुगे म अनि फेरि डुलाउन थाले यी केही खोजिरहेका नयनलाइ त्यो हुल भित्र ।बेला बेला घडीमा पनि जादैछ नजर किनकी हिजोको सजाए अनि गुरुको तीखो वचन सबै सम्झिरहेको थिए बाध्यता बस।समय ५:५५ कलेज जान ५ मिनेट लाग्थ्यो त्यहा बाट मन नलागी नलागी जान लागे तत्काल गाडिको ब्रेक मज्जाले करायो म फर्किए गाडी रोकिएको थियो मान्छे हरु अवतरण गर्दै थिए म सङ्ग पनि झिनो आस त बाकी नै थियो मनको मान्छेलाइ देख्ने तै पनि पाइला हरु कछुवा को गतिमा चाल्दै थिए एकहुल केटिहरु बिछट्टै हल्ला गर्दै आए हाम्रै कलेजको ड्रेसमा सजिएर ,मन दङ्ग भयो मैले देखे उसलाइ, एउटा मात्र कानमा एअरफोन घुसारेकी सायद मोबाइल मौन थियो किनकी उनी त्यहाको हल्ला मा नै ब्यस्त थिइन,आखामा कालो गाजल,मिलाइएको आखी भौं , पछाडी पट्टि कालो लेदर ब्याग भिरेकी,लामो कपाल काटा ले च्यापेकी मेरो मनको मान्छे त्यो हुलको बिचमा आफ्नै ताल मा थिइन।

बोलाएर सङ्गै हात समातेर हिड्न त कति मन थियो तर न नाम थाहा थियो न थर न त कति मा पढ्छे नै अनि कसरी बोलाउनु,अनि फेरि अपरिचित लाई त्यसरी सिधै बोलाउने हिम्मत पनि त थिएन म मा… आफू भन्दा अघि लाग्न दिए त्यो हुल लाई र आफू पछी बसेर नियाल्दै गरे मेरो २ दिन देखिको चाहना लाई कलेजको गेट सम्म, आफू पछी बसेर नियाल्दै गरे मेरो २ दिन देखिको चाहना लाई कलेजको गेट सम्म ।त्यो हुल एकैपटक भित्र छिरे मैले नजानिदो पछ्याइरहे,कता जालिन उनी? मनमा कौतुहलता थियो जादा जाँदै आफ्नो कक्षा आइसक्यो उनी छिरिनन अब झनै उता जाउ त साथी हरु को डर थियो पागल भन्थे होला मलाइ कक्षा पनि नचिन्ने भनेर नजाउ त उस्को कक्षा कसरी थाहा पाउने?अन्योलमा परे आफ्नो कक्षा अगाडी शरीर राखेर मन अनि दिमाग लाई उस्कै पिछा गर्न लगाए उता पर पुगेर उ छिरी एउटा कोठामा… अब मैले उस्को कोठा चिने तर कति नम्बर कोठा अनि कति कक्षा पढाइ हुन्छ त्यो भने थाहा पाइन।हुन त उ सङ्ग भलै केही नै नहोला तर मलाइ उस्को निगरानी राख्न मन पर्यो र राखिरहे।सर आइहाल्नु भयो सङ्गै भित्र छिरियो मनमा कौतुहलता अलिकती पनि कम भएको थिएन तर आफ्नै आखाले देखेको छु कोठा जसरी नि पत्ता लगाउछु भन्ने हिम्मत पनि थियो भित्री मनमा ।

कति खेर सर निस्कनुहोला झै भैराथ्यो सर निस्कना साथ एक्लै दौडेर उनी छिरेको कोठा नजिक पुगे अरु केही आट आएन बस कोठा नम्बर हेरे फर्किए कोठा नम्बर “५७” थियो।अब कसरी त पत्ता लगाउने? भेटिन्छ फेरि पक्कै कसरी कुरा सुरु गर्ने? उ सग कसरी नजिक हुने?, उस्ले मलाइ तिरस्कार पनि त गर्न सक्छे के गर्ने?यस्ता प्रश्न हरु मनमा गन्जगोल भएर बसेका थिए सरासर गार्ड भएको ठाउँ पुगे उ सग राम्रै चिनजान थियो हाइ हेल्लो पश्चात् सोधे दाइ ५७ नम्बरमा कति कक्षा को कुन बिषय पढाइ हुन्छ?मलाइ जान्नु छ दाइ बोल्नु भो कक्षा १२ शिक्षा संकाय किन र भाइ तिमी हरुकै ब्याच हो चिनेनौ र? बुडाको प्रश्न आयो ए हस दाइ धन्यवाद पछि गफ गर्छु भनेर चिप्लिहाले।मन दङ्ग भयो एउटै तह रहेछ हाम्रो म ब्यबस्थापन पढ्थे बिषय मात्र फरक रैछ… आफैलाइ पछुतो भयो २ बर्ष बित्नै लाग्दा सम्म किन ख्याल गरिन उसलाइ भनेर…तर अब पछुतोको समय रहेन फेरि उस्लाइ कसरी भेट्ने भन्ने मनोयोजना हरु बनाउन थाले।क्लास सकिएपछी निस्केर गेटमै कुरिरहे उ निस्की तर बिहानकै तालमा साथी हरुको हुलको बिचमा रहेर। यति राम्री भएकै कारण सबैले सुरक्षा दिदै लिएर पो हिडेको हो कि? यो त मेरो मनको कुरा मात्र थियो वास्तविकता त्यो हैन नै म ढुक्क थिए।कसरी हुन्छ सुरुवात अब अह निर्णय दिन सकेन मनले।बिहान कै पारा दोहोर्याए, पछ्याए फेरि बस स्ट्याण्ड सम्म तर गफ गर्ने आस रहेन साथी हरु सङ्ग छे पक्कै सङ्गै बस चड्छे र म निराश हुँदै घर जान्छु एकछिनपछी को अवस्था तुरुन्तै सोचे।पाइला हरु ले सुन्दरी लाई पछ्याइरहेको छ,मनमा एककिसिमको ज्वरभाटा चलिरहेको छ।मन परेको फल रुखमा देखिरहेको छु रुख चढ्ने हिम्मत पुगेको छैन कसैलाइ टिप्देउ न खाउ भनौ भने टिप्ने ले नै खाने निश्चित छ त्यति मीठो फल कस्ले पो छोड्ला र ?तिब्र चाहना र अति नै कमजोरको हिम्मतको बिचमा रुमल्लिरहन बाध्य भए म।हुदा हुँदै बस स्ट्याण्ड आयो मैले केही परै बसेर नियालिरहे उस्लाइ उ नजाउन्जेल परै बाट हेर्ने सोच बनाएको थिए हेरिरहे एकटकले… तुरुन्तै २/३ जना उस्को ग्रुप बाट छुट्टिए खै आउदा त सङ्गै आएका थिए के काम ले कता जान लागे था भएन अब मेरो मनको मान्छे एक्लै देखे बस को पर्खाइमा।
मौका यहि हो अब जसै कुरा सुरु गर्नु पर्छ सोचेर हतार हतार उनी भएको ठाउँ तिर लम्किए।पाइला हरु भन्दा तिब्र गतिमा दौडिरहेको धड्कन रोकिने वाला थिएन।मनमा साहस भरे मेरो कुरा गराइ ले उस्लाइ नजिक बनाउनु छ भन्ने सोचलाइ पुर्णता दिन म निडर बनेर गए……नजिकै पुगे एकछिन फेरि रोकिए अन्योलता अनि डर को बाबजुद।हैन केटा मान्छे पो त डराउनु हुन्न भनेर बोलाइ हाले “एक्स्क्युज मि” मेरो बोली भुइमा खस्नु र उस्ले गाडी रोक्नु एकैपटक भयो हाम्रो अगाडी उसैको अनुरोधमा गाडी रोकियो।नसुनेकी हैन सुनेकी थि उस्ले तर म उस्को नजरमा अपरिचित थिए,मैले पो उस्लाइ पछ्याइरहेको थिए त हिजो देखि तर उस्ले मलाई कसरी चिन्नु?त्या माथी त्यति राम्री थिइ उ पक्कै केही घमण्ड पनि त हुनसक्थ्यो।बोल्दिन जस्तो पनि गरिनन र बसको ढोकामा उभिएर मुसुक्क हासिन……आज बोल्न भ्याइएन पछि गफ गरौला है भने जस्तो लाग्यो उस्को त्यो मुस्कान ले।मैले मन पराएको मान्छे मलाइ हेरेर मुस्कुराइदियो खुसी हुन अरु के बाहना चाहियो र म त्यसै त्यसै मख्ख भए नजरमा अटुन्जेल त्यो गाडिलाइ नजरमै राखे केही बेरमा नजरबाट जबर्जस्ति बाहिरिह्यो र म उसको मुस्कान मन मा राखेर आफू पनि नजानिदो मुस्कुराउदै लागे कोठा तर्फ……अघि सम्म उस्को रुप सम्झन्थे उस्को हेराइ ,हिडाइ सम्झन्थे तर अब म मात्र उस्को मुस्कानमा लिप्त भएको छु ,उस्लाई भन्दा पहिला त्यो गहिरो मुस्कान लाई देख्छ मनले अनि उ जस्तै मुस्कुराउछु म एक्लै। कसैले कैले काहीँ दिने पागल उपनाम त्यतिखेर सार्थक हुन्थ्यो मलाइ किनकी म एक्लै मुस्कुराएको थिए कारण त के थाहा बाहिरी दुनियाँलाई,अनि बिना कारण हास्ने मान्छे लाई पागल भन्दैनन त? आफैलाइ प्रश्न।हो पागल भन्छन र त पागल नै हो मनले मलाइ यस्तै भन्यो र मलाइ फेरि फेरि पागल भैरहन मन पर्यो र त्यो दिन-रात पनि पागल नै भैरहे ननिदाउन्जेल।निद्रामा त पागल हैन राजा भएको थिए मेरि मनकी राजकुमारी को त्यस्तो मीठो सपना देख्न भ्याए।बिहान उठ्ने दैनिकी नै थियो उठ्ना साथ सम्झिए सपना…मेरो सपना प्राय सुल्टो हुन्छ या उल्टो लौ यकिन नै थिएन मलाइ र भगवान सम्झिए र भने सपना सुल्टो भैदियोस कामना ।

कलेज जानू छ, मनको मान्छे भेट्नु छ, उसको मन पढ्नु छ,उसलाइ मायाको आभास दिलाउनु छ हो धेरै काम थिए म सङ्ग।अरु दिन यानकी उस्लाइ देख्नु भन्दा पहिले त्यस्तो उत्साह हुन्नथ्यो कलेज जान कै लागि तर अब त शनिबार पनि जाउ जाउ लाग्थ्यो तर उ पनि आउदिन थिइ र मात्रै।मलाइ थाहा छ मान्छेले ठूलो आशा राख्नु हुन्न कसै बाट र मैले पनि त्यो दिन कमसेकम उसको आवाज सुन्ने,र हामी बिच परिचय होला भन्ने आशा बोकेर नियमित जसो कलेज गए।बाटो मै भेट्ने एउटा आशा तुहियो कमसेकम त्यति खेर सायद म उन्लाइ सोच्दैमा अबेर गरेछु जान लाई,सरासर कलेज छिरे जान त उसकै कक्षा अगाडी जाने मन थ्यो तर नमिल्ने,त्यसैले भौतिक शरीर लाई आफ्नो कक्षामा राखेर सोचिरहे उसलाइ आज भेट होला कि नहोला भनेर।आँखा झिम्किन मानिरहेका थिएनन् मैले पनि त कहर गरिन तैपनी आँखा ले केही देखिरहेको थिएन ,त्यो हल्ला त्यो रमाइलो अनि त्यो सरको भाषण केही सुनिन मैले आखै अगाडी हुदा समेत केही देखिन , महसुस गरेन मनले। हंस एकातिर पठाएर बसेको एक बोझिलो शरीर जुन मेरो जिन्दगी सङ्ग जोडिएको कक्षाकोठामा छ,अनि मन शरीर छाडेर, जिन्दगी को पाठ पढ्न छाडेर एक प्रेमिल कल्पना मै ब्यस्त।लगातार अनि छिटोछिटो घन्टी बज्यो ।टिफिन समय।,म हतारिएर बाहिर निस्किए कहाँ देख्न सहज हुन्छ उनलाइ सोच्दा सोच्दै उसकै कोठा अगाडी पुगिसकेछु ,पक्कै निस्कन्छे यो समय अनि बोलाउछु जसै सोचेर त्यतै आलमल गरेर खुब ध्यान दिदै बसिरहे।साथी साथी हल्ला गर्दै निस्किए कति,कति केटा केटि मस्किदै निस्किए कति केटि का झुन्ड हरु बिछट्टै हल्ला गर्दै निस्किए तर उसलाइ देख्न सकिन ।के भयो किन निस्किनन उनी कौतुहलता बढ्यो र नजर कोठा भित्र छिर्यो अफसोच उनी त्यहा थिइनन् ।देख्नै नपाउदा झन निराश भएँ, एउटा आशा थियो आवाज सुन्ने ,परिचय गर्ने त्यही आशा पूरा नहुदा त यत्रो निराश भएँ म झन ठुलै आश राखेको थिए भने त ओहो घाइते नै हुने रहेछु ।कता कता खल्लो लाग्यो ।अस्ति देख्दा खुसी,फेरि बोल्न नसक्दा दुखी हिजो फेरि मन्द मुस्कान देखेर खुसी अनि आज फेरि मान्छे नै नदेखेर दुखी।हो साच्चै सुख र दुख को दोभान रहेछ जिन्दगी ।तर पनि भोलि का काल्पनिक खुसी लाई सम्झिएर तत्कालीन दुख सबै भुलिदिए मैले त्यो एउटा हासिखुसी रहने गतिलो सुत्र पनि थियो जिवनमा,तर त्यस्तो सुत्र ले जिन्दगीको सबै हिसाब सधै मिल्दैन नै यदि मिल्थ्यो भने त दुखी हुने मान्छे भेट्न धेरै नै मिहेनत गर्नु पर्ने निश्चित थियो।

खुलदुली बढ्यो मनमा,कलेज नै आइनन आज कि मेरो नजरमा मात्र ओझेल परिन? कतै पहिल्यै निस्केकी त हैन? फेरि म घण्टी बजे लगतै आएको छु,जति सोचे पनि त्यहा उसलाइ देख्न नपाउने निश्चित भएपछि लागे प्राङ्गण तर्फ फेरि खोजे कतै देखिहाल्छु कि भनेर।धेरै प्रयास गर्दा पनि नदेखे पछि गाली गरे आफैलाइ साला हुदो न खादो अर्काकी छोरी को पिछा गर्छस त तँ दुखी नभए को हुन्छ त?खुच्चिम।मनको गाली लाई सहर्ष स्विकार गर्दै चमेना गृह तर्फ लागे।
दाइ,सुनेनन क्यारे फेरि बोलाए दाइ कै परिमार्जित अर्को नाम ले “दाजु” …पुलुक्क हेरेर मुस्कुराउदै बोल्नु भो क्यान्टिनका दाइ र भने खाजा खाउ न अन्डा चना।
टेबलमा खाजा आइपुग्यो भोक पनि थियो हल्का आनन्द ले खाए र फेरि दाइ भए तिर पुगे,दाइ कति भयो? मैले भुक्तानी गर्नु पर्ने रकम दाइले जानकारी दिए पछि खल्तीमा हात हाले टाउको नजानिदो बङ्याएर।मेरै साइडमा एक सुन्दरी पनि पैसा तिर्न नै खोज्दै थिइ पहिला उस्को पालो आयो सायद दाजु ले पनि लेडिज फर्स्ट भन्ने रुल लगाउनु भयो होला उसले तिरी अब मेरो पालो मैले पनि तिरे र बिना उत्साह कक्षा कोठामा जान खोज्दै थिए फर्कदा उनलाइ क्यान्टिन मै देखे जसलाइ कत्ती खोज्दा भेटेको थिइन कोठा मै गएर खोज्दा सम्म देखेको थिइन मैले।अब त जसै बोल्नु छ र निस्कने बाटो कुरेर बसे,उसले पनि पैसा तिर्न नै खोज्दै थिइ मलाइ मन थियो खै म दिन्छु तिम्रो पालो पछि भन्ने तर परिचय नभएको मान्छे लाई त्यसो भन्न न मेरो हिम्मत थियो न त नैतिकता ले नै दिन्थ्यो बस कुरिरहे केही पर गएर।
मोनालिसा आकार कि उनी मयुरको तालमा आइन मन दङ्ग भयो खुसी थिए धेरै तर मनमा छट्पटी पनि भयो तैपनि हिम्मत निकालेर बोले हिजो बस स्ट्यान्ड कै शब्द “एक्स्क्युज मि” …”एस प्लिज” लौ सुरुवात भयो वार्ता।मेरो केही दिन देखिको उसको आवाज सुन्ने चहना पूरा भयो त्यो मधुर बोली बाट,र फेरि अर्को चाहना थपियो त्यो बोली सधै भरी सुनिरहन पाउ भन्ने त्यो बोली त्यो रुप त्यो शालिनता भित्र आफ्नो जिवनको परिभाषा खोज्न मन लाग्यो,अब गफ त गर्नै पर्यो,सम्बोधन के गरौ तपाईं या तिमी?मनमा एककिसिमको विवाद आयो र अन्तिम मा निचोड तिमी नै निस्कियो र बोले डराएको अनुहार लाई केही हसिलो बनाउने प्रयास सहित,”हिजो बोल्न खोज्दै थिए गाडी ले डिस्टर्ब गर्यो” उसले पनि सम्झिछ हिजोको घटना र भनी “उम मैले पनि बस चढेपछी सुने कसैले बोलाउदा बोल्न पाइन इन्कार गरे जस्तो महसुस भैराथ्यो अनि तपाइलाइ त्यो नहोस भनेर मुस्कान दिएको थिए नि चाल पाउनु भो?” लौ उस्को त्यै मुस्कान लाई सम्झेर दिनरात कटाउने मलाइ चाल पाउनु भो पो भन्छे ,उम भनेर टारिदिए।

अब के बोल्नु ?परिचय त गर्नु नै थियो र अति नै हिम्मत जुटाएर बोले आफ्नो हात उ भए तिर बढाउदै ” बाइ दि वे म नीर अनि तिमी?”आजकाल का केटि त हो के लजाउथे र उ पनि बोली मुसुक्क हास्दै,”वाउ नाइस नेम,आइ एम नेहा”मेरो प्रसंशा सङ्गै आफ्नो परिचय दिन भ्याइ उसले।कुरा त जसै लम्ब्याउनु थियो कहाँ बस्छौ?”बनस्थली” छोटो उत्तर आयो अनि हजुर नि? म त नजिकै हो मात्र भने।तिमी लाई भेटेर खुसी लाग्यो, मैले तिम्लाइ बिगत केही दिन देखि भेट्न खोजेको थिए र यसरी नै गफ गर्न चाहेको थिएँ त्यो चाहना आज पूरा भयो नेहा म निकै खुसी छु भन्न मन लागिराथ्यो तर अचानक कक्षा सुरु हुने घण्टी बज्यो र केही नभनी हामी हतार हतार सहमतिमा छुट्टियौ त्यतिखेर।हतारिदै परै पुगिसकेकी थिइ मैले बोलाए फेरि नेहा…उ पछाडी फर्की मैले आफ्नो गह्र’गो हात उठाएर हल्लाए बाइ भन्न कै खातिर,उ पनि मन्द मुस्कुराउदै बाइ भनी र गै फेरि उस्तै हतारिदै।म पनि कक्षा मा गए मन त पढाइ मा कहाँ थियो र,आज बोली मिसाए भोलि मन मिसाउछु र पछि जीवन मिसाउछु ती सुन्दरी नेहा सङ्ग भन्ने एक मीठो सोच पलायो मनमा तर कसरी?बोली मिसाउन त यति कठिन छ फेरि मन? अनि झन जीवन? कता कता डर लाग्यो।कलेज छुट्टी भयो आजको लागि निस्कियो कलेज बाट।थाहा थियो उ पक्कै साथी सङ्गै जान्छे गफिन पाइदैन भन्ने तैपनी उस्कै पछि पछि जान्छु भन्ने सोचले पर्खिए उसलाइ।हर मन परेको कुरा लाई उपभोग नै गर्नु पर्छ भन्ने पनि त हैन हेरेर पनि त सन्तुष्टि लिन सकिन्छ नि हो म पनि उस्लाइ हेरेरै सन्तुष्टि लिन खोज्दै थिए बाटो मा उ निस्की तर साथी हरु बिना नै मत्लब एक्लै थिइ उ।पहिला नै सुरुवात भैसकेको थियो गफ अब त सहज थियो बोलाउन,बोलाइहाले नेहा…उसको ध्यानाकर्षण गराए र हामी सङ्गै गैयो बस स्ट्यान्ड सम्म।बिहान सम्म अपरिचित हामी अहिले परिचित साथी भैसकेका थियौ मलाइ उ सग नजिक हुन मन लागिरह्यो के छ त माध्यम? फेसबुक।अँ अहिले सर्बाधिक प्रयोगमा रहेको सन्जाल त्यता जोडिने निर्णय गर्यौ हामिले तर उ बोली मेसेज धेरै नगर्नु है दादाले पनि चलाउनुहुन्छ……मलाइ खल्लो लाग्यो के के नै गफ गर्छु भेट्दा भन्न नसकेका कुरा हरु मेसेजमा भन्छु आहा सोच्दै थिए मेसेज नगर्नु रे अनि नम्बर नमागी बस्न सकिन र मागिहाले उस्ले भनी बरु तपाइको नम्बर दिनुस न मेरो मोबाइल पनि मै सङ भैरहदैन ।

उफ कस्ती केटि रैछे।यो सब तिम्रो नाटक हो दिन्न नम्बर भन्थे होला सायदै उसले कुरा गर्न खोजेको भए तर यहाँ त म नजिक हुन खोजेको थिए उ सङ्ग त्यो अवसर किन गुमाउथे?नम्बर सेभ गरि उस्ले नीर नाममा र भनी म पछि फोन गर्छु हजुरलाइ।अब उसलाइ घमण्डी केटि भनौ कि बाध्यतामा च्यापिएकी केटि भनौ?फेसबुकमा धेरै मेसेज नगर्नु रे फोन तपाईं नगर्नु म आफै गर्छु रे के यो सब भनेर मेरो आखामा छारो हाल्न त खोजिनन? शंका लाग्यो,शंका लागेर नि के गर्नु अरु त्यस्तो सहज उपाए पनि त थिएन।हस भनेर उसलाइ गाडी चढाएँ,चढाएँ पनि के भनौ उ चढी र म लागे लुरुलुरु कोठा तर्फ।कोठा पुगे खाना को जोहो गरे एक्लै भए पनि खानै पर्ने अल्छी लाई भोकले जितेपछि ।धन्न को रहेछ यो पेट,केबल आफ्नो स्वार्थको लागि मानिस हरुलाइ अनेकौं काममा लादिरहेको छ। जुठो धन्दा पनि सकेर बिस्तारामा पल्टिदै थिए नेहा लाई सम्झदै,बुवाको फोन आयो।के छ बाबू के गर्दैछस?उम बुबा ठिक छु खाना खाएर बसिरहेको छु किताब हेरेर बिचरा बुवा लाई कुनै सुन्दरिको यादमा छु भन्न पनि त भएन अनि सज्जन बन्न लाई ढाटिदिए।मान्छे हरु जब प्रेममा पर्छन अनि धेरै झुट बोल्छन भन्थे म त प्रेमको सुरुवात नै नभै ढाट्न थालिसकेछु बदमास!आफैलाइ गाली गरे, कहाँ हुनुहुन्छ नि बुबा? सोधिहाले,”मध्ये असार छ का हुनु र खेतमा छु खन्नु पर्ने, भोलि लाई खेताला खोजेको छु उता कुलो पनि बिग्रीरहन्छ एक्लो ज्यान कता कता भ्याउनु अनि के छ पढाइ कस्तो चल्दै छ फुर्सद त छैन होला है भन्दै गुनासो पोख्नु भयो बुवा ले पढाइ धमाधम चल्दै छ भनौ भने बिचरा बुबा ले नआइजो भन्नू हुन्थ्यो तर मलाइ बुवाको त्यो अवस्था हुदा नगइ बस्न मन लागेन र भने पढाइ अलिक सुस्त छ २/४ दिन बिदा पनि छ म आउछु नि त उसो भए,पढाइ छुटाएर त नआइजो है पढ्नु पर्छ त ठूलो मान्छे बन्नु पर्छ अनि यो दुख हराउथ्यो कि हाम्रो भनेर कत्ती आशावादी कुरा गर्दै हुनुहुन्थ्यो बिचरा बुबा।हैन हैन बर्खे बिदा हुन्छ यहाँ नि म आउछु आजै भने। बिचरा बुवा लाई सास्ती थियो पढाइ धेरै छैन म आउछु भनेपछि मख्खै पर्नु भयो र म फोन टुङ्याएर तैयारी मा जुटे ।

गाउँ मा जस्तो बर्खे बिदा नहुने यो शहरमा ,हुन त चामल कहाँ हुन्छ? भन्दा बोरामा भन्ने अनि दूध के ले दिन्छ? भन्दा पसलको दिदी ले भन्ने ठाउमा के को खेती हुनु र बिदा चाहिनु?,पढाइ त हुँदै थियो पढ्न भन्दा पनि बुवा ममि लाई केही दिन सघाउ भन्ने मनसाय भयो म गैहाले मध्य दिउँसो हिडेको झमक्कै साझ पर्दा पुगे। असारको महिना सिमसिमे पानी अनि खोल्छा खाल्छिमा ट्वार ट्वार गर्ने भ्यागुता र झ्याउ झ्याउ कराइरहने झ्याउकिरी ले वास्तविक गाउले जीवन दर्साइरहन्थ्यो मन आनन्दित थियो गाउँ पुग्दा।सबै थकान ले लम्पतार बुवा ममि पनि थाकेर आउनु भएको थियो खेतको काम ले भर्खर आइपुग्नु भएको रहेछ सबै मिलेर खानपिन बनाउने देखि लिएर खाने काम सम्म सकियो, बुवाममी को थकित शरिर अलिअली गफ गर्न खोज्दा नै निद्रा ले उङ्न थाल्नु भयो र सुतियो भोलिको योजना सहित।भोलिपल्ट बिहान ५ बजे नै उठेर सामान्य नास्ता गरि कोदाली काधमा हालेर खेत झरे म ,बुवा लाई कुलो तिर पानी हेर्न पठाएर।गाउँ जादा शहरकी नेहा को पनि याद आइरहेको थियो फोन गरौ त नम्बर थिएन फोन आउँछ भन्ने धेरै आस पनि थिएन तर आसै नभएको पनि हैन अनि त्यो झिनो आसा सङ्गै मोबाइल बोकेर त्यो झरी अनि खेतको काममा गएर आफुलाइ लाहुरे बन्न मन लागेन र मोबाइल घरमै थन्क्याएर गएको थिएँ । खेतमा गएर अनेक तह बह मिलाउदै थिए खेताला हरु पनि जम्मा भए हामी ८/१० जना भयौ बुवा पनि आउनु भयो एकछिनमा तपाईं पानी को तहबह मिलाउनुस भनेर सजिलो काम मा खटाइदिए मैले कमसेकम त्यो दिन अरु दिन त सबै जसो काम जो गर्नु नै परेको थियो।सबै मिलेर खेत खनी सकाइयो अन्तिममा खेत को सिरान मा आएर हेर्दा आफैलाइ गर्व लाग्यो आहा यत्रो काम सकायौ हामीले,हुन त अहिले पो छिटो भयो त तर यसको पर्म तिर्न बिचरा बुवा लाई १० दिन लाग्थ्यो जे होस खनेर सकियो अब भोलि रोपाइ गर्ने भनेर सबै तारतम्य मिलाइयो दिउँसो बीउ काड्न मा ब्यस्त।सबै काम सकाएर बेलुका घर गएँ मोबाइल को न्यास्रो लाग्यो यो अर्थमा कि कतै नेहा ले फोन पो गरिन कि भनेर।मोबाइल हेर्दा स्विच अफ गाउँ मा बत्ती थिएन चार्ज सकिएछ लौ ढुक्कै भो।यति ब्यस्त समय थियो कि साच्चै भन्ने हो भने अरु केही फुर्सदै नहुने बस कामै काम भनिन्छ मानो रोपेर मुरि भित्र्याउन पर्छ अनि मानो रोप्ने बेलामा त अवस्य ब्यस्त हुनै पर्यो।
भोलिपल्ट रोपाइ पहाडको ठाउँ त्यै त हो हिजो खनेको ठाउँ मा २/३ वटा पहिरो लडेछ बाउ छोरा त्यतै ब्यस्त ब्यानमा।हतार हतार खाना खाएर आइयो, हल गोरु लाठे ,रोपार सबै को उपस्थिती बाक्लै रह्यो रमाइलो पनि भयो आखिर भाइचारा त गाउँ मा पाइन्छ शहरमा त कुम ठोकिन्छ छिमेकी सङ्ग उल्टो आँखा तरेर हिड्छन।रमाइलो तवरले रोपाइ सफल भयो,आफ्नो खेत रोपियो अब सबैको पर्म त तिर्नु नै थियो।बुबालाइ पढाइ छैन भने पनि मेरो २ दिनको पढाइ छुटिसकेको थियो,पढाइ लाई थोरै अनि नया साथी नेहा लाई धेरै सम्झिरहेको थिए भोलिपल्ट नै फर्कने योजना बनाए।ल रोपाइ भैहाल्यो पर्म बिस्तारै तिर्दै गर्नु धेरै धपेडी नगर्नु भने तर जुन कुरा असम्भव प्राय थियो त्यो समय मा अनि त्यो वातावरणमा।जान्छु भने रोक्ने कुरै भएन भोलिपल्ट बिहानै नुहाएर फ्रेस भए र खाना खाएर म लागे फेरि भबिस्य सुखी बनाउन भनी एक भकारी आशा र प्रयास थुपारिएको शहर तर्फ।
कोठा पुगे ब्याग बिसाउन भन्दा पनि पहिला मोबाइल चार्जमा हाले र ड्रेस चेन्ज गरेर फ्रेस भए।अन हुना साथ घरमा फोन गरे पुगे भन्न लाई,नेपालको लोडसेडिङ उफ बत्ती झ्याप्पै गयो मोबाइल बल्ल तल्ल खुलेको मात्र छ फेरि कति खेर अफ हुन्छ,तुरुन्तै मेसेज टोन बज्यो खोलेर मेसेज पढ्न नभ्याउदै मोबाइल अफ भैदियो ।

अभागी खप्पर,रिसाउने कारण त थिएन तर आफै देखि रिस उठ्यो,देशको उच्चस्तरीय निकाय देखि रिस उठ्यो,आफुलाइ जनप्रतिनिधि भन्न रुचाउने लाचार नेता देखि रिस उठ्यो तर मेरो रिस ले के नै हुन्छ र म त एक प्रतिनिधि पात्र मात्र हु यहाँ हजारौ लाखौ ‘म’ हरु रिसाएका त छन तर गर्ने ले केही गर्दैनन समस्या जिउ को तिउ।जनता को रगत र पसिना लाई सराबको बोतल बाट खन्याउदै गिलास ठोकाएर हल्ला गर्ने लाई के थाहा त्यो पसिनाको मुल्य । खानपिनको सुर गरे मैनबत्ती बालेर,खाना पाक्यो खाए भाडा पनि माझे त्यै मधुर प्रकाश को सहायताले तर सुत्ने बेला भैसक्यो बति आउदैन उफ आफुलाइ एउटा अनरिड मेसेजले छट्पटी पारेको छ उता मोबाइल खुल्दैन के छ त उपाय?बत्ती नहुदा नहुदै मोबाइल चार्जमा राखेर पल्टिए थकित शरीर लिएर।सायद मनमा केही नहुदो हो त २ दिनको थकाइ पछि मीठो निद्रा आउने निश्चित थियो तर नपढिएको त्यो मेसेजले मलाइ छट्पटी बनाइरह्यो।
रातको ११ बजे बत्ती आयो बत्ती त सबै मारेर सुतेको थिए म तर रातो इन्डिकेटर लाइट ले थाहा दियो।कोठा अँध्यारो भए पनि मन उज्यालो भयो त्यो अबेर आएको बत्तिले, चार्ज हुदा हुँदै हतार हतार अन गरे मोबाइल र खोले मेसेज लेखिएको थियो,”कहाँ हुनुहुन्छ कलेज आउनु भएन कि कसो देखिन नि?फोन पनि लाग्दैन किन हो?म तपाइको नया साथी नेहा।”उफ नेहा को मेसेज रहेछ म घर गएको भोलिपल्ट बिहानको मेसेज रैछ मिति हेर्दा ।पश्चताप भयो मेसेज को उत्तर दिन नसक्दा अब अहिले दिउ पनि मध्य राती छ नदिउ त मनमा छट्पटी ।नेहा कै रैछ उस्ले मेरो खोजी गरिछ भन्ने सोच्दै तुरुन्तै उसलाइ मेसेज पठाउने चाहना मार्दै सुते म अब भने निदाउन केही हद सम्म सजिलो भयो अझ भनौ सपना मा नेहा लाई आफ्नो बनाइ रमाउन मन लाग्यो र गैहाले म स्वप्निल संसारमा ।
भोलिपल्ट कलेज गए नेहा रिसाएकी छे पक्कै के भन्नू भेटेर गफ गर्न पाए त सबै वास्तविकता छर्लङ्ग पार्दिन्थे सोचे,उसलाइ खोजे ,कलेजमा देख्न सकिन,अब त चिन्ता लिनु पर्ने थिएन म सङ्ग उस्को नम्बर आइसकेको थियो फोन गरिहाले,”हल्लो” नारी आवाज आयो कहाँ छौ नेहा? सोधिहाले, उता बाट प्रश्न आयो”को बोल्नु भयो र हजुर” लौ के नेहा ले मलाइ साच्चै चिनिनन त?मेरो आखै अगाडी नीर नाम मा सेभ गरेको नम्बर जसबाट मैले फोन गरेको थिए।मेसेजको ढिलासुस्ती कै कारण आज यो प्रश्न पाए मैले नेहा बाट मलाइ पश्चताप भयो किन गएछु घर किन मोबाइल को ख्याल गरिनछु यस्तै यस्तै।के भन्नू अब नचिने पछि,त्यै पनि सोधे नेहा हैन र?उता बाट आवाज आयो म नेहा को बहिनी निशा हजुर को बोल्नु भयो र? लौ डर भन्ने कि खिन्नता मलाइ कस्तो कस्तो भयो तर उत्तर त जसै दिनु नै थियो र भने म नीर कलेजको साथी ,नेहा खै त? दिदी आज सन्चो भएन भनेर कलेज जानू भएन।सन्चो नेहा लाई भएन चिन्ता मलाइ पर्यो, के भयो र? सोधिहाले खासै त्यस्तो केही हैन सामान्य हो भोलि भन्नुहोला नि दिदी ले कलेजमा भनिन हस उस्को ख्याल राख्नु भने उता बाट कुनै प्रतिक्रिया आउन नभ्याउदै मैले फोन काटिदिए।मेरो मोबाइल पनि प्राय म सङ्ग हुदैन भन्थी नम्बर माग्दा हो रहेछ।

न बाक्लो भेटघाट ,न बाक्लो फोन संवाद न त गहिरो आत्मियता बस एकदिन परिचय गरेको मान्छे बिरामी छ रे भन्ने खबर सुन्दा म नै बिरामी हुन्छु जस्तो भयो मनमा छट्पटी अति नै थियो के भयो नेहा लाई कहिले ठिक हुन्छ?,छिट्टै ठिक भैदियोस यस्तै सोचिरहे।दिन त्यसै त्यसै खुसी हुन नभ्याउदै बित्यो भोलिपल्ट बिहानै फोन गरि नेहा ले “हिजो फोन गर्नु भएछ म कलेज गएकी थिइन पछि बहिनिले भन्दै थिइ कलेज जाने बेला भएन हजुरको?” प्रश्न गरिन उम भयो आउ न त त्यहा बाट सङ्गै जाउला भनेर मैले नै प्रस्ताव राखे उस्ले स्विकारी हाली।सङ्गै गैयो सन्चो नभएको हैन खासै कलेज जान अल्छी लागेर सन्चो नभएको बहाना बनाएको भनी उसले ,देख्दा हसिलै थिइ पत्यार लाग्यो मलाइ।सामान्य भैयो हामी मेसेज रिप्लाइ गर्न नसक्नुको कारण पनि दर्साए उस्ले सजिलै बुझी हाली कलेज एउटै भएपनि कक्षा फरक फरक भएपछी छुट्टिनु नै थियो हामी छिट्टियौ टिफिन समयमा खाजा सङ्गै खाने सर्तमा।
संयोग भनौ या दुर्भाग्य ,जुन दिन देखि मैले नेहा लाई फलो गर्न थालेको थिए त्यसै दिन बाट सामाजिज संजाल मा एउटि केटि ले म सङ्ग गफ लाई बाक्लो बनाउन खोज्दै थिइ।

मेरो मनमा त नेहा बसिसकेकी थिइ मलाइ अरु केटि खास लागेन त्यतिन्जेल।नाम ऋचा ,घर सुदुरपश्चिम् हाल अध्ययनको शिलशिलामा राजधानी , सामान्य जागिरे ,दाजु सङ्ग बसेकी, हो यति विवरण थाहा थियो मेरो मनमा बस्न असफल केटिकी बारे।भन्ने गर्थी म हजुरको फ्यान मलाइ हजुरको बिचार मन पर्छ शैली मन पर्छ यो मन पर्छ त्यो मन पर्छ।मलाइ नजिक बनाउनकै लागि गरिएको खोक्रो प्रसंशा जस्तो लाग्यो जे मन पर्छ भन्छे हस धन्यवाद भन्दै टार्दै गए।उ नजिकिन खोजिरही म टाढिन खोजिरहे,हाम्रो सम्बन्ध चुम्बकीय समान ध्रुव जस्तै भयो।नेहा र म एउटा मिल्ने साथी को रुपले नजिक नि भैरह्यौ,मनमा उ प्रतिको गहिरो प्रेम थियो मनमा सजाएको थिए उस्लाइ तर त्यो व्यवहार देखाइन मैले किनकि त्यो व्यवहार ले साथी सम्बन्ध पनि धरापमा पर्ने अवस्था सृजना हुन सक्थ्यो जुन म कदापि चाहन्नथे।कमसेकम मनमा सजाएको मान्छे लाई आँखा अगाडी देख्न पाएको छु हास्न पाएको छु बोल्न पाएको छु जिस्किन पाएको छु साथित्व को हैसियतले माया पनि पाएको छु।आखिर माया त जहाँ त्यही हुन्छ नि साथी प्रेम, मातृप्रेम,बालप्रेम, अनाथ प्रेम ,आकर्षण प्रेम विभिन्न प्रजाती का छन यो प्रेम भन्ने कुरा पनि र हामी ले ठाउँ अनुसार सबै ठाउमा एक हिसाबले प्रेम गर्छौ नै।मैले त्यहा साथित्व प्रेम पाएको थिए र साथित्वमा आकर्षण मिसाएर प्रेम दिरहेको थिए नेहा ले चाल नपाउने गरि।

दिन हरु सामान्य तवरले बित्दै गए नेहा केबल मेरो नजिकको साथी मात्र भइ मैले जे सोचेथे त्यो पूरा भएन त्यतिखेर र धेरै सोच्न पनि छाडिदिएँ ।मैले पनि कसैलाइ चाहेको थिए मलाइ पनि कसैले चाहेको थियो यदि दुबैको चाहना मिल्थ्यो भने त जोडि दिगो हुने थियो तर यहाँ त चाहना दुबैमा छ तर फरक ब्यक्ती को चाहना,मलाइ नेहा को चाहना ऋचा लाई मेरो चाहना। चाहना नामको समीकरण मा म त दुबै तर्फ थिए ,यदि जीवन गणित थियो भने म लाई कमन लिएर नेहा र ऋचा छेउ छेउमा राखेर समीकरण हल हुन्थ्यो तर जीवन गणित हैन रहेछ,न जोड्न मिल्छ न घटाउन मिल्छ अनि न त कुनै साध्य प्रयोग गरेर प्रमाणित गर्न नै,जीवन त एक प्रयोगशाला त रहेछ पाइलै पिच्छे रहर हरु आउछन प्रयास गर्छन सफल भए अथाह खुसी उपहार दिन्छन अनि असफल भए आफै सङ्ग भएको बहुमुल्य आँसु का ढिक्का परेली रुझाउदै आखाको डिल नाघेर गाला मा टाटो बस्ने गरि भुइमा खसाल्छन अन्ततः ।हो यस्तै रहेछ जीवन।
समय न हो बितिहाल्छ नेहा सङ्गको आत्मीयता पश्चात् दिन हरु निकै छोटा लाग्न थालेका थिए मन त्यसै फुरुङ्ग थियो हुदा हुँदै कक्षा १२ को परिक्षा आयो।बिषय फरक हाम्रो पढाइ त खासै के मिल्नु तैपनि कम्बाइन्ड स्टडीको बाहना मा भेट गर्यौ हामीले परिक्षा कै बिचमा पनि।जसोतसो परिक्षा दिइयो,अब फुर्सदको समय थियो नेहाले बिदा मा आफू गाउँ जाने कुरा सुनाइ,न मैले नाइनास्ती गरेर उ रोकिन्थी न त मैले गरे नै उ गाउँ गइ।मलाइ दिन लामो लाग्न थाल्यो उ बिना यो शहरमा जान त गाउँ म पनि गए खासै काम नभएपछि फेरि फर्किए शहर।खर्च चाहिएपछी माग है म पठाउला भन्नू हुन्थ्यो घरमा म पनि बिस्तारै हुर्कदै गएको थिए चाहिदा त माग्नै पर्थ्यो परिवार सङ्ग तर आफू चुपचाप बसेर परिवार सङ्ग पैसा मागिरहनु उचित लागेन र कामको खोजिमा लागे।

आफ्नो दक्षता लिएर भौतारिए धेरै तर काम पाइन मैले।उफ्फ गाउँ मा बा आमा को फुर्सद छैन शहरमा छोरो लाई काम छैन ,बसेर दिन कटाउने छोरा लाई अझ प्रेम पुर्वक भन्दै हुनुहुन्छ खर्च चाहिएपछी माग रे बिचरा बा आमा,कति त्याग र समर्पण गर्नुहुन्छ आफ्नो सन्तानको लागि ,सलाम ती सम्पुर्ण बा आमा हरुलाइ जस्ले सन्तान खुसी देख्न कै लागि आफ्नो बहुमुल्य आँसु र पसिना हरु बेहिसाब बगाउनु भएको छ।म गाउँ गए बेकारमा शहर बसेर बा आमाको ऋण बढाउन मन लागेन कमसेकम कलेज नचलुन्जेल।गाउँ मा हुदा मोबाइलको धेरै ख्याल नहुने महिना दिनमा एक दुई पटक कुरा हुन्थ्यो नेहा सङ्ग कुरा हुदा चै न्यास्रो मेटिने गरि करिब आधा घन्टा नै बोल्थ्यौ हामी।उता ऋचा महिना मा करिब २० पटक फोन गर्थिन मलाइ र म २/३ पटक मात्र उठाउथे र बोल्थे पनि त्यस्तै २/३ मिनेट।
दशै तिहार सबै चाडपर्व सकियो म फेरि राजधानी भित्रिएँ अब त ब्याचलर लेभल पढ्नु थियो।कलेजमा पढाइ राम्रै हुन्थ्यो मैले बिबिएस पनि त्यै कलेजमा गर्ने निर्णय गरे,तर नेहा नया कलेज जाने योजना सहित राजधानी पसिन।मलाइ निकै नमज्जा लाग्यो अब छुट्नु पर्ने भो दैनिक भेट नहुने भो मनका चाहना हरु त्यसै त्यसै मार्नु पर्ने भयो भनेर सायद त्यो पश्चताप नेहा मा पनि थियो जुन उस्को अनुहार ,व्यवहार र कुरा गराइ ले बताइरहेको थियो।
जिन्दगी त एक नाटक थियो निर्देशकले जे अह्रायो त्यै मान्दै जानू पर्ने त्यै अनुरुप हामी पनि अभिनय गर्दै गयौ,उ छुट्टै कलेजमा पढ्थी म छुट्टै महिना दुई महिनामा बल्ल तल्ल एक पटक भेट हुन्थ्यो हाम्रो त्यो पनि लामो प्रयास पछि मात्र।

नेहा सङ्ग भेटघाट पातलिदो थियो त आत्मियता बाक्लिदो थियो।उ मलाइ आफ्नै मान्छे जस्तो लाग्थ्यो।सायद उ मा पनि त्यो फिलिङ्ग्स थियो सायद केही हद सम्म।
एकदिन बेलुकी पख म खाना को सुरसार गर्दै थिए मोबाइल बज्यो,फोन नेहा को रहेछ ,कुरा नभएको पनि एक हप्ता जस्तो भैसकेको थियो,खुसी लाग्यो र बोल्न थाले उ सङ्ग,सामान्य हाइ हल्लो ,सन्चो बिसन्चो पश्चात् नेहा ले मेरो ध्यानाकर्षण गराइ,नीर म हजुरलाइ एउटा कुरा भन्छु मान्नुहुन्छ?लौ के भन्न खोजेको होला मनमा ढ्याङ्रो बज्यो।मान्छु भनौला अफ्ट्यारो मा पार्ली अनि मान्दिन भनौला अवसर गुम्ला खुबै अफ्ट्यारो पर्यो मलाइ के होर भनन अनि भन्छु भनेको मानिन प्लिज मान्ने भए मात्र भन्छु…उफ उसको एउटा कुरा त जसै थाहा पाउनु थियो अनि उ मेरो मनको मान्छे पनि त हो जे होस मान्दिन्छु भनेर उम भन सर्त मन्जुर छ भने।भोलि हाम्रो कलेजको बार्षिकोत्सव हजुर जसरी पनि आउनु न है न्यास्रो पनि लागेको छ यतै भेटौला।खै न्यास्रो लागेरै भनीन कि मलाइ त्यहा उपस्थित गराउन भनिन जे होस मलाइ खुसी पारिन उनले,धेरै समस्या हरु त थिए म त्यहा जान तर समस्या लाई चाहना ले जितिहाल्यो आखिर मन हो सबै कुरा, मैले भोलि उसको कलेज जाने निर्णय गरे।
भोलिपल्ट ह्याङ्गरमा झुण्डिरहेको कलेज ड्रेसको बेवास्ता गर्दै सेतो सर्ट, कालो चुज पाइन्ट,खैरो कलरको क्याजुअल जुत्ता लगाएर म नेहा को कलेज जान तैयार भए,४/५ दिन अगाडी काटिएको दाह्री को ठुटा जुन गाला भरी उम्रिएको थियो त्यसको वास्ता गरिन र लागे उसको कलेज भए तर्फ।कलेजको गेटै नजिक पुगे माहोल रमाइलो थियो नेहा लाई फोन गरे ,सेतो टिसर्ट ,खैरो पाइन्ट,अनि नजानिदो अग्लो चप्पल जसको फिताले आफ्नो खुट्टा टपक्क बाधेर टमक टमक उ बाहिर निस्की,काटाले नबाधेको उसको कपाल फिल्फिल गरिरहेको थियो,त्यहा एक किसिमको नारी बास्ना आइहाल्यो, जस्ले मलाइ मोहित बनायो। मलाइ लिएर कलेज परिसर भित्र छिरी उ।मनमा कता कता अफ्ट्यारो लागिराथ्यो चिनेको कोहि हैन नेहा बाहेक के भन्नू के गर्नु कता कता लाज पनि लागिराथ्यो र मनको कुरा नेहा लाई खोलिहाले अफ्ट्यारो नमान्नुस न म के त तपाईंलाई साथी। ल ल मलाइ छाडेर काहीँ पनि नजाउ है त भनेर जिस्क्याए उसले हस भनी।दुई तिन जना साथी सङ्ग परिचय पनि गराइ मलाइ तर खासै खुल्न सकिन म नेहा को साथी हरु सङ्ग………खै के भाषण गर्न थालियो मलाइ केही बोर भयो र नेहा लाई खाजा खान जाने प्रस्ताव राखे उस्ले मलाइ भोकै राख्न चाहिन सायद खुरुक्क मानिहाली हामी क्यान्टिन तर्फ सोझियौ…उता कार्यक्रम धमाधम भैरहेको थियो खासै प्याक थिएन क्यान्टिन अझ भनौ हामी मात्र थियौ त्यतिखेर को ग्राहक ।खाजा के खाने? मगाउ न उस्ले सिधै समोसा तरकारी मगाइ हाली र चल्छ नि हैन भनेर सोधी ,अचम्म पहिल्यै सोधे पो हुन्छ मगाएर सोध्छे बादर्नी यस्तै सोच्दै मन्द मुस्कुराउदै हुन्छ को भावले टाउको हल्लाए।तुरुन्तै दुई ठाउमा समोसा तरकारी आइपुग्यो हामी सामुन्ने नबसेर सङ्गै बसेका थियौ नजानिदो छोइएर।कता कता डर कता कता आनन्द खै कस्तो कस्तो नया अनुभव भैरहेको थियो,नेहा सङ्ग यसरी छोइएर बस्दा,खान सुरु भैसकेको थियो मैले नेहा लाई जिस्क्याउदै भने अलिक केयर गर है फेरि जुठो पर्ला तिम्लाइ ,मैले एकपटक टोकेर प्लेटमा राखेको समोसा टिपेर क्वाप्पै खाइ उम तपाइ ख्याल गर्नुस अब जुठोको मैले त बिर्सेछु भन्दै मुसुक्क हासी ।मन कै कुरो बुझी उसले अफ्ट्यारो लागेर कुरो मात्र के निकालेको थिए उसले सुरुवात नै गरि अब हामिले दुबै को जुठो साटासाट गरेर खायौ टन्न अघायौ।जुठो खाए पछि माया बढ्छ भन्थे खै के हुन्छ अब मलाइ त पहिल्यै देखि बढेको थियो माया नेहा प्रती तैपनी धेरै नै नजिक भएको महसुस भयो त्यस दिन।

स्टेज साङ्गितिक माहोल ले तातिरहेको थियो हामी दर्शक भएर कुर्सीमा बसिरहेका थियौ,जाउ न प्लिज हामी पनि नाचौ भन्ने उस्को ढिपी नै थियो मलाइ धेरै नै अफ्ट्यारो लाग्यो र उस्को भन्दा धेरै ढिपी मैले गरिदिए अन्ततः उ गएर नाची साथी हरु सङ्ग म नियालिरहे उसलाइ,आखिर हर क्षेत्र मा पोख्त थिइन उनी मजै ले नाच्दी रैछिन मैले पैलो पटक देखे।नाच्दा नाच्दै मलाइ पाखुरा मा समाउन आइपुग्थी उ नाच्ने अनुरोध गर्दै मैले जसै इन्कार गरे यो अर्थमा कि उसलाइ धेरैले चिनेका थिए कलेजमा अनि मलाइ कसैले चिनेका थिएनन्,यसै कारण पछि कलेजमा उसलाई अफ्ट्यारो नपरोस ।एकछिनको रमाइलो पछि उ पनि आइ बस्न मेरो नजिकै हामी बिस्तारै बिस्तारै टाउको निहुराएर गफ गर्दै त्यो साङ्गितिक माहोलमा रमिरहेका थियौ।

अचानक नारी आवाज आयो नीर जि…म छक्क परे,मैले कसैलाइ चिन्दिनथिए अनि मलाइ कस्ले चिनेर बोलायो?त्यो पनि केटि ओहो डर लाग्यो मलाइ म नेहा सङ्ग टासिएर बसिरहदा कसैले देखेको थियो मलाइ। कस्ले बोलायो त? बेवास्ता गर्न पनि त भएन र मुन्टो उठाएर यता उता नजर डुलाए मेरै अगाडी सोही कलेजको स्वयंसेवक को बिल्ला भिरेर मुसुक्क हास्दै मेरो नाम लिने नारी अरु कोहि नभएर ऋचा थिइन।म झसङ्ग भए के बोलौ के भनौं अन्योलमा परे ,सायद उ मा पनि त्यो अन्योलता थियो अनि ईष्र्या पनि त हुदोहो।मेरो मनको मान्छे नेहा कसै सङ्ग बोल्दा त मलाइ ईष्र्या हुन्थ्यो अनि मलाइ पनि त उस्ले मनको मान्छे मानेकी थिइ उनि पक्कै दुखी थिइन म त झन बोलेको मात्र नभएर सङ्गै टासिएर बसेको थिए।एक किसिमको जलन बाट निसास्सिएको उनी सामान्य भएको नसुहाउने अभिनय गर्दै बोलिन “हजुर यहाँ?कसरी ?” उम साथी को कारण भनेर नेहा तिर इसारा गरे।हाम्रो कलेजमा देख्न पाइयो खुसी लाग्यो,निकै नै दुखी भएर यसो भन्दौ थिइ उ। मलाइ भने उसलाइ भेटिएकोमा पश्चताप भयो किन आइएछ भनेर तर त्यो व्यबहार त्यहा देखाउन पनि त भएन।

नेहा र म सङ्गै हुदा उस्को अगाडी प्रस्तुत हुन अफ्ट्यारो लागेन यो अर्थमा कि मलाइ उस्ले नेहाको सोचोस र म बाट आफै टाढियोस।उस्ले आग्रह गरि “प्लिज हाम्रो स्टेज सम्म पुग्दिनुस र केही सुन्ने अवसर दिलाइदिनुस न हामीलाई,मैले नाम टिपाए है”भन्दै थिइन मैले नाइ नाइ भन्दै बल्ल तल्ल टारे, ऋचा को कुरा लाई नेहा पनि सपोर्ट गर्दै थिइन तर मैले दुबैलाइ इन्कार गरिदिए।एउटा साथी सङ्ग बसिरहदा अर्को साथी भेट भयो मेरो नैतिकता ले नि जसै परिचय गराउनु थियो तर ३ जना बिचको सम्बन्ध अनि हामी ३ को फरक मन का कारण केही अफ्ट्यारो लागिरहेको थियो तर सामान्य भएको नाटक गर्दै उनिहरु बिच परिचय गराए।मैले धेरै मत्लब नगरे पछि ऋचा ले सायद त्यहा बस्नु उचित ठानिनन र गैहालिन।उ जाना बित्तिकै सोधिन नेहाले को हुन र?तिम्रै कलेज पढ्ने मान्छे मलाइ पो सोध्छौ? मैले उल्टो जिस्क्याइदिए।तुरुन्तै नेहा ठुस्की मलाइ मजा लाग्यो यो अर्थमा कि कुनै केटीको बारे मैले कुरा लुकाउन खोज्दा उसको मनमा दखल पुग्यो भनेर।सायद उस्लाइ दुख लागेको थियो तर त्यो दुखमा म खुसी थिए, मेरो लागि उस्को दुखाइ सकारात्मक भौदियो कमसेकम त्यतिखेर।कार्यक्रम सकाएर हामी फर्कियौ,मलाइ गाडी चढाउन नेहा बाटो सम्म आएकी थिइ छुट्ने बेलामा कसिलो सङ्ग हात समाती र बाइ भनी तर हात नछाडेरै,के हात चाहिँ छाडेर जाउ म?जिस्किहाले तर उस्ले जिस्किने वातावरण दिइन उ निराश भइ र क्षणभर मै म पनि।बल्ल तल्ल छुट्टियौ हामी चाहना बेगर।
कलेज परिवर्तन पछि एकाएक पातलिएको हाम्रो भेटघाट अनि बातचितले तिब्रता लियो समय मिलाएर वा मिल्ना साथ हामी भेटिहाल्थ्यौ।निरन्तरको भेटघाट ,गहिरो आत्मियता हो पहिला सङ्गै कलेज जादा आउदा भन्दा नजिक भैसकेका थियौ हामी,नेहा लाई आफ्नो प्रेमिका बनाउने सपना पूरा हुने लक्षण हाम्रै उकालो लागिरहेको सम्बन्ध ले बतायो।
समय जसोतसो चलिरहेकै थियो हामी सङ्गै नभएर पनि सङ्गै भएको अनुभव गरिरहेका थियौ,एकदिन म कलेज बाट फर्कदै थिए फोन बज्यो,पहिला पनि त्यै नम्बर बाट ऋचा ले फोन गर्थिन घरिघरि तर सेभ गरेको थिइन आज पनि फोन गरिन।हजुर सुरुमै बोले……कता हुनुहुन्छ नीर जि?प्रश्न आयो ,मैले ढाट्न चाहिन भने कलेज बाट फर्कदै छु।दिउँसो त अफिस होला है? सोधिन,छैन बेरोजगारी छु मलाइ जागिर छैन अरे नेपालमा यति बोले नजानिदो मुस्कुराउदै।उसो भए म आउछु ल हजुरको नजिक मलाइ भेट्नु है? लौ फसाद बेरोजगारी छु भनिहाले रोजगार नपाएको झोकमा अब उसले मेरो बेरोजगारीको फाइदा उठाइ।के भन्नू कसरी टार्नु पहिल्यै चुकाए काम छैन भनेर, म अन्योलमा परे के उत्तर दिनु उसलाइ र भने उम फर्कदै छु भर्खर खाना पनि खानु पर्यो आराम पनि गर्नु पर्यो फेरि तिम्रो फुर्सद नहोला धेरै ,भ्याइन्छ र ?भनेर कुरा टार्न खोजे,हजुरलाइ जति खेर जति समय मिल्छ त्यति न प्लिज भनेर उस्ले बिन्ती बिसाए पछि मैले स्विकार गरिदिए।
अफ्ट्यारो लाग्यो मलाइ मनमा नेहा राखेर ऋचा लाई भेट्नको लागि।तर भेट्छु भनिसके नभेट्न पनि त भएन तर यो चाहन्थे म कि जसै ऋचा को नजरमा नकारात्मक बनौ ताकि उस्ले मन नपराओस मलाइ,खाना खाएर आराम गर्ने समय समेत छुट्याएर २ बजे तिर फोन गरिन र मेरो निवास आसपासमै भएको जानकारी गराइ म भने निस्किए त्यतिकै केही ख्यालै नगरी ।अव्यवस्थित कपाल दाह्री ,कोठामा बस्दा लगाइराखेको टिसर्ट पाइन्ट अनि एक जोडि चप्पल को सहारामा।पुगे उनले भनेको ठाउमा,आकार र रुपमा खोट लाउने ठाउँ नै थिएन ऋचामा पनि ,मोनालिसा आकार,गोरो अनि मिलेको अनुहार नाक ठ्याक्कै बाहुनी भन्न सुहाउने तर त्यति असहज पनि हैन सुहाउदिलो,मिलेको ज्यानमा खुबै ख्याल गरेर लगाइएको ड्रेसअप, ब्लु ब्ल्याक कलरको टप्स अनि क्रीम कलर को लेगेज ज्यानमा टपक्क टासिंएको ,आकर्षण को नजरले हेर्ने हो भने आहा भन्न लाएक कि थिइ उ तर मलाइ कुनै फिलिङ्स नै आएन उ प्रती सङै बसियो एउटा चिसो लाई फुर्सदले सकाउन्जेल सामान्य गफगाफ गर्दै।र अन्त्य मा छुट्टिने प्रस्ताब मैले नै राखे उस्ले नाइ नास्ती गरिन व्यबहारमा मन ले गरे पनि।तर एउटा अनुरोध गरिन अफ्ट्यारो अनुरोध “के म तपाईं सङ्ग फोटो खिच्न सक्छु?” उफ के भनौ बल्ल तल्ल भेटेर छुट्न लागियो अब त आनन्द भो सोच्दै थिए फोटो कै प्रस्ताब राखिन आखिर म त्यस्तो फोटो खिचेर राख्नै पर्ने मान्छे त हैन थिए।हर मान्छे को नजरमा कोहि विशेष हुन्छ हुन सक्थ्यो त्यति खेर उसको नजरमा म विशेष भए।उसको अनुरोध स्विकारे मैले र छोइएला कि जसरी उस्को नजिकै बसे उस्ले मोबाइल उचाली मैले दात देखाइदिए हासेको तस्बिर आओस भनेर तर हासो मन देखि थिएन बस ओठमा मात्र साभार गरिएको थियो।र छुट्टियौ हामी उ आफ्नै बाटो गइ म आफ्नै ।त्यसको ठ्याक्कै ३ दिन पश्चात् बेलुकी को समय मोबाइलमा भुल्दै गर्दा मेसेन्जर टोन बज्यो ढिला नगरी खोली हाले, नेहा ले मलाइ तस्बिर पठाएकी रहिछन् ,नेट बिस्तारै चल्दै थियो त्यसको बिपरित उनको तस्बिर हेर्ने रहर तिब्र रुपमा।

बल्ल तल्ल तस्बिर खुल्यो म झसङ्ग भए, ऋचा र मेरो तस्बिर देखे मैले जुन तस्बिर अस्ति ऋचाको अनुरोधमा खिचाएको थिए।मनमनै रिस उठ्यो ऋचा देखि, काहीँ नभएकी केटि उस्कै कहरमा भेट्न बाध्य बनाइ, उस्कै कहरमा फोटो समेत खिचाइ यो सब त नेहा र मेरो सम्बन्ध बिगार्नको लागि रचिएको षड्यन्त्र पो रहेछ।तुरुन्तै फोन गरेर ऋचा लाई गाली गर्न मन थ्यो तर त्यो गरिन तर रिस व्यापक थियो तुरुन्तै मोबाइल मा उ सङ्ग सम्बन्धित हर चिज डिलेट गरिदिए। “के हो राजा साप यो? ल बधाइ छ” तस्बिर भन्दा तल्लो नेहाको मेसेज।उफ म रङ्गेहात पक्रिय।भेट भएको हैन भनौ त प्रमाण स्वरुप तस्बिर पेसेकी छ मलाइ हो भनौ त कसरी भनौ।मैले त वास्तविकता भनौला उस्को सक्रियता मा भेटेको भनेर तर उस्ले कसरी पत्याओस,कुन आधार ले बिश्वास गरोस मलाइ।बिस्तारै बिस्तारै उस्को मनमा पनि मेरो माया पलाइसक्दा यो अवस्था सिर्जना भो अब माया टिक्ला या नटिक्ला मलाइ खुबै छट्पटी भयो ।अब नेहा लाई जसै बुझाउनु थियो म बाध्यता मा परेको कुरा र छर्लङ्ग पार्नु थियो भेटको विवरण,यस्तो हो उस्तो हो भनेर भन्न थालौ भने उस्ले मेरो कुरा नसुन्ने निश्चित थियो त्यसैले भएभरको कुरा लामो मेसेज लेखेर पठाए ।उता बाट स्याड वाला इमोजी मात्र आयो।कसरी फकाउनु नेहा लाई अब के भनेर बिश्वास दिलाउनु,मलाइ भने नेहा प्रती धेरै नै फिलिङ्ग्स आइरहेको थियो।पहिला का दिन हरुमा नबोलेरै माया गर्थ्यौ एकाअर्कालाई हामी हो उस्ले पनि धेरै माया गर्थी मलाइ त्यो माया शब्द बाट हैन व्यबहार बाट बुझ्थे म तर आज केही शब्द बोल्न चाहन्थे नेहा सङ्ग र फेरि म सङ्ग रिसाएकी मेरि प्यारी नेहालाई मेसेज लेख्नका लागि मेरा उत्साह बिहिन औला लाई मोबाइलमा नचाउन थाले ।नचाउदा नचाउदै केही शब्द बनेछन पठाउनु पुर्व एकपटक आफैले पढे लेखेको थिए”नेहा,तिमिलाइ बस स्ट्यान्ड्मा देखेको ,भोलिपल्ट देख्नकै लागि कुरेको ,देखेपछि बोल्न नसकेको,अर्को दिन हिम्मत निकालेर बोलेको,र बिस्तारै तिमी सङ्ग नजिक भएको दिन हरु म चाहेर पनि भुल्न सक्दिन, आज हामी त्यो भन्दा धेरै माथिल्लो अवस्था मा आइसकेका छौ तिमी मेरो असल साथी मात्र नभएर अभिभावक पनि बनेकी छौ हर कुरा मा सम्झाइ बुझाइ गर्छौ सहयोग गर्छौ,तिम्रो साथ पाए देखि मैले कहिल्यै एक्लो महसुस गरिन अझ भनौ त्यो वातावरण नै दिएनौ र आसा छ तिमी मा पनि कसैको साथको खाचो भएन।मोबाइल ले त जो सङ्ग नि उस्तै गफ गर्ला उस्तै सामिप्यता ल्याउला तर नेहा मन ले सबैलाइ उस्तै गर्दैन ,हो त्यै बेसारे मोबाइलको सहायताले उत्साह बिहिन औला हरु खेलाउदै तिम्रो मनमुटु मा बास माग्दै छु म,भिख माग्दै छु तिम्रो सामु मायाको, भलै हाम्रो भाग्य अनि भबिस्य त न तिमी लाई थाहा छ न त मलाइ तर मन र भाग्य को सधै तालमेल हुन्छ भन्ने छैन भाग्य ले जे गरे पनि मन ले तिमी लाई त्यै दिन देखि हेर्न रुचायो जुन दिन देखे,त्यै दिन देखि बोलिरहन मन लाग्यो जुन दिन बोली मिसियो र त्यै दिन देखि सधा सङ्गै हुन मन लाग्यो जुन दिन हामी निकै नै नजिक भयौ हो तिम्रो कलेजको त्यो बिशेष दिन।मैले तिम्लाई भनेको थिइन नेहा तर आज भन्न चाहे म तिमी लाई धेरै मन पराउछु,तिम्रो खुसी को लागि आफ्ना अनेकौं चाहना हरुलाइ हासी हासी श्रद्धाञ्जली दिन तैयार छु म,हुन त त्यो तस्बिरले पक्कै नराम्रो सोच्यौ होला तर वास्तविकता बुझ्छौ भन्ने लागेको छ आखिर मेरो नजिक को मान्छे नै तिमी त हौ तिमीले पनि नबुझे त म घर न घाटको हुनेछु,र यत्ती बुझिदिनु उसले हाम्रो यो पबित्र प्रेम को डाह ले तिमिलाइ जलाउन कै लागि यो सब हर्कत गरेको हो तर तिमी ढुक्क हुनु म सधै तिम्रै पक्षमा छु,
उहीँ तिमीलाई मन मुटु बाट माया गर्ने तिम्रो सुखदुःख को साथी नीर” यति मेसेज पढेपछी रोएको इमोजी सहित आइ लभ यु टु राजा मेसेज आयो मलाइ अति गाह्रो लाग्यो त्यो इमोजि ले, माया गर्दा रुनुपर्छ त लाटी? भने अर्को पटक लभ को स्टिकर आयो मन ढुक्क भयो कमसेकम उस्ले कुरा बुझी भन्ने भयो।पुर्ण रुपमा कुरा बुझेर उनी फ्रेस भएपछि सोधे कसरी पायौ नि तस्बिर? तपाइले चिनजान गराउनु नै भएको थियो उ आफै ले बोलाउदै आइन बसिन हजुरको कुरा निकालिन खुब प्रसंशा गर्दै थिइन म मौन रहिरहे अनि फेरि बोलिन उम अस्ति हामी भेटेका पनि थियौ यी तस्बिर भनेर देखाइहालिन,छट्पटी भयो त्यतिन्जेल वास्ता नगरेको मलाइ तपाईं अरु सङ्ग बसेको तस्बिर ले बोल्न बाध्य गरायो र अनेक भुमिका बाधेर आफ्नो मा सारे त्यो तस्बिर उस्ले पनि सजिलै दिइ,अहिले हजुरको कुरा सुनेपछि सम्झदै छु हो सायद उस्ले हाम्रो सम्बन्ध मा अफ्ट्यारो होस भनेर देखाएकी हो मलाइ माफ गर्नु होला है मैले तपाइलाइ गलत बुझे भन्दै उल्टो माफी माग्न थालिन म सङ्ग ल भैहाल्यो काग ले कान लैजान्छ कुरै कुरा मा तर वास्तवमा कान हामी सङ्गै हुन्छ जहिले पनि हल्ला भन्दा वास्तविकता बुझ्न तर्फ लाग्नु भने ,हुन्छ भनिन हामी सामान्य भयौ।

आखिर झगडा नै रहेछ मान्छे लाई नजिक बनाउने एउटा साध्य त।हामी झन धेरै नजिक भयौ त्यो घटना पश्चात् हामी बिच घनिष्ट अनि प्रगाढ प्रेम सम्बन्धको स्थापित भैसकेको थियो त्यसमा हामी दुबै अत्यन्तै खुसी थियौ।समय ले हामी लाई पर्खेको थिएन उ आफ्नै गति मा चलिरहेको थियो हामी नै बरु उस्को पिछा गर्दै चलिरह्यौ ।एकदिन नेहा ले नै भेट्ने कुरा गरि मैले पनि त खोजिरहेको थिए त्यो अवसर।हामी भेटियौ बसन्तपुरमा,एकछिनको बाहिरी बसाइ पश्चात् हाम्रो रोजाइमा एउटा क्याफे बस्यो र हामी त्यतै सोझियौ,के खाने? मैले प्रश्न गरे त्यै प्रश्न मलाइ आइहाल्यो उत्तर भन्दा पहिला ,म बोले तिम्ले जे मगाउछौ। नजिकै रहेको एस्ट्रे तर्फ इसारा गर्दै सिग्रेट ?उस्ले सोधी मन्द मुस्कान सहित,अफ कोर्स इफ यु वान्ट अङ्ग्रेजी मिसाए मैले, साच्चै? उस्ले मेरो मनोभावना बुझ्दै थिइन सायद ,मैले भन्दिए अनुभव छैन र तिम्ले अनुभव दिलाउछौ भने नाइ भन्दिन यति भनेपछि उस्ले कोल्ड ड्रीन्क्स सहित मगाइहाली सिग्रेट मलाइ अचम्म लागिरह्यो टेबलमा चिसो र चुरोट आयो म टोलो परेर हेरेरहे उस्ले आँखा नजानिदो चिम्लिदै चुरोट सल्काइ र धुवा जति सबै मेरो मुख तर्फ फ्याकिदिइ र बोली नीर जीवन सोचेजस्तो छैन ।

 

मुख तर्फ फ्याकिदिइ र बोली “नीर जीवन सोचे जस्तो छैन”,कस्तो सोचेकी थियौ र? प्रश्न गरे,
“खुसी जीवन ” उ फिस्स हासी
“खुसी त आफुले निम्त्याउने हो नेहा,जिन्दगी आफैमा आधा अक्षर,इकार ,ह्रस्व, दिर्घ मिलेर बनेको छ सरल छैन तर सरल बनाउनु पर्छ”
‘उम त्यो पनि हो है’ भन्दै फेरि ती कोमल ओठले धुवाको स्रोत चुरोट च्यापी। उस्को दुई तीन सर्को र हाम्रो केही गफ ले चुरोटलाई आधाआधी बनाइसकेको थियो,उ नशा मा भए जस्तै आँखा बनाउदै मलाइ चुरोट तर्फ इसारा गरि म छक्क परिरहेको थिए नेहाको मुखमा चुरोट च्यापीएको देख्दा ,झन छक्क परे मलाइ नै अफर गर्दा र जिस्किएको पारामा बोले,’नशामा छौ’ ।
उम नशा,नशा नलाग्ने भए किन खानु यो जाबो सुर्ती जलाएर ।
अनि तिम्लाइ नशा लिएर बस्न किन पर्यो त? के छ त्यस्तो कारण?नशा कस्तो मान्छे ले लिन्छन थाहा छ?
उम थाहा छ,आफु आफैमा सन्तुष्ट नहुने हरुले ।
अनि तिमी किन सन्तुष्ट भएनौ केही कारण? मैले पत्रकारले झै प्रश्न खन्याए उस्ले सहज ढङ्ग ले उत्तर दिई “हजुर र ऋचाको तस्बिर,त्यो तस्बिरले जति मन पोल्छ म त्यति चुरोट पोल्छु र मेरा रहर हरुलाइ धुवा सङ्गै उडाइदिन्छु कहिल्यै नभेट्ने गरेर ,हो नीर मैले त्यो दिन बाट नशा लिग्न सुरु गरे जुन दिन मेरो मन अति रोयो, आफुले आफुलाइ एक्लो महसुस गरे,आखिर मैले त प्रेम गरेको थिए हजुरलाइ अनि आफ्नो प्रेमी कसैको साथमा भएको आफ्नै आखाले देख्दा कस्तो हुन्छ? अनि मलाइ कस्तो भयो?केही सोच्नु भएको छ तपाइले?” म अवाक भए के बोलौ? के भनौ? तर जसै बुझाउनु थियो उस्लाइ र बोले,”नेहा,मलाइ बुझ्ने प्रयास गर,हटाइदेउ दिमाग बाट त्यो शंका अनि अविश्वास लाई, कसम खाएर भन्छु कि म तिमी लाई धेरै माया गर्छु र गरिरहनेछु तर एउटा सर्तमा,के सर्त?उस्को मुहारमा खुसी को रङ्ग तुरुन्तै लेपियो मैले भने निभाउ त्यो चुरोट सदाका लागि।
उ अलमल्ल परि सायद इन्कार त पक्कै गर्ने थिइनन् तर मैले आफै हतार गरे,उस्को हातबाट त्यो चुरोट थुतेर नेहाको सबै असन्तुष्टि हरु अनि अब लाग्ने नशाको रहर सबैलाइ झोसिदिए नजिकै को अस्तु अनि खरानी जम्मा गरिने मसानघाट(एस्ट्रे)मा र त्यहा इशारा गर्दै भने मैले तिम्रो असन्तुष्टि हरुको किरिया गर्दिए यो मसानघाटमा अब कहिल्यै असन्तुष्ट नहुनु म छु तिम्रा लागि।
लभ यु नीर उ एकाएक अङालोमा आइपुगी।’तपाईं नै मेरो नशा हो मलाइ तपाइको लत बसेको छ बिन्ती चुरोट जस्तै यो लत हटाउन नखोज्नु’ यो प्रेमिल वाक्य बोलिरहदा उस्का आँखा नजानिदो रसिलो देखिए,ऎना थिएन नत्र मेरो पनि उस्तै आँखा को हालत हेर्ने थिए मैले,परिस्थिति सहज बनाउनु थियो कुरा अन्तै मोडे मैले र हामी त्यो भेट बाट छुट्ने निर्णय गर्यौ अर्को भेटको योजना बुन्दै।छुट्ने बेला खुबै गाह्रो मानी उस्ले मैले बुझाए,ए लाटी पिर नगर भेट हुन को लागि छुट्नु परेन?,अहिले नछुटे पछि कसरी भेट्ने?मन्द मुस्कान सङ्गै हात हल्लाउदै मयुर को तालमा उनी मेरो नजर बाट ओझेल परिन।घर पुग्न लाग्दै थिए मोबाइलमा मेसेज आयो, फोन गर्न छाडेर किन मेसेज गरिन त्यै म पुगे भन्न त होला नि सोचेर मेसेज खोले मेसेज नेहाको नभएर ऋचाको थियो,
हाइ नीर जि सन्चै हुनुहुन्छ ?मिस यु,के गर्दै हुनुहुन्छ ?
‘म रिसाएको छु तिमी सङ्ग’ बस यति मात्र मेरो उत्तर।
फेरि आयो मेसेज ।
‘नीर जि,म तपाइलाइ प्रेम गर्छु मनै बाट के मेरो गल्ती होर कसैलाइ मन पराउनु, माया गर्नु?यदि गल्ती नै हो भने म यस्ता गल्ती हजार पटक दोहोर्‍याउन चाहन्छु,थाहा छ नीर जि तपाईं लाई मेरो वास्ता लाग्दैन र गर्नुस पनि भन्दिन,आखिर मन ले चाहेको सबै कुरा कहाँ पुग्छ र,म त्यै गन्तब्य नभेटिने बाटोमा काडा हरु पन्छाएर सफर गरिरहनेछु आफ्नो आत्मसन्तुष्टि को लागि ,यदाकदा मेरो नाम सुनिहाल्नु भयो भने सम्झनु कि यो मेरो शुभचिन्तक हो।तपाईं मलाइ दुखाउनुस म सहन्छु किनकी तपाइले मलाइ चाहनु नै भएको छैन तर म तपाइलाई कहिल्यै दुखाउने छैन किन कि तपाइलाइ मैले जति अरुले चाहेको छैन सायद,जिन्दगी को जुन सुकै अवस्था मा पनि म हजुरको खुसी चाहिरहनेछु
लभ यु ह्यान्सम
उहीँ तपाइको मन बाट निकालिएकी ऋचा।
उफ्फ एकछिन पहिला को त्यो भेट अनि अहिले को यो मेसेज फरक ब्यक्ति बाट। मन अस्थिर भयो ,म मौन रहे, के लेखौ के लेखौ को दोधार बाट उम्किए केही पनि पठाउदिन भन्ने एक अठोट लिएर।
नेहा सङ्गको घनिष्टता अनि ऋचा सङ्गको बेमतलबी ,यो हुदा हुदै समय ले हामी कसैलाइ पर्खिएन,दिन बित्यो, महिना बित्यो ,बर्ष बित्यो पढाइ पनि जेनतेन चलेकै थियो पढाइ भन्दा मजबुत प्रेम सम्बन्ध त छदैछ।मलाइ नेहा सङ्ग नजिकिन मन लागिरहेको थियो त्यै मौकामा उस्ले पनि सङ्गै चलचित्र हेर्ने रहर गरि समय मिलाएर भेटियो र लाग्यौ हामी हल तर्फ…
कुन फिल्म हेर्ने?
कुन्नी त तपाईं भन्नू न
नाइ तिम्रो रोजाइ को हेर्ने
नाइ तपाइको रोजाइको उस्ले कहर गरि
“कोहिनुर” मन्जुर?
उम मन्जुर
दाइ दुइटा टिकेट
टिकेट लिएर नेहा भए तर्फ आउदै गर्दा सोही चलचित्र को टिकट हातमा बोकेकी ऋचा मेरो नजरमा परि आँखा जुध्यो हाम्रो तर मन जुध्न सकेन, उस्लाइ जलाउन कै लागि मैले नेहा लाई खुलेआम अङ्गाले नेहाले पनि देखिसकेकी थिइ एउटै कलेज पढ्ने र सम्बन्धमा भाजो हाल्ने ती ऋचालाइ र मख्ख पर्दै मैले समाए भन्दा बढी टासिन खोज्दै थिइ।उस्ले बोलाइहाली ,आफुले चाहेको मान्छेको अङ्गालोमा रहेर आफुलाइ चाहने मान्छे सङ्ग हाइ हेल्लो भयो एकैछिन र खासै वास्ता नगरी हामी हल छिर्यौ।
सिट नम्बर B12/13 हामी त्यतै सोझियौ आफ्नो ठाउँ खोज्दै संयोग ऋचा को पनि हाम्रो भन्दा सामुन्ने तल्लो सिट परेछ,खयर जे भएतापनी उ उस्कै केटि साथी सङ्ग आएकी थिइ र म मेरो नेहा सङ्ग।मधुर बत्ती बलिरहेको थियो,विभिन्न फिल्मी टेलर हरु बजिरहेको थियो अनि अनेक का बिज्ञापनले पर्दा ओगटेको थियो,मान्छे हरुको बाक्लो उपस्थिति अनि उत्तिकै कोलाहाल पनि त कम थिएन।समय सुरु भयो।मान्छे हरु छिट्फुट आइरहेका थिए बत्ती झ्याप्प निभ्यो र सुरु भयो पर्दा मा एउटा जनचेतनामूलक नाटक,अनि हामी बिच प्रेमिल बसाइ।बत्ती निभ्ना साथ नेहा ले मलाइ अङ्गाल्न तम्सिइन मैले पनि साथ दिए,मेरो देब्रे पटि बसेकी उनी मेरो छातिमा मजाले आढेस लगाइन मेरो देब्रे हात पनि उस्को देब्रे पाखुरा मा पुगिसकेको थियो उस्को ढाडको बाटो भएर।एक आनन्द थियो त्यहा सबै आफ्नै धुन मा थिए र हामी पनि ।न्यानो स्पर्श सङ्गै हामी ले फिल्म लाई पनि ध्यान दिइरहेका थियौ बिच बिचमा केही गफ भए पनि फिल्म नबुझ्ने भने भएको थिएन।बाबू ले कोहिनुर लाई नेपाल पठाउन लाग्दाको दृश्य ले नेहा को मन दुखेछ सायद उस्ले साबिक को भन्दा कसिलो समाइ मलाइ र भनी “लभ यु नीर,मलाइ नछाड्नुस है कहिल्यै पनि”
“हुन्छ डियर म तिमी लाई मेरो श्रीमती बनाउछु र कहिल्यै छाड्ने छैन”
“यदि म #अर्काकी_श्रीमती भए भने?”
थरथर ओठ कपाउदै बोली उ,आफ्नो औला उस्को कापिरहेको ओठमा राख्दै बोले,”चुप लाटी म हुनै दिन्न नि त्यस्तो अनि तिमी पनि त हुदैनौ ”
उम चाहना त छैन नि अरुको हुने तर बाध्यताले रहर बुझ्दैन क्यारे के पो हुने हो…
उस्को यो दोधारे कुरा ले मलाइ पनि सोच्न बाध्य बनायो तैपनी सामान्य हुँदै भने सबै भन्दा ठूलो कुरा इच्छाशक्ति हो ढुक्क हुनु तिमी।यस्तै संवाद सङ्गै निकै नै मर्मस्पर्शी चलचित्र पनि सकियो निकै नै मार्मिक कथा बस्तुमा आधारित अनि समाजको ऎना बनेको चलचित्र कोहिनुर हेरेर हामी बाहिरियौ,कसैको वास्ता नगरी हामी क्याफे तर्फ लाग्यौ खाजा खान।
दाइ दुई प्लेट मम
उता अर्डर गरेर नेहा लाई सोधे चल्छ नि है बफ?
“उम” उ मुस्कुराइ
टेबलमा मम आइपुग्यो,त्यति नै खेर फेरि अर्डर गरे दाइ चिसो पनि
मम खान सुरु गरियो तर कुन प्लेटमा कति वटा छ र कति खाइयो थाहा भएन बिहेमा बेहुला बेहुली ले जग्यमा पासा खेले जस्तो गरि खेलिरह्यो त्यो निर्देश मम हाम्रो प्लेटहरुमा।
खाजा खादा खादै पानी बर्सिहाल्यो,धन्न छाता रैछ उन्को ब्यागमा,एउटै छाता को मुनि हाम्रो पेमिल जोडि अटेका थियौ,यति नै खेर बोले “आज एउटै छाता मुनि हुने अवसर जुर्यो भोलिका दिनहरूमा एउटै छाना मुनि जीवन बिताउनु पर्छ”
“हस राजा “उस्ले मेरो हात च्याप्प समाती ,छाता समाउने जिम्मा मेरो थियो नजानिदो अग्लो भएको कारण।गाडी चढियो,गाडीमा बस्ना साथ नेहाको मोबाइल बज्यो,एकछिन नबोल्नु है ममि को फोन……उ कुरा गर्न थाली म उस्लाइ हेर्दै जिस्क्याउदै बसे,नेहा को गफ ममि सङ्ग भए पनि मन अनि शरीर मै सङ्ग थियो उस्को आखाले म सङ्ग बात मारिरहेका थिए उस्को एउटा हात म सङ्ग जिस्किरहेको थियो।फोन राखेपछि बोली नीर,म घर जानू पर्ने भयो……,होर?
उम घर बाट बोलाउनु भएको छ ।
आफ्नो जन्म दिने बुवा ममि भएको ठाउँ जानै पर्छ उहाँ हरुलाइ दुखी बनाउनु हुदैन एक असल सन्तानले झन उहाहरु ले नै बोलाइसकेपछी त नजान हुँदै भएन,हुन्छ जाउ न त कहिले जान्छौ?
अर्को हप्ता,
बिबिध गफगाफ चलिरहेकै थियो,मेरो झर्ने ठाउँ आयो म झरे,अघि फिल्ममा देखिएको जस्तै भयो छुट्न साह्रै गाह्रो तैपनी छुट्टिनु त थियो नै छुट्ने बेला भनेकि थिइ म घर जाने बेलामा भेट्ने है मैले हस भने र छुट्टियौ हामी ।जाबो एक हप्ता बितिहाल्यो उ घर जाने टिकट लिएर बसि म उस्लाइ भेट्न बसपार्क गए एक घन्टा पहिले नै उ पनि आइ,बस हिड्न एक घन्टा लाग्थ्यो हामी बसपार्क मै रहेको खाजा घर छिर्यौ खाने मन केही थिएन तर गफ जो गर्नु थियो त्यहा बसेर, त्यसैले औपचारिकता को लागि दुई वटा चिसो मगायौ।आफु यहीँ बसेर आफ्नो मन मुटु लाई भौतिक रुपमा टाढा जान बिदाइ गर्दै थिए म,मन भक्कानियो,थाहा थियो उ केही समयमा आउछे फेरि भेट हुन्छ भन्ने तर मनले खै के बुझ्यो अति नै गाह्रो भयो उस्लाइ बिदाइ गर्न।मेरो मन को पीडा समयले कहाँ बुझ्थ्यो र बस हिड्ने बेला भयो,ल राम्ररी जाउ बाटोमा फोन गर्दै गर यति भने उस्को मुहारमा पनि बिछोडको पिडामा कालो बादल लत्पत्तिएको थियो म चाहन्थे त्यो बादल तरल नहोस र झट्टै म आफ्नो बिचलित मन लिएर निस्किए त्यहा बाट।बाटो मा फोन गर्दै यहाँ पुगे यति समय लाग्छ भन्दै थिइ उ ल ल राम्ररी जाउ सङ्गै अन्य प्रेमिल गफ हरु चलिरह्यो उस्को यात्रा भर।घर पुगेको सम्म जानकारी गराइ उस्ले अब बाक्लो फोन संवाद गर्नु उचित लागेन र भने ल रमाइलो सङ्ग बस घरमा बुवा ममि लाई खुसी बनाउ भन्दै छुट्टियौ हामी ।
भोलिपल्ट बिहान करिब ११ बजे तिर उस्ले फोन गरि ,सामान्य हाइ हेल्लो म कहाँ के गर्दै छु को विवरण लिगिसकेपछी नेहा बोली नीर ।

नीर… मलाइ घरमा नराख्ने रे अब,
आउ न त यतै घरजम गरौ मलाइ जिस्किन मजा लाग्यो उस्को वास्तविकता लाई एकैछिन स्थगित राखेर उ बोली निराश हुँदै अ बुद्दु दिनु पनि पर्यो नि
नदिए भागेर जाउला ,म जिस्किरहे
हिम्मत छ?
लौ जिस्किरहेको मलाइ गम्भीर हुन बाध्य बनाइदिइ।हिम्मत छ भनौला लिन आउनुस भन्ली,तुरुन्तै उस्लाइ आफ्नै श्रीमती बनाउन सक्ने हैसियत पनि थिएन अन्य कारणबस, छैन भनौला अवसर गुम्ला हत्ते पर्यो मलाइ र बोले तिम्रो साथ पाएपछि जे पनि गर्न सक्छु नेहा,तिमी नै मेरो उर्जा हौ मात्र तिमी साथ देउ म कुनै पनि जिम्मेवारी बाट हट्ने छैन।
नीर…तिम्रो हिम्मत प्रयोगमा आउला झै लागेन,मलाइ हेर्न केटा आउदैछन रे भोलि,खानदानको रे धनी अरे खै के के बकवास सुनाउदै हुनुहुन्थ्यो मलाइ तिम्रो सम्झनाले अति नै पिरोल्यो कुरा सुन्नै छाडेर फोन गर्न अलिक पर आएकि,उस्ले मलाइ गर्ने सम्बोधन फेरेकी थिइ, त्यतिखेरै सोचे उ धेरै भावनामा डुबेकी छे,अक्सर “तिमी” शब्द धेरै नै नजिक को हो तपाईं हजुर भन्दा,र यस्तो शब्द त्यो पनि तपाईं हजुर भनिरहेको मान्छेलाइ भन्न ठुलै मायाको अनि आत्मियताको पहिरो जानू पर्छ र गएको थियो त्यतिखेर नेहाको मनमा,मलाइ सधै तिमी भन्नू है अनुरोध गरे,अनि भन त,हाम्रो सम्बन्धको कुरा राखेनौ घरमा?
यो पक्का हो ,दिनु नै हुन्न हाम्रो मिलन हुन, बुवा अत्यन्तै कडा हुनुहुन्छ
अनि भन्दैनौ केहि?
फेरि प्रश्न गरे,भन्ने हिम्मत त छैन नदिने भएपछि… कुरा सकारात्मक हुन्थ्यो भने पो त
अनि के असफल भैन्छ भन्दैमा प्रयास नै नगर्ने?निरन्तर को प्रयासले सफल भैन्छ नेहा,हर सफल ब्यक्ती लाई नियाल त उहाँ हरुको पछाडि निकै असफलता र प्रयास हरु लुकेको हुन्छन हामी ले सिक्नु छ केही सफल ब्याक्तित्व बाट र प्राप्त गर्नु छ सफलता…
मैले कुरै नगरेको हैन नीर,कुराको सुरुवात मै बुवाले मलाइ रोक्नु भो र बाकी भन्ने साहस खोसेर राख्नु भो आफ्नो अहम् मा
तिम्रो बुवाको अहम् ,तिम्रो गुमेको साहस त म सजिलै स्विकार गर्छु नेहा तर म हाम्रो विछोड स्विकार्न सक्दिन ,मलाइ जान्नु छ तिमी मेरि हुन नसक्नु को कारण ।
उ रोएको आवाज सङ्गै

बोली “म माथिल्लो जातको अरे……”सुक्क सुक्क रोहिरहेकी नेहा डाको छोड्न थाली मलाइ पनि सह्य भएन,आँखा बाट बर्खे झरी झै आँसु बगिरहेको छ,मन अस्थिर छ,मानौ मेरो मनमा ठुलै युद्ध चलिरहेको छ जातिय विभेद अन्त्य र समानताको लागि,रिस उठ्यो यी जातभात छुट्याउने अग्रज पुर्खा हरु देखि अनि रिस उठ्यो नेहाको परिवार देखि के देखेका होलान आफुले आफुलाइ के हामी चै मान्छे हैनौ र?अनि फेरि सम्झिए नेहा सङ्गको बिगत ,म भन्दा माथिल्लो जातकी नेहा बफ मम भन्दा नि उम भन्थी ,आज ससेज भन्दा मख्ख पर्थी बेला मौका रक्सी को कुरा निकाल्दा वाह सङ्गै पिउने है कुनै दिन भन्थी ,अनि माथिल्लो जातको ले यो सब गर्न हुने तल्लो जातका सङ्ग बिहे गर्न नहुने?दुनियालाइ रमिते बनाएर त्यै एउटा सिन्दुर हाल्न त बाकी थियो नि त्यसलाइ जातले रोक्ने?मनमा क्रोध मिश्रित सवाल हरु आहिरहे बस सबै अनुत्तरित रहे।जिन्दगिमा उल्झन त त्यतिखेर आउँछ जब प्रश्न हरुको ओहिरो लाग्छ अनि उत्तरको खडेरी ।हर प्रश्नको चित्तबुझ्दो उत्तर हुन्थ्यो भने त समाधान त्यहा भन्दा टाढा पक्कै थिएन तर मेरा प्रश्न हरुले उल्झन थपिदियो।
न तिमी जात घटाउन सक्छौ,न म चाहेर पनि जात बढाउन सक्छु अनि न हामी हाम्रो बिछोड सहन सक्छौ,यसरी त भएन नि मनलाइ बलियो बनाउ नेहा समाधान खोज्नुपर्छ।
मैले बुवालाइ भनेकै हो मनमा अरु छ भनेर,आफू खुसी गर्छेस भने हाम्रो भन्नू केही छैन ,जन्मदाता त्यागेर सहर बस्दा भुलिएको मान्छे सङ्ग रमाइलो गर छोरी तर बा आमा छन कहिल्यै नसोच्नु भन्नू भयो,नीर…तिमी नै भन न म के गरौ न त आफ्नो जन्मदिने बा आमा लाई दुखी बनाउ न आफ्नै मनलाइ, दुखी मात्र हुनुभए त केही थिएन त्यो घाउ हाम्रो प्रेमको मल्हम ले निको पार्छ भन्न हुन्थ्यो तर यहाँ के हुन्छ नै म सोच्न सक्दिन अनि यता हाम्रो प्रेम सम्झन्छु कहाली लाग्छ म निकै अफ्ट्यारो मा छु नीर केही सल्लाह देउ।
उस्को कुरा पनि मनासिब थियो।उ वास्तवमै समस्या मा थिइ मैले पो के सल्लाह दिउ,हाम्रो प्रेम दिर्घायु हुनुपर्छ र बुवा ममि पनि खुसी हुनुपर्छ मेरो मान्यता तर त्यो असम्भव ,समय धेरै छैन सबै तैयारी भएर बोलाएका रहेछन नेहा लाई केटा देखाउन यो अवस्थामा के भनौ,मेरो घरमा त समस्या थिएन नेहा लाई भोलि नै लगेर भित्र्याउन पनि तर नेहाको त्यस्तो अवस्था के गरौ के गरौ भयो तर अनिर्णित संवाद पनि त समाधानको उपाए हैन र आफ्नै अतालिएको मनले नेहालाइ नअतालिन आग्रह गरे र भने हामी जिवन्त एक हुनेछौ, हुनुपर्छ त्यो कुरा तिमीले जतिखेरै मनमा राख्नु,भोलि बा आमाले खोजेको मान्छे सङ्ग ब्यक्तिगत भेट गर्नु र हाम्रो प्रेम सम्बन्ध छर्लङ्ग पार्दिनु पक्कै पनि बुझ्ने छ उस्ले र मन पराउने छैन तिमी लाई र अधिकार पनि छैन मेरो मनको मान्छेलाइ कसैले मन पराउन। त्यताको कुरा क्यान्सिल गरेर तिमी ढुक्क भएर काठमाडौ आउ बाकी मेसो भेटेरै मिलाउला भनेर कमजोर बनेकी नेहाको मनमा साहस भरिदिए।
उम त्यो पनि एउटा उपाए त हो तर मलाइ डर लागिरहेको छ नीर
तिम्रो यो क्षणिक डरले दीर्घकालीन खुसी गुम्न सक्छ नेहा आत्तिने समय हैन यो त सोच्ने समय हो ढुक्क हुनु तिमी सङ्गै तिम्रो नीर छ।
रोइरहेकी नेहा को आवाज अझै प्रष्ट भैसकेको थिएन,यति हुदैमा बोली “हस म प्रयास गर्छु

चिन्ता नलिउ नेहा लभ यु ।
उता संवाद टुङ्गियो,यता मनमा भुइचालो सुरु भयो,नेहालाइ जसै आफ्नो बनाउने मेरो सपना अनि उता नेहा लाई अर्धाङ्गिनी बनाउने रङ्गिन सपना बोकेर कुनै युवक उस्को घर आउने तितो बिपना यो सब ले मलाइ छट्पटी बनाइरह्यो।
नेहाले उस्लाइ इन्कार गरेर काठमाडौ आउली त?
मनमा स्वाल उठ्यो,
पक्कै आउछे आखीर उ मेरो चाहना हो भने म पनि त उस्को चाहना हो, मनै बाट यस्तो उत्तर आयो म आफ्नो छट्पटी कम गर्ने कसरत मा लागे भोलिपल्ट यानकी नेहा लाई केटा हेर्न आउने भनेको दिनको १ बजे फोन आयो नेहा कै नाम बाट,म बोले
हजुर ।
“नीर कहाँ छौ म आउदै छु तैयारी भएर बस्नु”
लौ के को तैयारी हो अब के भन्न खोजेकी हो त्यै पनि सोधे
उता कुरा भयो? के भन्यौ?अनि घरमा के भन्नू भो?
“उहाँ भगवान समान हुनुभयो नीर हाम्रो लागि,तपाईं हरुको चोखो प्रेमको जित हुनुपर्छ म भरपुर सहयोग गर्नेछु ,मेरो कारण ले अफ्ट्यारो पार्दिन ढुक्क हुनु भन्नू भयो,ब्यक्तिगत कुरा सकिएपछि परिवार सङ्ग ल कुरा भैहाल्यो बाकी गफ फोनबाट भनेर निस्कनु भयो यो निस्चित हो उहाले मलाइ अस्विकार गर्नुहुन्छ केही बाहना ले हाम्रो प्रेमकै खातिर।
मैले पनि धन्यवाद दिए मनमनै त्यो सहयोगी युवकलाइ र नेहा लाई हस आउनु भनेर निम्ता दिए।
उ निस्की हाली घरबाट उस्लाइ त जसै उम्किनु थियो र लागि काठमाडौ को सफरमा, भनेकी थिइ म हजुर को मा नै आउछु,मेरै निम्तोमा आएकी छे मेरि प्रेमिका हो उ अनि किन इन्कार गरौ हुन्छ भनिदिए उ साझमा हस्याङ्गफस्याङ्ग गर्दै आइ म टोलाएर उस्लाइ हेरिरहे। बाहिर सिमसिमे पानी परिरहेको थियो,त्यो झरिलाइ नै आफ्नो बाध्यताले रुझाउदै भित्र छिरेकी नेहाको उदासी निधार,प्रेमिल अधर,खै कहिले देखि बचाएर राखेको एक टुक्रा मुस्कान,ढक्ढक गरिरहेको धड्कनको चाल अनि छातिको उभार म एकटकले हेरिरहे ,उ अनुमती बिना नै मेरो नजिक आएर बसिसकेकी थिइ।
हत्पत आफ्नो सिम झिक्दै बोली उ
अब देखि म तिम्रो, घरपरिवार त यी अब भन्दै सिम तर्फ इसारा गर्दै डस्ट्बिन मा फ्याकिदिइ र मलाइ अङ्गालेर रोइ।
मेरो काखमा हुदा पनि रुन्छौ त?
मेरा रसिला आँखा पुछ्दै उस्ले बनावटी मुस्कान ल्याइ त्यो बनावटी मुस्कानलाइ वास्तविक मुस्कान बनाउनु थियो मैले सदाका लागि नेहाको अधरमा ।
जिस्की हाले ……ए बेहुली बनेर आएकी?
उम……उ मुस्कुराइ
अनि यहि हो त बेहुली को पहिरन? कमसेकम कुर्था सुरुवाल त लगाउनु पर्छ बिहेको दिन ,नक्कली
उ फेरि मुस्कुराइ र मलाइ प्याट्ट पिट्दै बोली
तिमी नि तिमी हाफ प्यान्टमा बेहुला?
मजैले हासियो मनमा भएका अनेकौं डर,तर्कना,बाध्यता,र सिङ्गो संघर्ष पुर्ण जिवनलाइ एउटा कुनामा राखेर।
तुरुन्तै निराश हुँदै बोल्न सुरु गरि उ,”नीर म अब नितान्त तिम्रो हु ,मलाइ घरबाट नदिनु र म तिमी बाट अलग बस्न नसक्नु,जिन्दगी को यहि बाध्यात्मक समीकरण बाट शेष निस्किएको हो हाम्रो अहिलेको यो साथ र यो साथ जिवन्त हुनुपर्छ,म मेरो सारा खुसी ,बा आमा, घरपरिवार साथी सङ्गी, सारा संसार छाडेर तिम्रो समिपमा आएको छु म अब केबल तिम्रो हु,नीर मलाइ लाग्छ काठमाडौ हाम्रो लागि उचित नहोला केहि समय किनकी मेरो घरको नजरमा म अहिले बेपत्ता छु,यहाँ जान्छु समेत नभनी निस्किएकी म फोन नलाग्ने बनाएर अहिले सिम नै फ्याकिदिए उहाँ हरु ले खोज्ने भनेको यतै हो त्यसैले अब काहीँ जाउ हामी हाम्रो प्रेमिल घरको लागि जग बसाल्न।
उफ्फ!!!!!
नेहा लाई केही समय पछि आफ्नो बनाउछु भन्ने सुन्दर सपना बोकेर उता क्यान्सिल गर भने तर मैले सोच्दै नसोचेको क्षण आयो।तुरुन्तै स्विकार गरौ मनले मानेको छैन घरपरिवार ,पढाइ,आफ्नो भबिस्य,अनि हालको कमाइ सबै सम्झन्छु उस्लाइ आफ्नो बनाइहाल्ने स्थिति छैन आफ्नो स्वार्थ मात्र हेरेर पनि त भएन मेरै भरमा आफ्नो सर्वस्व गुमाएर आएकी नेहाको म प्रतिको बिश्वास पनि त जिवित राख्नु छ म सानै थिए जिम्मेवारी केही थिएन,हासखेल र रमाइलो मै प्रेम गरेथे अहिले सम्म तर अब म सानो रहिन ठूलो जिम्मेवारी ले मेरो काध ओगट्यो म चाहेर पनि त्यो जिम्मेवारी बिसाउन सक्ने थिइन।
ठिक छ नेहा तिमी मेरो समिपमा छौ मनमा रत्तिभर चिन्ता नलिनु आनन्दले बस्नु हामी भोलि नै यो शहर छाड्ने छौ।
उस्को घरमा थाहा छैन मेरो घरमा थाहा छैन तर पनि हाम्रो बिहे हुँदै छ।नेहा लाई भनिहाले आज हाम्रो बिहे
बिहे…उ छक्क परि ।
सिन्दुर नहाली बिहे हुन्छ? प्रश्न गरि उस्ले
बिहे लाई सिन्दुर नै चाहिन्छ?उसो भए तिमी नै भन बिहे नभै सुहागरात हुन्छ?

आज हाम्रो अकल्पनीय सुहागरात हो नेहा,आफै भन त लोग्ने स्वास्नी सङ्गै भएको रात लाई सुहागरात नभन्ने र?यदि नभन्ने हो भने हाम्रो यो बिशेष दिन कहिले त?पछि पछुताउनु नपरोस नेहा,सुहागरात मनाउन पाइएन भनेर अलिक रोमान्टिक हुन खोजे म उ लजाउदै मेरो अङ्गालोमा बिलिन भै।
नीर के खान्छौ?
अब पनि नाम ले सम्बोधन?म कड्किए
भन्नुस बुडा के खानु हुन्छ? उस्ले सुधारीहाली आफ्नो प्रश्न
हेरौ बुडि ले के दिन्छिन
प्रेम मिश्रित हासो ले समय खर्चियो एकछिन।
नेहा र म दुबै भएर एकछिन पकवान तिर ब्यस्त भैयो टन्न खाइयो पनि आखिर मनमा अनेकौं सवाल हरु दौडिरहे पनि पेटमा त भोका मुसा नै दौडिएका थिए,र ती भोका मुसा हरुका लागि हामी ले आआफ्नो पेट भरिदियौ।
सबै कुरा हरु परिपुरक त कहाँ हुन्छन र भोक मेटिदा पनि रहर मेटिएन,अब अनेक रहर सुरु भयो।
कुनै हिमाल कै सिन हेरेझै लाग्ने अनि सफरमा उ भन्दा नि पहिला अघि बढ्ने उस्को चुचुरो वक्षस्थल जस्को अधैर्यता ले नेहाको रहर हरु छताछुल्ल पारिसकेको थियो,अनि पोटिला नितम्ब,जस्ले मेरो कामुक एक जोडि आँखा लाई एकछिन विश्राम दिलायो,केही भन्न खोजे जस्तो देखिने उस्को मधुर लिपिस्टिक पोतिएको अधर थरथर कापिरहेका थिए, बस केही नबोली मौन थियो ,घडिमा राती को १० बजिसकेको थियो बाहिरी वातावरण पनि सुनसान,कोहि केही नबोल्दा कानमा टि…… बजिरहेको एउटा मिथ्या काल्पनिक आवाज सुने झै हुन्थ्यो,म मा एउटा अनौठो उर्जा क्षणभरमै आइहाल्यो सोचे मेरो अगाडी भएको नेहाले दिलाएकी उर्जा हो त्यो।अरु दिन आउने, मलाइ जिस्क्याउने ,अनि जाने त्यो उर्जा लाई आज भरपुर उपयोग गर्छु भन्ने अवसरवादी सोचलाइ मनको एउटा कुनामा सुरक्षित राखे,नेहा लाई एकटकले हेरिरहेको थिए उ भने खै के नपुगे जस्तो, लजाए जस्तो हातका औला हरु छिटो छिटो चाल्ने भुइमा हेर्ने कामलाइ निरन्तरता दिइरहेकि थिइ हुदा हुँदै नेहाको र मेरो हात सङ्गै खेल्न थाले,खै कति खेर मैले नेहा लाई आफ्नो काखमा बसालिसकेछु,उस्को त्यो पोटिलो ,रसिलो अनि खाइलाग्दो ज्यान लाई म मेरो काखमा अड्याइरहेको थिए सजिलै,अरु बेला आफ्नै शरीर भारी लाग्थ्यो तर आज दुई शरीर पनि कति हलुँगो ।भलै त्यति नै वजनको केही सामान मेरो काखमा कसैले राख्थ्यो र मलाइ बोकाइन्थ्यो भने यो निश्चित हो मेरो अनुहारमा चिटचिट पसिना छुट्ने थियो तर यो त रहरको बोझ, सायद मनले बुझेर होला पसिना ले पनि अनुहार छोड्यो र ठाउँ फेरिदियो।अजिब को छ मान्छेको मन उति नै वजन बाध्यताले बोक्नु पर्दा बिरक्तिन्छ मन अनि रहरले बोक्दा खुबै आनन्द लिन्छ मन।हो म आनन्द लिइरहेको थिए…मेरा दुई हात नेहाको ढाडमा कसिलो गरि रगट्दै थिए त नेहाको औला ले पनि मेरो ढाडलाइ अछुतो राखेकी थिइनन्।हुदा हुँदै आफ्ना ती डराएर कापे झै लाग्ने अधरलाइ मेरो घाटी मा ल्याइन नेहा ले र चुम्दै मलाइ मदहोस बनाइन।
जवान उमेर,बेलुकी को समय,साथमा नव अर्धाङ्गिनी म किन पछि हट्थे र बस यत्ती भनौ म लजाइन,मैले स्पर्श गर्न उस्को शरिरको कुनै भाग बाकी रहेन र मेरो पनि कुनै त्यस्तो ठाउँ थिएन जहाँ नेहाको स्पर्श नभएको होस।हामी पग्लियौ अनायासै,हाम्रा तातो श्वास हरु पनि साटासाट भैसकेको थियो हामी दुई बाट क्रमिक रुपमा एक शरीर भयौ,मन त पहिल्यै साटेका थियौ आज शरीर साट्यौ।

कस्तो रहेछ यो आनन्द,उत्कर्ष,सन्तुष्टि भन्ने कुरा त्यति खेर केही नसम्झिने,आफू सङ्ग कहालिलाग्दो भोलि हरु लम्पसार छन तर हामी एक आनन्दमा दुबै लम्पसार भएका छौ सङसङै ।
भोलिपल्ट बिहान ४ बजे नै अर्लामले बिउझायो,हिजो को त्यो रङ्गिन रात अबको यो जिवनको एउटा युद्धको सुरुवात उफ्फ… साच्चै यो अवस्था कि नेहालाइ भगाएर जिवन्त आफ्नो बनाउनु एउटा युद्ध भन्दा कम थिएन र त्यो युद्ध साहसिक ढङ्गले लड्दै थियौ हामी सहकार्य गरेर।आफ्ना बहुमुल्य सामान हरु एउटा ठूलो झोलामा हालेर काधमा बोकि मेरो भबिस्य,पढाइ,बा को सपना,आमाको इच्छा ,उता ऋचाको एकोहोरो प्रेम सबैलाइ त्यै घरबेटी को घरमा थुनिदिए एउटा सेतो ताल्चा ले।धन्न घरबेटी लाई त्यो महिना सम्मको अग्रिम भाडा बुझाइसकेको थिए कसैको ऋण छ झै भान भएन,अब फर्किन्छु भन्ने लागेन मलाइ र अघि थुनेका हर चिजलाइ मैले करिब करिब माया मारेर हिडे। मिर्मिरे उज्यालो भैसकेको थियो तर खासै चहलपहल थिएन,
हिड्दा बेहुली अगाडी ल हिड
निस्कने बेलामा पनि नेहालाइ जिस्क्याए। र हामी लाग्यौ हाम्रो अनिश्चित गन्तव्य तर्फ,नेहा कहाँ जाने? दुबै सोचमग्न भैयो र निष्कर्ष निस्कियो पोखरा।
हामी बस चड्यौ,नागढुङ्गा बाट गाडी ओरालो लाग्यो कयौ सपना बोकेका जिन्दगी बोकेर,खयर गाडी सङ्गै हाम्रो जिन्दगी ओरालो नलागोस कामना,मन मनै सोचे
दाइ भाडा दिनुस,सहचालक बोले
कति हो हजुर?
दाइ र भाउजुको जम्मा ८००
कार्ड पनि छ हजुर
खै के सोच्यो मुसुक्क मुस्कुराएर उसो भा ७०० दिनुस भन्यो म हस भनेर आफ्नो छातीमा आडेस लागेकी नेहा लाई थोरै उठाउदै पर्समा हात पुर्याए ,निकालेर हेरे,२० का केही थान नोट सङ्गै टासिएर रहेको १००० रुपैयाँ जो निकै जोगाएर राखेको थिए आज त्यस्को दाहसंस्कार गर्नु पर्यो थोरै अस्तु फिर्ता लिने गरि।म सङ्ग सबै खोतलखातल गर्दा जम्मा ४०० बचेको भैदिए भाग्य ,नेहा लाई सोधे कति छ कान्छो तिमी सङ्ग?
उ पर्स खोतल्न थाली र सयका २ वटा नोट निकाल्दै निराश चेहराले मलाइ हेरि,कहिले पो माया नलागेको थियो र त्यति खेर झन लाग्यो कति समय कहाँ बस्ने हो ठेगान छैन,घर जाउ त समस्या छ।पढ्न शहर पठाएको छोरो हातमा सर्टिफिकेट भन्दा पहिले कुनै केटि साथमा बोकेर एक्कासि घर पुग्छ भने कुन चै बा आमाको मन नरोला र?घर जान पनि सकिन बाहिर जान खर्चको समस्या…
मुग्लिन पुग्यौ अचानक गाडी बिग्रेको खबर आयो
ल आआफ्नो सुर गर्नुस गाडी लाई समय लाग्छ…उफ्फ उता खल्ती रित्तिएको छ

यता मन पीडा, बेदना र छट्पटी ले भरिएको छ उता बाध्यात्मक सफरमा आर्थिक पहिरो गएको छ,नया ठाउँ कहाँ जाने के गर्ने केही ठेगान छैन,भलै आफू मात्र हुन्थे भने त सडक पेटिमा रात बिताउथे २/४ दिन पानीकै भरमा पनि बाच्थे तर सङ्गै मेरि श्रीमती नेहा थिइ,जहातही बस्न पनि समस्या नेपालमा काहीँ गतिलो सुरक्षा छैन अब होटल नै हो अन्तिम बिकल्प तर पैसा?घुम्ने, मस्ति गर्ने अथाह रहरलाइ बेस्सरी निचोरिदियो मेरो रित्तो खल्ती ले। जेनतेन पोखरा पुगियो खासै नगएको नया ठाउँ ,एकपटक कलेज बाट टुर आएका थियौ र बसेका थियौं होटल बाराही,लेकसाइड पोखरा।मेरा लागि परिचीत ठाउँ भनेकै त्यै नै थियो तर पक्कै महँगो छ………उफ्फ !!!

जिवनमा दुखले,रित्तो खल्ती ले धेरै कुरा सिकाउछ भन्थे हो रहेछ,मैले धेरै बाध्यता हरु बुझे,पैसाको महत्व बुझे बा को पसिना बुझे अनि फुरमासमा आमाको गाली बुझे,बिष्णुमती को किनारमा कार्टुनको पत्ताले जिन्दगी हल्लाउदै आफ्ना सपना पोल्ने आमा को बिबसता बुझे।
हर चिज बुझ्दा बुझ्दै पनि मलाइ सताइरह्यो आर्थिक भुत ले,एकजना स्कुल पढ्दाको साथी थियो कामको शिलशिलामा बाग्लुङ ,उसैलाइ फोन गरेर भएभरको दुख पोखे सहयोगको अपेक्षा सहित।आखिर साथी त्यस्तो अभिभावक जो सङ्ग परिवारका मान्छे सङ्ग भन्दा धेरै कुरा हरु सेयर गरिन्छ,रहर पोखिन्छ,नया अनुभव गरिन्छ,र परिवार बाट टाढा रहेर पनि हर समस्याको नहड्बढाइ समाधान गर्न सहयोग गर्छ साथी।उस्ले सबै कुरा बुझ्यो यतै आएर बस पनि भन्यो एकमनले सोचे जान्छु सहज हुन्छ तर अर्को लजालु मन ले साथी सङ्ग गएर आफ्नो जोडि बस्न दिएन।र मैले इन्कार गरे त्यतै बस्ने कुरा लाई,उसो भा के गर्ने त?
त एक्लो ज्यान छस अब यत्ती आएर सहयोग गर न त,मैले ठट्यौली पारामा भनिहाले उस्ले नाइनास्ती गरेन उ हाम्लाइ केही खर्च लिएर पोखरा आयो।हामी छुट्टिएर सिधै होटल बाराही पुग्यौ ।
एक्स्क्युज मि…आइ निड अ रुम थोरै अङ्ग्रेजी मिसाएर आधुनिक हुने प्रयास गरे, त्यस्तै मिजासमा हाम्रो स्वागत गरे हाम्रो केही समय को घरमा परिवार का रैथाने सदस्यले।
सर,हजुर को नाम?
नीर शर्मा ।
अनि उहाको?
नेहा शर्मा ,जोडिदिए उस्को नामको पछाडी मेरो थर
सम्बन्ध?
श्रीमान श्रीमती ।
आखिर किन सोधियो त्यहा सम्बन्ध? कहिकतै समाचार सुनिन्थ्यो यती जोडि फलानो होटल बाट आपत्तिजनक अवस्थामा पक्राउ।वाह नेपालको कानुन,बलात्कारी लाई गज्जबको संरक्षण दिलाएर समझदारी मा होटलमा बसेका जोडि समातिन्छ।खयर जे भए तापनि हामी त श्रीमान श्रीमती भैसकेका थियौ टेन्सन भएन।अहिलेसम्म खुड्किला मा टेक्दै सफर गरेको हामी लाई अब बिना खुड्किला को उकालो जो चड्नु थियो,लामो जिन्दगीको लागि छोटा योजना पनि त बुन्नु छ मागेको पैसा त कतिन्जेल टिक्छ र आखिर कमाउनु नै छ।यी यस्तै कति बाध्यताका कुरा त कति मजाकका कुराले रात पर्न समय लागेन सुतियो हामी केही अविस्मरणीय पल हरुलाइ फेरि रिवाइन्ड गरेर।भोलिपल्ट हामीले औपचारिक बिहे गर्ने निधो गर्यौ ,घुमघाम पनि गरियो फेवाताल मा डुङ्गा पनि चडियो र बिचमा रहेको तालबाराही मन्दिरमा मेरो बर्षौको रहर नेहाको सिउदो रङ्ग्याए,डुङ्गा चडेर जादा लाग्दै थियो म जन्त जादैछु घर बाट अन्मिएर तर अचम्म म बेहुली लिन जादा बेहुली पनि सङ्गै थिइन।
एक हप्ता सम्म बसेर खान पुग्ने पैसा थियो त्यसपछि जस्तो सुकै काम गरेर दुई ज्यान पाल्नु मेरो बाध्यता थियो।सुरुमै काम पनि के पाइन्थ्यो र दिन हरु जसै बिताउनु थियो नेहा को छट्पटी पनि त्यत्तिकै थियो, छट्पट पनि किन नहोस बिचरा घर छाडेर बेखबर बसेकी छे मेरै समिपमा।भोलिपल्ट हामी सारङ्कोट जाने भयौ फ्रेस हुन कै लागि ,खासै घुमेका पनि थियनौ त्यो एउटा अवसर बन्न पुग्यो हाम्रो लागी।दिनभर खुबै प्रेमिल भैयो फर्कदै थियौ हामी मेरो मोबाइल बज्यो,करिबकरिब बेखबर बसेका हामी मोबाइल बज्दा पनि झसङ्ग भए डरै डरको बिचमा मोबाइल झिके हेर्दा ऋचा को नम्बर सङ्गै भएकी नेहाको नाक खुम्चियो मलाइ मजा लागेन र मोबाइल मौन अवस्थामा राखिदिए।किन नि उठाउ न नेहा दबाब दिदै थिइ फोन सकिहाल्यो फेरि बज्यो तुरुन्तै अब चै मैले उठाइदिए,नीर जि आराम हुनुहुन्छ ?
उम ठिक छु ।
नेहा जि लाई कलेज देख्दिन नि कता हुनुहुन्छ? प्रश्न गरिन मलाइ नेहा सङ्गको सम्बन्ध उ सङ्ग खुलस्त गर्न अफ्ट्यारो लागेन र भनिदिए म सङ्गै छ।
अनि कता हुनुहुन्छ र हजुर?
हाम्ले बिहे गर्यौ हामी अहिले सङ्गै छौ,उ औपचारिकता पूरा गर्न बधाई दिदै थिइ मैले धन्यवाद भनेर टारिदिए।अनि कता नि हजुर?फेरि सोधिन मैले ढाट्न चाहिन आखिर ऋचा हाम्रो घरपरिवार सङ्ग सम्बन्धित मान्छे पनि त हैन
हामी पोखरा छौ ।
ए हस उ यत्ती बुझ्न आएकी रैछ फोन बाट जान खोजी मैले रोक्ने त कुरै भएन हस भनिदिए।
फर्कदा हामी कुनै क्याफे छिरेर खाजा खाने निर्णय गर्यौ होटलमा खाना नखाने हेतुले।
के खाने?आफ्नो पातलिदै गरेको खल्ती सम्झदै सोधे नेहालाइ
जे खाउ अघाउने खाउ सस्तो खाउ आहा कति बुज्झकी मेरि श्रीमती,मन फुरुङ्ग भयो।
दाइ ,२ प्लेट चाउमिन हामी टेबलमा मिलेर बस्यौ,खाजाको पर्खाइमा थियौ हामी ,त्यतिनै खेर कोहि मान्छे त्यो क्याफेमा छिर्यो घरी मोबाइल हेर्छ घरी हामी लाई हेर्छ,केही बोल्न खोज्छ सक्दैन यस्तै अन्योलताको बिचमै उस्ले नेहालाइ बोलायो एक्छिन यता आउनुस न…
नेहा अन्कनाइ मलाइ हेर्दै निराश भै उ क्षण भर मै,एकैछिन है भन्दै म तिर इसारा गर्दै नेहा सङ्ग गफ गर्न अनुमती माग्यो मैले मन नलाइ नलाइ हस भनिदिए।

र त्यो युवक नेहा लाइ लिएर क्याफेको दायाँ पट्टी गयो म कुरिरहे,२ मिनेट …५ मिनेट …उफ्फ १० मिनेट बल्ल आए उनिहरु,नेहाको चेहरा हेर्न लायक थिएन,अति नै भयभीत देखिन्थिन,यता मनमा आधी हुरि चलेको छ र डग्मगाइ रहेछ मेरो प्रेमिल महल।उक्त युवकले म सङ्गै बसेर बेलिबिस्तार कहन थाल्यो म सुन्न थाले…
“नेहा,यानकी हाम्रो मिसन सफल भएको छ” यति भन्दै उस्ले नेहा तर्फ इसारा गर्यो ,कस्तो मिसन? के मिसन? के नेहा लाई उस्ले फलो गरेको हो?को केटा हो उ कतै उस्लाइ माग्न जाने केटा त हैन?फेरि सहयोग गर्छु भन्थ्यो यहाँ भाजो हाल्न नआउनु पर्ने त्यै अगाडी नेहालाइ सोध्ने वातावरण पनि रहेन ,नेहाको मलिन चेहराले म सङ्ग सामिप्यताको भिख मागिरहेको थियो र मैले पनि मन दिएको थिए,तन एक अपरिचित अनि शंकास्पद ब्यक्ती सङ्गै राखेर।नीर जि,हामी नेहा लाई लिन आएको म झसङ्ग भए कसरी थाहा भयो मेरो नाम?सोध्न मन लाग्यो,तर सोधिन,आफ्नो नवदुलही लाई लिन कोहि हामी बेपत्ता भएको ठाउमै खोज्दै आएको छ भने उ पक्कै आफ्नो पन्जाको मान्छे हैन। उ बोलिरहेको छ म सुनिरहेको छु,
“नेहाको परिवारले मान्छे हराएको भनेर हाम्रो पुलिस प्रशासन मा उजुरी दिनु भयो,म झसङ्ग भए उस्को त्यो हाम्रो पुलिस प्रशासन शब्दले,उ त पुलिस पो रहेछ सिभिल ड्रेसमा हिडेको,
नेहाको बारे बुझ्दै जानू भयो हाम्रो उहाका साथी हरु उहाको कलेज पुग्नु भो केही दिन देखि अनुपस्थित देखियो साथी हरुलाइ सोधियो र केही कुरा पत्ता लगाइयो,नेहा जि को कलेज बाटै थाहा भयो कि तपाईं हरु पोखरा हुनुहुन्छ ,र त्यहाको प्रशासन ले हामीलाई यो तस्बिर सहित एउटा जिम्मेवारी थमायो र म तपाइहरुलाइ लिन आएको हिड्नुस चौकी सम्म”
छाङ्गा बाट खसे जस्तो भए के बोलौ के नबोलौ जस्तो एकदमै छट्पटी भयो,भलै उ पुलिस नभएर सर्वसाधारण मान्छे थियो भने मेरो बहादुरी देखाएर पक्कै म त्यहा बाट टाढा जान सक्थे तर पुलिस लाई त्यो हर्कत गर्नु भनेको आफू झन लफडामा मुछिनु हो भन्ने बौद्धिक निर्णय तुरुन्तै लिए।तैपनी प्रश्न गरे के गल्ती भयो र सर हाम्रो चौकी सम्म जानू पर्ने?कुरा क्लियर छ नेहा लाई खोजेर ल्याउन को लागि उहाको परिवारले हामी लाई जिम्मा लगाउनु भएको छ हामी आफ्नो ड्युटी गर्दै छौ,त्यसैले तपाईं चुपचाप चौकी जादा नै तपाइको भलाइ देखिन्छ उस्ले बोलिमा थोरै अलकत्रा मिसायो अलि कडक।मैले नेहा लाई बलात्कार गरेको हैन सर हामी राजी खुसी बिहे गरेका हौ यस्मा फेरि बाह्य हमला? मेरो पनि प्रेसर बढ्यो सायद बोलिहाले।सा……ले अर्काकि छोरी भगाएर हिड्छस अझै ठूलो स्वर?माफ गर्नुस सर मैले अर्काकी छोरी भगाएको हो #अर्काकी_श्रीमती भगाएको हैन र यो काम हामी दुबैको खुसी सङ्ग प्रत्यक्ष जोडिएको छ।बढी जान्ने नबन खुरुक्क हिड मामाघर …उस्ले आफ्नो बोली मा अझै बढी अलकत्रा थप्यो। म चुपचाप रहन बाध्य भए र जे त पर्ला भनेर हामी त्यो छुच्चो पुलिस सङ्गै गयौ उस्ले कता लान्छ त्यतै।नेहा खुबै डराएकी थिइ उस्लाइ अङ्गालोमा राखेर चिन्ता नलिउ केही हुन्न म छु नि तिम्रो भन्ने मन थियो तर त्यो असम्भव प्राय कमसेकम पुलिसको सामु।पुलिस चौकी,रिसेप्सनमा नाम दर्ता गराएर लगियो हामीलाई अझै भित्र,भित्र एकजना जुङ्गा पालेका ,मोटो मोटो हेर्दै डर लाग्दा मान्छे पुलिसकै ड्रेसमा कुर्सीमा बसिरहेका थिए हामी सङ्गै जाने ब्वासोले,”अघि काठमाडौ बाट आएको केस सर मैले पूरा गरे”भन्दै सलाम ठोक्दै खुट्टा भुइमा बजार्यो,मलाइ भने आफ्नो खुट्टा त्यो भन्दा बेस्सरी उस्कै खप्परमा बजार्न मन थियो तर रहर रहर मै सिमित भयो।अक्सर मेरा कयौ रहर हरु त कहिल्यै पूरा नहुने र फ्यालिने रहरको पोकामा थुनिएको थिए यो रहर कसरी पूरा होस।
बैँस भरियो है? त्यो मोटे पुलिस बोल्यो,उस्को मुखमा हेर्न समेत मन लागेन
बा आमा ले जस्लाइ जिम्मा लाउछन उ सङ्गै गर्नु नि मोज मस्ती आफ्नो हैकम चल्छ?अलकत्रा भन्दा अझै कडा चिज मिसिएको थियो उस्को बोलिमा अति कडा।साला एउटा पदमा बसेको घोर्ले कुकुर आफुले कहाँ कहाँ कस्तो हर्कत गरिस,कतिको छोरी भनिनस,कति को श्रीमती भनिनस,कति को दुख बुझिनस कति को ब्यथा बुझिनस ती सबै सबैको श्राप संकलन गरेर बसेको छस अझै प्रश्न गर्छस?अझै खबरदारी गर्छस हामीलाई?यस्तो भनेर एकपटक उस्लाइ बेसरी झपारे मन मनै केही नबोली ।मैसापको परिवार आउनुहुन्छ भोलि,त्यतिन्जेल तिमी हरु खोर भित्र बस्नु छुट्टाछुट्टै ,साला सङ्गै भएको आरोपमा जेल सम्म आइपुग्नु पर्यो अझै सङ्गै हुन नपाउने,सङ्गै हुन्छौ दुखसुख सङ्गै भोग्छौ ,के पाइदैन?मनमा क्रोध फैलियो।तर नम्र वचन नहुने ठाउमा हाम्रो भावनात्मक बिचारको के काम?
समयले पर्खियन हामी छुट्टाछुट्टै कारागार भित्र हुलियौ,सपना जस्तो लागिरहेको थियो त्यो सब।मनमा अनेकौ जवाफ बिहिन सवाल हरुले खैलाबैला गरिरहेका थिए,आँखा हरु नचाहेरै रसिला थिए,नेहा बिचरी एक्लै छे उता कमसेकम सङ्गै भएर अङ्गालोमा बेरिन पाए पनि केही हद सम्म पीडा कम हुन्थ्यो होला उफ्फ कस्तो कर्म ।

नेहा लाई सम्झिदै गर्दा रसाएका आँखा चुहिए,आँसु बगेर दाह्री को सिंचाइ गर्दै थियो मैले पुछ्न पनि चाहिन मेरि श्रीमतीको याद आँखा बाट बगिरहेको छ त्यस्लाइ पुछेर आफ्नै मनलाइ अन्याय गर्न मन लागेन।बिचरी नेहा के गर्दै होलि,मलाइ भन्दा बढी पिर त उसलाई छ नि,सारा संसार छाडेर म सङ्ग आएकी थिइन अनि फेरि म सङ्गको साथ छुटाउन सारा संसार लागेको छ।दुनियाँ एकातिर अनि म एकातिर रहेर ठुलै षडयन्त्र को खेल हुदैछ थाहा छैन नतिजा कस्को पोल्टोमा पर्नेछ।
स्यार्‍र
केही घिस्रीएको आवाज आयो मैले मुन्टो उठाए,
ओए स्त्रीलम्पट,पिरती ले मात्र अघाउछस कि भात पनि घिच्छस?देशको सुरक्षा गर्न भनी सरकारले बर्दी पहिर्‍याएको एक सिपाही कडा आवाज सहित मेरो अघिल्तिर देखा पर्यो,हेर्दैमा रिसाहा झगडालु स्वभावको उ बोली त्यस्तै।अक्सर मान्छे हरुलाइ आफ्नो घमण्ड ले त्यो व्यबहार सिकाउदो रहेछ नत्र त उ पनि हामी जस्तै मान्छे जो थियो किन आएन अलिकती पनि भावना? किन बुझेन कारागार भित्र बस्नु पछाडीका बिबशता हरु?खयर जे भए तापनी उस्को एकाधिकार थियो उ ठूलो थियो हामी त एक कैदी न थियौ।
बेसार पानी उमालेर त्यही झोलमा केही अर्धपाकवान चामलका गेडा डुबाएर दाल भात भन्दै मेरो अघि थाल राखिएको थियो।आमाको मीठो हात, हसिलो अनुहार अनि मलाइ गर्ने प्रेम झल्झल्ती सम्झिए त्यो खोर भित्र,आँखा ओभानो हुन मानेनन् ।अनि उस्को बचनले मलाइ चुपचाप बस्न पनि दिएन,
“अलिकति सभ्यताको पाठ पढ्नुस महासय,भलै केही आन्तरिक कारणले यहाँ आइपुगेका मान्छे सबैलाइ आफू भन्दा तल नदेख्नुस,आफ्नो परिचय आफैले बनाउने हो यस्तो व्यबहारले तपाइको बर्दी माथी प्रश्न उठ्न सक्छ” चढ्दो आवेगमा म यति बोलिहाले।सुरक्षाकर्मी माथी जवाफ लगाएको आरोपमा म फेरि थप अपराधी ठहरिए।
उनिहरुले जे पनि भन्न पाउने ज्यादती गर्न पाउने अनि हामिले वास्तविकता पनि बोल्न नपाउने वाह मेरो देशको कानुन।धिक्कार लाग्यो आफैलाइ।
तीन वटा विकल्प थियो त्यहा कि खा कि खिच कि भोकै बस,त्यहाको खाना, व्यवहार सबै नियाल्दा मैले भोकै बस भन्ने विकल्प रोजे।हुन त त्यो आफ्नो घर हैन,अपराधी राख्न बनाइएको ठाउँ हो, गतिलो भएन भनेर गुनासो गर्ने ठाउँ पनि रहेन।बाहिर रात परिसकेको छ,सबैतिर सुनसान छ, सेती नदि सुसाएर बगे झै मेरो मन सुसाएर आँसु बग्दै छन।बा ले खाइ नखाइ बनाएको गाउँ को घर,महिनैपिच्छे पैसा बुझाउदै केही समयलाइ किनेको काठमाडौको घरबेटीको घर,बा को प्रेम आमा को स्नेह साथी सङ्गी सङ्गको हासखेल यी सबै दृश्य हरु मैले कारागार भित्र थुनिएको आँखामा देखे,देख्नु को अर्थ भेटिन त्यो मानवता गुमेको ठाउँ मा र त्यै आँखा बाटै बगाइदिए सबै भावना आँसु बनाएर।मैले शब्दमा उतार्न सक्दिन रातको पीडा,बेचैन छट्पटी,अरुले भनेको मात्रै सुनेथे आज अनुभव गरियो जेल को।
भोलिपल्ट बिहानको करिब १० बजे नेहाको परिवार पुगे ,कुन मान्छे परिवारको कुन सदस्य हुन थाहा थिएन मलाइ तर पनि हाम्रो खोजी गर्ने नेहाको परिवार नै हुन भन्ने पक्का भयो।उमेर अन्दाजी ५० बर्ष,खिरिलो ज्यान,सर्ट पाइन्ट चिटिक्क मिलाएर लाएको ,शिरमा ढाका टोपी ,कलर गर्नु पर्ने बेला भएको दाह्री फालेर केही अंश मात्र बाकी रहेको जुँघा अनि क्रोध मिश्रित नजर,जुन नजरले मलाइ “पख” को भावले नियालिरहेको छ।अर्का एकजना,हेर्दा २८/३० बर्षका जस्ता देखिने,अग्लो अग्लो ,ज्यान भने पातलै थियो गाला चिल्लो च्यापुमा केही गन्नै सकिएला जस्ता दाह्री का ठुटा,चुच्चो नाक,अनि नजर उस्तै क्रोध मिश्रित ,अर्का थिए अलिक पाकै ६० नागेको थिए सायद,देख्दा भलाद्मी ,पहिरनले पनि त्यस्तै जनाउथ्यो,उसको नजरमा के छ पत्ता लगाउन सकिन,के गर्नु पढाइ अलग पर्यो,कमसेकम मनोविज्ञान पढेको भए बुज्ने थिए होला,खयर जे भए तापनि वास्तविकता सङ्ग पौठेजोरी त खेल्नु नै छ,ती जुङ्गा वाला नेहालाइ हेर्दै ‘परिवारको खुशी बुझ्न सकिनस है? भनेर कुर्लिए नेहाको नजर भुइ बाट उठ्न सकिरहेको थिएन,म पनि कहाँ उच्च शिर लगाउन सक्थे र लुकिलुकी कसैले चाल नपाउने गरि नियालेको मात्र।’अनि तपाईं महासय नि?,के अर्काको छोरी लिएर बेखबर बस्ने?सन्तान प्रति को प्रेम के हो,तपाइको बा आमा सङ्ग गएर सोध्नुस् या त पछि थाहा पाउनुहुनेछ उ मुर्मुरिरहेको छ म चुपचाप छु,उस्ले फेरि थप्यो, ‘अलिकता पनि मानवता छैन?’ भलै म त बा आमा लाई सोधौला सन्तान प्रेम के हो भनेर तर तपाईं मुना मदनलाइ सोध्नुस,रोमियो जुलियट लाई सोध्नुस प्रेम के हो यस्को गहिराइ कति छ भन्ने कुरा, तपाइको छोरी बलजफत ल्याएको हैन,यदि हो भने मेरो कारबाही को पक्ष मा म आफै उभिनेछु,हामी बर्षौ देखि प्रेम गर्थ्यौ यो साथ दुबैको चाहना र सहमती हो,अनि के अरुको खुसीमा आफू रमाउनु भन्ने भाव मानवताको परिभाषा भित्र अट्दैन? सोध्न मन थियो तर मन मारे त्यतिकै बस केही नबोली बसिरहे,अनेकौं छेड हान्ने शब्द वाण हरु खेपेपछी नेहा मलिन स्वरमा बोली सरि बाबा,उम बल्ल थाहा भयो ती जुघे बुडा अरु कोहि नभएर मेरा ससुरा रहेछन।ससुरा पनि के भनौ अनेक गाली जो दिइरहेका थिए,अब नेहा सङ्गको साथ त के आफ्नो एक्लो अनि सहज जिवनको समेत कल्पना नगर्नु ,त्यो लुरो केटो बोल्यो,के भन्न खोज्यो राम्ररी बुझ्न सकिन,कुरो त जसै बुझ्नु थियो उस्को त्यो धम्किको शैली ले पनि मलाइ कुरा खोतल्न मन लाग्यो,भलै वास्तविकता जे होला तर कल्पना त जस्तो पनि गर्न पाइन्छ नि मैले उत्तर दिए,
“आज सम्म मेरि बहिनी सङ्गको साथित्वको अन्त्य म दुश्मनी बाट गर्ने छु,जोगिएर हिड्नु”अर्को तथ्य थाहा भो त्यो लुरे अरु कोहि नभएर मलाइ भन्न मन नलाग्ने जेठान परेछ।
।नेहा लाई जबर्जस्ती घर लाइजाने कुरा बुझे मैले चाहेर पनि रोक्न सक्ने अवस्था थिएन मेरो,उता दाइ सङ्गको चर्को संवाद ले दुश्मनी निम्त्याइसकेको थियो नेहाको अनुहार निकै मलिन थियो उ अनुनय गर्दै थि प्लिज झगडा नगर्नु भनेर बस मनमनै उस्का आँखा हरुले मलाइ अथाह प्रेम गरिरहेकी थिइ,आखिर मेरि श्रीमती भैसकेकी थिइ उ। दाइको त्यो ट्वारट्वार आवाजले मेरो दिमाग खल्बल्यायो,उस्को त्यो जोगिएर हिड्नु शब्दले म भित्रको पुरुषार्थ बेस्सरी उम्लियो ,यदि हामी खुल्ला ठाउँ मा थियौ भने जे पनि हुन सक्थ्यो तर हामी पुलिस को अगाडि थियौ,तैपनी बोले कसैलाइ औला उठाएर खबरदारी गर्नु पुर्व बाकी औंला आफै तिर फर्किएको छ भन्ने कहिल्यै नभुल्नु,मत्लब के गर्छस,उस्ले त भनेर सम्बोधन गर्यो तर म सम्यम भए सम्बोधन को बिषयमा र भने

म जोगिएर हिड्न परुन्जेल तपाईं पनि खुलस्त नहिड्नुस,यो मेरो चेतावनी यति बोले,रिसाहा अनुहारले मलाइ सुनेपछि थोरै केही लत्रीए जस्तो लाग्यो, हाम्रो संवाद पुलिसले मजा सङ्ग सुनिरहेका थिए।उनीहरु मध्यस्थता भएर हाम्रो विवाद टुङ्याउन खोजे आखिर उनिहरुको कुरा नमानेर पनि त सुख थिएन।कुनै पक्ष बाट पनि यी यस्ता धम्किका भाषा आउनु नहुने र आगामी दिनमा यस्ता कुरा नगर्ने सर्तमा हात मिलाउन लगाइयो।म अपराधी जो थिए उनीहरुको नजरमा जे भन्यो मान्नै पर्ने हस भनेर हात उठाउन खोजे हात निकै गह्रौं भयो लाग्थ्यो त्यति खेर शरिरको सम्पुर्ण बोझ हातले नै बोकिरहेको छ,बोझिलो हात अगाडी बढाएर पुलिसको पन्जा बाट फुस्किनकै लागि देखावटी सहमति गरिदिए मैले मेरो दुश्मन सङ्ग।कमसेकम हामी दुई को विवाद त टुङियो क्षणभरको लागि तर हामी सबैको विवादको कुरा थियो नेहा र मेरो सम्बन्ध,
जे नहुनु भैगो अब नेहा लाई बिर्सिनु ,नेहाको बुवा ले मलाइ इसारा गर्दै बोल्नु भो
तपाइँ तपाईंको श्रीमती लाई बिर्सिदिनुस न त ।
मनमा तत्काल जवाफ आइहाल्यो तर घाँटी सम्म ल्याएर अड्काएर राखे।
जति नै प्रयास गरे पनि यो सम्भव थिएन कि मैले नेहा लाई लिएर त्यहा बाट उम्किन्छु,के भनौ अब यो परिस्थिति लाई?चोखो मायाको हार?,कि जवानिको सजाय?,कि घरपरिवार को श्राप?जे भने पनि जसरी परिभाषित गरे पनि हामी दुखी भयौ हाम्ले आफ्नो जीवन हार्यौ,के जिउन नै छोड्नु लाई मात्र जीवन देखि हार्नु भनिन्छ र?जिवनको महत्त्वपूर्ण परिक्षा मा असफल हुनु पनि त जीवन देखि हार्नु हो नि।
ल तपाइहरु जानुस उ केटा अझै केही दिन हामी सङ्गै हुन्छ,बाक्लो जुँघा पालेको हवल्दार बोल्यो,मलाइ रिस उठ्यो।बिना गल्ती कारागार आइयो यदि गल्ती नै थियो भने पनि दुबैको हुदोहो मैले नबुझेको कि प्रशासनले यो कुरा?के आफ्नो परिवार आएपछि बिना रोकतोक रिहा हुने हो?त्यो नै हो भने त म धेरै समय बस्नु पर्थ्यो त्यो नर्कमा,किनकी बुवा ममिको नजरमा म यति खेर काठमाडौ बसेर आफ्नो उज्ज्वल भविष्यको लागि किताबी पाठ पढ्दै थिए तर वास्तवमा छोरो यता जीवन र भोगाइका तिता कथा पढ्दै छ अनि त्यस्तै ब्यथा भोग्दै छ।
अनि म?कहिले सम्म बस्ने ?सबैको सामु प्रश्न राखे,त्यो निर्णय हाम्रो हो अपराधी को चाहना अनुसार हामी चल्दैनौ,अपराधी को चाहना त यहाँ सम्म आउने नै हुदैन नि उ कड्कियो,नेहाको परिवारले पनि उस्लाइ सपोर्ट गरे हो मा हो मिलाएर, नेहा अब छिट्टै #अर्काकी_श्रीमती हुदैछे भुलेर पनि उस्को बाटोमा नआउनु,मेरो अर्धससुरा बोले,के केही समय मात्र मेरा ससुरा भएपछि अर्ध भन्न नमिल्ला र?,बिचरी नेहा बरबर आँसु झार्दै थिइ,अस्ति सम्म आफ्नो अङ्गालोमा बेरिएर माया गर्ने नेहा,जस्को आँखामा मैले आफ्नो संसार भेटेको थिए,आफुलाइ त्यही समाहित गराएको थिए अनि आफ्नो जीवन देखिने आँखामा आँसु देख्दा मन कुडिएर आयो, नेहाको हातमा समातेर उनिहरु त्यहा बाट निस्कनै लागि ,नेहा डाको छोडेर रोइ म तिर झम्टी झम्टी ,उस्ले आफ्नो तवर बाट खुबै जोड गरेकी थि मेरो अङ्गालोमा आइपुग्न तर ती जीवन भाड्ने परिवारको अगाडी उस्को केही लागेन,पाइला अगाडी कोहि द्वारा घिसारिदै छ,टाउको म पटि फर्किएको छ ,आँखा हरु असारे झरी झै बर्सिरहेका छन,ती रसिला आँखा ले जीवन बोलिरहेको छ मनको पीडा ओकलिरहेको छ आँसु बनाएर,सङ्गै हुन मन छ भनिरहेको छ अनि तिम्लाइ कहिल्यै बिर्सन्न भनिरहेको छ केबल मौन रहेर,हुनु पर्छ ती सबै भनाइ अनि भावना हरु उस्ले म भए नजिकै खसालेकी छे आसुमा मिसाएर।म अवाक छु ,फेवा ताल झै टिलपिल मेरो आँखा ड्रेभिज फल जसरी ओर्लिदै थिए यो बिरानो संसारमा,मन सुसाएको छ मैले मुख टपक्क पारेको छु ओठ टोकेर,आँसु झरेको कसैले नदेखुन भनेर थोरै निहुरदै टिसर्ट को बाउला यानकी पाखुरा आँखा मा दलेर आसुलाइ केही हद सम्म लुकाए ,आँखा त रसिला नै थिए तर बग्न रोकाए मैले जसोतसो तर मनमा पीडा हरु ,दुख हरु अनवरत बगिरहेको छ त्यो सङ्गै मेरा चाहना, जिवनका सपना ,बा का रहर सबै सबै एकैपटक बग्दै छन ।म कसरी बयान गर्न सक्छु त्यो पल जुन पल मेरि श्रीमती मेरो आखै अगाडी कसैले खोसेर लगेको छ।

नेहा पर पुगि नजरले धानुनुन्जेल उस्लाई नजरमा नै कैद गरे उस्लाइ म अपराधी मान्दिन र कोमल मनको छु त्यसैले सायद चाहेर पनि उस्लाइ नजरमा कैद गरिरहन सकिन उ टाढा भै मेरो जीवन बाट नाइ नाइ उ भै हैन उस्लाइ टाढा बनाए मेरो जीवन बाट।थुइक्क नेपालको कानुन😏😒यदि मलाइ नरोकिदिएको भए त हामी छुट्ने दोबाटो सम्म पछ्याउँदै जान्थे होला नि जिन्दगी भर सङ्गै हुन त दिएन दिएन एकैछिन पिछा गर्न पनि दिएन मलाइ मेरो देश नेपालको अन्धो कानुनले,हैन हैन अन्धो त कसरी भन्नू अन्धो नै थ्यो भने जो आए पनि नेहालाइ समेत छुटाउदैन थ्यो,यो कानुन अन्धो हैन रहेछ यो त एउटा मात्र आँखा फुटेको कानुन रहेछ।त्यहा रहुन्जेल पुलिसको गाली,प्रतिउत्तर गर्यो भने कुटाइ,हेपाइ,नैतिकता बिहिन व्यबहार यो सब मैले भोगिरहे बस चुपचाप सहिरहे।मलाइ कता कता हासो लाग्यो साला…मन पराए,माया गरे,अनि सहमतिमा बिहे गरे ,पन्चरात मनाउन ससुराली जानू पर्ने समयमा जेलको चिसो छिंडीमा छु,फिस्स हासे,यस्तो पिडाको बिचमा पनि म हासे?ओहो म त पागल भएछु,हो म पागल, माया ले बनाएको पागल।दिनहरु अति कष्टकर सङ्ग बिते,१० दिन पछाडी मात्र म त्यहा बाट रिहा भए,मलाइ आफ्नो जिन्दगी जिन्दगी जस्तो लागेन,आफ्नो मत्लब राख्न छाडे,जतिखेरै नेहा मेरो सम्झनाको बस्तीमा आएर झस्काइ रहन्थि म उस्लाइ अङ्गाल्न खोज्थे अनि पो झसङ्ग हुन्थे ओहो यो त कल्पना रहेछ,सपना रहेछ एक अधुरो सपना।मलाइ पढाइ को मत्लब लागेन,सबै कुरा हरु लाई करिब करिब माया मारेर नेहाको साथमा छोडेको कोठा फर्किन मन लागेन,यो निश्चितै हो त्यहा मलाइ नेहा को सम्झना,सङ्गै बिताएको त्यो रङ्गिन एक रात अनि हर क्रियाकलापले मलाइ सहज हुदैन र अन्त्यमा मैले काठमाडौ मेरो पढाइ अनि उज्ज्वल भबिस्यको बाटो बन्द गरिदिए काठमाडौ नजाने निधो गरे र लागे बाग्लुङ मा भएको साथी तर्फ।

काठमाडौ नजाने निधि गरे र लागे बागलुङ मा भएको साथी तर्फ,स्वयं जिन्दगीले मलाइ घात गर्यो छलकपट गर्यो तर म त्यस्तो गर्दिन होटल गए बेचैन मन लिएर,त्यहा सोध्दै थिए भाउजू खै त?त्यो प्रश्नले मेरो टिलपिल भएका आँखा चुहिए,खै के सोचे म नबोली माथी गए,एउटा ब्याग थियो केही सामान भएको त्यो उचालेर निस्किन लागे,केही समय अगाडी हामी त्यहा रमाएको दृश्य आँखा बाट हट्न मानेन मेरो मन असाध्यै भारी भयो एकै छिन हामीले आफ्नो शरीर साटेको बिस्तारामा घोप्टो परेर रोए,आखाको डिल सुनिए तापनी मन केही हद सम्म हलुका भयो र तल झरे रिसेप्सनमा,बिल मागे,अहिले सम्म कहाँ बेपत्ता?न फोन लाग्छ?सोध्दै थिए यस्तै पर्यो…बस यत्ती बोले बिल बुझाए र निस्किए।
निस्किना साथ साथीलाई फोन गरेर भने,म तनावमा छु यार लिन आइज न ।
ओ तिमीहरु आउछौ?के को तनाव नि तनाव नलिग,म धेरै खुसी छु नीर तिमीहरु आउने खबर ले अं साच्चै सुन न एउटा कुरा…
बिचरा उस्ले मलाइ तिमीहरु नै देखिरहेको छ के थाहा उस्लाइ म एक्लो भएको कुरा, अलिक दिन अगाडी स्वयं देखेरै गएको थियो हाम्रो नवजोडि
उम के हो भन
म आज निकै ब्यस्त छु यार बसपार्क गएर गाडी चढेर आइजो न
होर हुन्छ नि त,म गाडी बाट झरेर फोन गर्छु।
मेरा लागि नितान्त नौलो शहर पोखरा सोधपुछ गर्दै बाग्लुङ बसपार्क पुगे,परिवेश अत्यन्तै फरक पाए त्यहा मेरो बेचैन मन र त्यहाको परिवेश ले मेल खाएन सायद, म फ्रेस थिए भने एकैछिन नियाल्थे होला त्यो नौलो ठाउको अचम्मको माहोल,काठमाडौ को ठमेल,रत्नपार्क को साझपख को चहलपहल भन्दा अझै खुल्ला चहलपहल देखिन्थ्यो त्यहा गाडी कुन के केही था थिएन सोधेर जान सकिन्थ्यो समस्या त थिएन तर म के गरौ भन्ने निर्णय लिनै सकिन अनिर्णित भए ,एक्लो भए ,बेसाहरा भए
दाइ चुरोट दिनु न एउटा
कुन चुरोट भाइ?पसले दाइ बोल्नु भो ।
कुन कुन अब के था मलाइ कुन चुरोट ,चुरोट भन्या एउटै जस्तो लाग्थ्यो त्यस्को नि धेरै नै ब्रान्ड हुने खै ब्रान्ड पिच्छे स्वाद फरक हो कि के हो था थिएन,वरपर यत्रतत्र फ्याकिएको चुरोटको बट्टामा पुग्यो नजर सुर्य लेखिएको थियो मैले हतपत बोले
सुर्य दिनुन ।
चुरोट मुखमा च्यापे,नजिकै भएको लाइटर बाले मेरा पीडा हरु जलाउनको लागि र ओठ नजिक पुर्याए। त्यो ज्वाला ले पहिला मन सल्कियो अनि चुरोट ।कुनै दिन नेहाको ओठबाट थुतेर एस्ट्रेमा झोसिदिएको चिज आज प्यारो ठानेर ओठमा राख्दै छु,जिन्दगी जिउन समयले सिकाउछ जसोतसो।
कति धुवा घाँटी हुँदै तल सम्म ओर्लिए फोक्सोलाइ कुरुप बनाउन अनि कति धुवा मेरो नियन्त्रण भन्दा बाहिर गयो,भित्रिएको धुवा देख्न सकिन बाहिरिएको धुवालाइ नियालिरहे,एउटा छुट्टै अस्पष्ट आकृति बनाउदै उ माथी तिर जान हतारिदै थियो,खै के सुर चल्यो मुखमा भएको रहलपहल धुवा र केही श्वास खर्चेर त्यै धुवा लाई निशाना बनाउदै फेरि फुके,त्यो बन्दै गरेको आकृति भङ्ग भयो, धुवा तितरबितर भयो,हाम्रो सम्बन्ध पनि त यस्तै भयो आफ्नै सुरमा छाडिदिएको भए जिवनको छुट्टै लय हुन्थ्यो त्यो लयमा हामी रमाउथ्यौ ,खुसिका रंग हरुले सजिन्थ्यो सायद जीवन तर यहाँ मैले दोहोर्‍याए फुकेको जस्तो कसैले धक्का दियो हाम्रो सम्बन्धमा,र मेटिए ती कोरिदै गरेका खुसी का रेखा हरु,भङ्ग भयो बहुत मेहनत ले सृजना गर्दै गरेको त्यो सुमधुर लय।र हामी पनि त्यो धुवा जस्तै तितरबितर भएका छौ,तुरुन्तै नेहालाइ फोन गरे ।
उफ्फ म पागल,मेरो सर्वस्व तिमी हौ भनेर काठमाडौको मेरो कोठामा एक डुङ्गुर फोहोर भएको ड्रस्ट्बिन मा फ्याकिसकेकी थिइ उस्ले सिमकार्ड,मनको मान्छे लाई फोन गरेको नचिनेको केटि ले स्विच अफ भने पछी पो सम्झिए त।उफ्फ अब कसरी कुरा गर्नु नेहा सङ्ग?मोबाइल छैन सन्जाल बाट बाहिर छे ,चिन्ताले सताइरह्यो, चुरोट तान्ने धुवाँ उडाउने काम निरन्तर भैरहेको छ,प्रत्येक सर्को मा धुवा सङ्गै पीडा ब्यथा उडाउन खोज्छु तर अफसोच निलिन्छन ती पीडा हरु भित्र मुटु सम्म गाडिने गरि ,म एउटा पागल कुनै पसल अगाडी बसेर धुवा सङ्ग जिन्दगी दाज्दै थिए,ओठ छ्वास्स पोल्यो साला…चुरोट त सकिसकेको रहेछ।
चुरोट सल्कियो —- मान्छे जन्मियो ।
तान्दै गर्यो—जीवन भोग्दै गर्यो,समय सङ्ग यात्रा गर्दै गर्यो ।
आगो फिल्टर सम्म आइपुग्यो—मान्छे बूढो भयो ।
एस्ट्रेमा झोसियो—मान्छे चिहान पुग्यो आफ्ना बाकी रहर हरु बगरमा बिस्कुन लगाउन कै लागि।
चुरोट र जिन्दगी तुलना गर्न मन लाग्यो चित्त बुझ्यो,त्यस्तो असर केही भएन उल्टो मजा लाग्यो मलाइ,एक बट्टा चुरोट किनेर ब्यागमा राखे र गाडी चढेर लागे बाग्लुङ ,साथी लाई फोन गरे हामी भेट भयौ र गयौ उस्को कोठामा
भाउजू खै त?बाटो मै सोधेको थियो ।
कोठामा गएर भन्छु ।
नौलो ठाउँ एक्लै छोड्न नहुने
उ हामीलाई प्रेम गर्दै थियो बोली ले जनाइरहेको थियो साला हाम्रो जोडि लाई प्रेम गर्ने त सिर्फ उ नै रहेछ नि आखिर साथी भनेको साथी हो।मैले बाटोमै चुरोट सल्काए लखरलखर हिड्दै,उस्ले पनि माग्यो ।
अरे त पनि खान्छस?
किन तेरो लागि मात्र बनेको होर चुरोट ?उस्ले मजाक गर्यो ।
नाइ नाइ कसरी सिकिस? कि मैले जसरी?सोधे ।
सङ्गतले उस्ले छोटो उत्तर दियो,दारु पानी चल्छ?सङ्गै प्रश्न गर्यो ।
चलाको छैन नचलाइ बस्दिन ।
के भन्छ?बुझिन नि?नजानिदो निधार खुम्च्याउदै बोल्यो उ,
त भएको ठाउमा आएको छु बिष ल्याए नि खान्छु तैले खाएको कुरा।जादैमा रक्सी लिएर गैयो, कोठामा पुगेर केही सितनको जोहो गर्यो उस्ले र मैले आज रक्सी पनि खाए।
रक्सी र चुरोटको जन्मोत्सव आज कमसेकम मेरा लागि।
ट्याङ्ग…
कोठामा भएका स्टिलको गिलास ठोकाउदै हामिले चियर्स गर्यौ,एक दुई घुट्का खाए पछि उस्ले नै कोट्यायो भाउजू कहाँ त अहिले?
मैले नेहालाइ भेटेको,बोल्न नसकेको,हिम्मत गरेको,नजिक भएको,प्रेम भएको, देखि उसैलाइ बोलाएर पोखरा भेटेको दिन देखि आज सम्मको सबै कहानी सुनाएं,मुख बाट सराब पिइरहेको छु अनि आँखा बाट पीडा हरु बगाइरहेको छु,त्यति खेर मेरो ज्यानमा तरलको मात्रा सन्तुलित थियो यानकी मैले जति नै रक्सी खाए मात्रामा भन्ने हो भने त्यति नै आँसु खसाले,साथी सम्झाउदै थियो बिचरा उस्ले पनि के गरोस् यो बिपतमा बस सान्त्वना दिने बाहेक।ऋचा को कुरा पनि सबै सुनाए,उस्ले ऋचा लाई गलत भन्यो यो अर्थमा कि पक्कै पनि पोखरामा तिमी हरु समातिनुको प्रमुख कारण ऋचा सङ्गको तेरो फोन संवाद हो भनेर,मलाइ पनि झोक चल्यो बादरले आफ्नो घर पनि बनाउदैन अरुको घर पनि बन्न दिदैन हो ऋचा ले आफू सङ्ग सम्बन्ध को सम्भावना नदेखेपछी हाम्लाइ समेत टिक्न दिइन,मान्छे हरु यति सम्म स्वार्थी हुदारहेछन।आखिर दोष उस्को मात्र त कहाँ होर?त्यत्रो पुलिस प्रशासन लागेको छ उस्ले केही नभनेपनी हामी जसै फन्दामा पर्ने नै थियौ।यो नशा भन्ने कुरा पनि अजिबको रहेछ यार,के के हुने,हुन त नशा लागेको मान्छेलाइ के थाहा के हुने।कहिले पीडा को नशा त कहिले सरावको नशा अनि कहिले धुवा को,म मस्त नशा मा थिए मेरा बोली मा केही फरकपन आइसकेको थियो,केही लर्बरिए जस्तो भान आफैलाइ भयो।चुरोट त पहिलो दिन पिएको थिए तर आफ्नै व्यबहार हेर्दा लाग्थ्यो चुरोट सङ्ग मेरो पुरानो अटुट मित्रता छ मैले ल्याएको एक बट्टा चुरोटमा बस २ वटा चुरोट बाकी छ अब।पीडा हरु ओकल्दा ओकल्दै फेरि मलाइ केही धुवा निल्ने रहर जाग्यो र चुरोट सल्काए त्यति नै खेर फोन बज्यो हेरे बुवा को नम्बर ,बुवाको नम्बर रातको ११ बजिसकेको छ म झसङ्ग भए,लागेको नशा पनि आधाउधी कम भैहाल्यो क्षणभरमै,कस्तो रैछ यो त्रास भन्ने कुरा ढुक्क भएर बस्न कहिल्यै दिदैन।फोन नउठाउ त जन्मदिने बाआमा को मन कसरी दुखाउ अनि उठाउ त आफ्नो यो हालत छ तैपनी नहड्बडाइ थोरै बोल्छु भन्ने हिम्मत जुटाएर लर्बराएका औला लाई मोबाइलमा घिसारे।सोच्दा सोच्दै फोन काटिने बेला भैसक्या थ्यो धन्न उठाउन भ्याए के हो बाबू बेपत्ता भएको छस त,फोन पनि गर्दैनस उठाउन नि यति ढिला निदाइसकिस र?
१०/१५ दिन भैसकेको थियो कुरा नभएको अझै भनौ नेहा घर बाट फर्केर मलाइ भेटेपछि खासै कुरा भएको थिएन।अर्धाङ्गिनी पाएर बाआमा भुलेको भने पटक्कै हैन तर परिस्थिति त्यस्तै थियो, बुवाको कता हराइस भन्ने कुरा ले फेरि त्यो पन्ध्र दिन दोहोरियो मानस्पटलमा,आँसु हरुले आफ्नै बाटो खोजे मैले छेकिन बग्न दिए,र बोले ।
बिस्तारै उम बुवा म त निदाइसकेछु पछि गफ गर्छु नि है?अनि सन्चै हुनुहुन्छ ?ममिलाइ कस्तो छ?एकैचोटि प्रश्न ओइराए उम ठिक छौ ल सुत राम्रो सङ्ग भोलि गफ गरौला भन्नू भो ।
हस भनेर फोन राखियो धन्न आवाजले था पाउनु भएन छोरो जड्याहा भएको कुरा फोन बाट गन्ध नजाने ढुक्कै आवाजले थाहा नदिएपछि।रात छिप्पिसकेको थियो बोतल पनि करिब करिब रित्तियो,उता चुरोटको बट्टा पनि खाली भयो सबै हामीले सखाप पार्यौ हामी भरियौ नशा ले ,सुतियो हामी धेरै पछि पुरानो साथी सङ्गै एउटै बिस्तारामा ।पल्टिएपछी नशाले थोरै रिंगटा लाइराथ्यो छिट्टै निद्रा देवी ले काखी च्याप्नु भयो।स्वास फेरिरहेको मेरो लास बिस्तारामा लम्पसार थियो बिहान भैसकेछ बुवाकै फोन ले बिउझिए।बिउझदा टाउको भारी रैछ नशा ले त छर्लङ्ग छोडेको तर अलिकती ह्याङओभर बाकी थियो जे होस सबै कुरा स्मरण थियो मजाले गफ गरे।
किन बाबू माया मारिस त?
परिक्षा थियो बुवा बिगत दस पन्ध्र दिन देखि त्यसैले संवाद पातलिएको हो,आफ्नो पुजनिय पिता सङ्ग मैले ठुलै झुट बोले,अक्सर मान्छे हरु बाध्यतामा परेपछि झुट रच्न सिपालु हुन्छन,मलाइ कुनै समय लागेन परिक्षा थियो भन्ने बनावटी कुरा गर्नलाइ ।
कस्तो हुदैछ राम्रो गर्नु है, हाम्रो यहाँ को दुख सम्झिनु, थाहा छ त बुज्झकी छस तैपनी सम्झाएको बाबू
मेरा आँखा बर्खाको आकाश जस्तो भैरह्यो हिजो सुत्ने बेला सम्म चुहियो आज बिउझिना साथ,के मेरो कर्मै यस्तै हो?कहिले सम्म झरिरहन्छ यो नुनिलो पानी आँखा बाट?कहिले हट्छ मेरो जीवन बाट पीडा दर्द हरु?उफ्फ आवाज निकाल्न मिलेको छैन, आँसु रोकिन मानेको छैन ,मलाइ डाको छोडेर रुन मन छ बुवा भन्नुहुन्छ परिक्षा हो जिन्दगी को सवाल हुन्छ सोचेर दे है,बिचरा बुवालाइ मैले किताबी परिक्षा नदिएर जिन्दगीको परिक्षा दिएर पनि अनुत्तीर्ण भएको दुखद खबर के थाहा र?हस हुन्छ आँसु हरु को बिचमै बोले बोल्दा ओठ खुल्यो एक ढिक्का आँसु आँखा को संसार छोडेर जाँदै रैछ मेरो मुख भित्र पुगेर अड्कियो,उफ्फ कति नुनिलो पानी😒😒
कहिले आउछस त घर?
परिक्षा सकिए लगतै कस्तो न्यास्रो लाइराछ मलाइ पनि
हुन्छ ल सक्ना साथ आइजो कहिले सकिन्छ?
३/४ दिनमा
संवाद टुङ्गियो साथी हिजो को नशा सङ्गै लम्पसार छ घडीमा बिहानको ६ मात्र बजेको छ सुत्न नि अबेर नै भएको थियो हिजो मस्त निद्रा त पुगेको थिएन तर मेरो बेचैनी ले मलाइ सुत्न दिएन म जागा भए,सम्झिए बालापन,स्कुलका दिन ,त्यो खुसी ,कलेज,कलेजका साथी हरु ,नेहा ,हाम्रो सुमधुर सम्बन्ध ,ऋचा ,उस्को एकोहोरो प्रेम,काठमाडौमा नेहा सङ्ग बिताएको पहिलो रात,पोखरा सम्मको गाडी को यात्रा,होटल बाराही को बसाइ देखि त्यो जेल को चिसो छिंडी सबै सम्झिए त्यो अज्ञानी आँसु फेरि झर्यो अनवरत रुपमा।आखाको डिल सुनिएको छ,मन जलेको छ पीडा हरु सायद आसुले ओसिएर हुन सक्छ जिउ को तिउ छ,मन जल्दा पनि जल्न मानेन सायद भोलि का दिन हरुमा मलाइ तड्पाउन हुन सक्छ।साथी उठ्यो उ काम मा जानुपर्ने , मलाइ पनि भुलिनु थियो सङ्गै गए,दिउँसो काम र बेलुका सराब,चुरोट यो हाम्रो दैनिकी भयो कमसेकम बाग्लुङ बसुन्जेल,२/३ दिनमा त घर आउछु भनेकै थिए ,जानू नै छ।साथी सङ्ग दुख सुखका गफ हरु चलिनै रहन्थे सबै कुरा भने अब म घर जान्छु यार,तेरो पैसा म सक्दा तिर्छु ,अहिले जान्छु है ।
साले 😒पैसाको कुरा गरिस?पैसा ठूलो को आत्मियता?यति बोल्दै अङ्गालोमा कसिएर हामी छुट्टियौ।जिन्दगी यात्रा रहेछ,यात्राको बिचमा धेरै मोड हरु आउछन हामिले पार गर्दै जानू छ,हर स्टेसनमा मान्छे चड्छन र आफ्नै गन्तव्य मा ओर्लिन्छन,आफ्नो गन्तव्य सम्म त साथ कस्ले पो दिन्छ र?कलेजका साथी हरुलाइ कलेज मै छोडेर आए,आफुलाइ चाहने ऋचा थिइ वास्ता लागेन,मैले चाहेको नेहा थिइ उस्ले पनि चाहन्थी केही समय सहयात्रा गर्यौ र अन्तमा छुट्टिनु नै पर्यो,मेरो प्यारो साथी त्यत्रो सहयोग लिगे २/४ दिन बसेर आफ्ना पीडा हरु पनि बिसाए तर उ सङ्ग पनि छुट्नु नै पर्यो।अक्सर हर भेट हरु छुट्टिन कै लागि हुने रैछ जसरी मान्छे मर्नको लागि जन्मिन्छ।म छोटो समय मा धुवा प्रेमी भैसकेको थिए,मेरो चुरोट प्रतिको लगाव नियाल्दा लाग्थ्यो धुवा सङ्ग मेरो बर्षौ पुरानो मित्रता छ जुन कहिल्यै टुट्नेछैन।खल्ती मा चुरोटको बट्टा र लाइटर नटुट्ने भैसकेको थियो मेरो।गाडी चढे घर गए भारी मन अनि हलुका झोला बोकेर।गाउँ जादा बा लाई एउटा गतिलो टोपी आमा लाई फरिया अनि नुन तेल लैजाने ठूलो रहर थियो तर सापटी मागेर पनि सकिन लागेको सेप्रो गोजि ले मेरो रहरलाइ नमज्जाले गिज्ज्यायो म चुपचाप रहे र खाली हात लिएर घर पुगे। छोरो शहरबाट परिक्षा सकाएर आयो खुसी हुनुहुन्थ्यो परिवार,छोरो ले आफ्नो खुसी बर्बाद गरेर आयो बिचरा छोरो खुसी हुन सकेन तैपनी त्यो देखाउन भएन मैले पनि उहाहरुको खुसी मा खुसी नै भएको नाटक गरिदिए उहाहरु ले पत्याउने गरि।त्यो सबै कहालिलाग्दो बिगत सुनाउन मन लागेन र गुम्स्याइ रहे पीडा हरुलाइ,अमिलो हुन्जेल सम्म।
खल्तीमा चुरोट त हमेसा हुन्थ्यो बाआमा को अगाडी बसेर चुरोट खान पनि नमिल्ने नखाउ त आफुलाइ खत्रा बानी परिसक्यो एकछिन नखादा छट्पटी ।रात पर्यो सबै सुते म पनि सुते जब उहाँ हरु निदाउनु भयो घरको कर्सा मा गएर चुरोट खाए ,दैनिकी यस्तै चल्दै थियो।
तेरो पढाइ कहिले अब?
प्रश्न आयो उफ्फ के जवाफ दिउ म पढ्न छाडेको एक लफुङ्गो ले आफ्नो वास्तविकता अनि परिवारको म प्रतिको सन्तुष्टि देखेर मेरा आँखा हरु ओभानो हुन मानेनन् अनि रसिला बनाइरहन पनि बाआमाको खुसी ले छेक्यो म खुब रुन्थे तर समय मिलाएर।
पढाइ सकियो अब खै रिजल्ट पो कहिले आउँछ ।
रिजल्ट त राम्रै आउँछ नि?
नदिएको परिक्षा को रिजल्ट राम्रो आउँछ कसरी भनौ तैपनि मन मिचेर भने बल्लतल्ल “उम”
पढाइ नहुदा म काठमाडौ जान्न है,छोरो घरमा बस्न खोज्दै छ उता पढाइ छैन कस्ले पो नाइ भन्छ र हस भन्नू भयो
म घरमै बसे,६ महिना त्यतिकै बित्यो घरको काम,खेतबारीको काम,बाआमा सङ्गको साथ अनि बिगतका स्मृति हरु लाई अङ्गालेर।
रिजल्ट कहिले आउँछ? सोध्नु भो घरमा,वास्तबमै परीक्षा दिएको भए रिजल्ट आइसक्ने समय पनि भएको थियो अब के भन्नू पास भए भनौ त पाइला अगाडी चाल्नु थियो जुन अपाङ्ग खुट्टाले कसरी सक्नु दुखी हुनुहोला केही समय तैपनी केही छैन सोचेर फेल भएको खबर सुनाए केही दिन पछि।ल गैहाल तैयारी गर राम्रो सङ्ग पढाइ त बिगार्नु हुन्न बाबू,त्यो प्रेम मिश्रित अनुरोध मैले नकार्न सकिन तर कहाँ गएर के तैयारी गर्ने अनि जति खेरै बाट न पढ्न मिल्छ फारम को मिति सकिसकेको थियो अलपत्र परे,हुन्छ म फारम भरेर अनि पुस्तक लिएर आउछु २/४ दिनमा भनेर निस्किए,हचुवाको भरमा घर बाट निस्किए र बजार झरेपछी बागलुङ तर्फ सोझिए साथी भए तिर।गए, उस्लाइ भेटे,सबै पीडा परिवारको आसा मेरो वास्तविकता सुनाइसके उ पनि निराश भयो बिगत ५/६ महिना देखि रक्सी नखाएको म हामीले फेरि पहिलाको जस्तै दैनिकी बनायौ उहीँ सराब, चुरोट अनि पीडा र बेदना।
२/४ दिनपछि केही थान वियोगान्त प्रेमकथा का पुस्तक हरु बोकेर घर गए मन बहलाउन अनि घरमा पुस्तक देखाउन।घर गए यी तैयारी यतै बाट गर्छु भनेर पुस्तक देखाए बिचरा बाआमालाइ के थाहा छोरो ले पढ्छ भनेर मख्ख हुनुहुन्थ्यो।जिन्दगी, जिन्दगी जस्तो लागेन,बिगत सम्झे, वर्तमान सम्झे,भबिस्यको कल्पना गरे ओहो म त बिग्रीसकेछु,पढाइ अलपत्र,सपना हरु अलपत्र अनि यस्तो मान्छेको भबिस्य पो कसरी सरल होस र?मलाइ आफ्नै चिन्ता लाग्न थाल्यो जिन्दगी लाई जिन्दगी जस्तो बनाउन मन लाग्यो कलेजका साथी हरुलाइ बल्ल तल्ल सम्पर्क गरेर पढाइको बारे बुझे नया सेसन सुरु भएको बताए म फेरि काठमाडौ जाने निधो गरे।काठमाडौ त जाने तर कहाँ?पहिले को ठाउमा त के भैसक्यो घरबेटी ले के गर्दिसक्यो मेरा कयौ अधुरो चिज थुनेको कोठा लाई,आफ्नो इज्जतको हैसियतले पनि त्यहा जान मन लागेन,हुन त कति नै इज्जत थियो र मेरो आखै अगाडी आफ्नो श्रीमती खोसिदा समेत आफू एक्लै फर्किए साला दुनियाँ ले देखेको भए नामर्दा भन्थे होलान् ।अलिकति खर्च को जोहो गरेर फेरि नया बसाइ को सुरुवात गरे घरमा थाहा नदिइ,र मैले छुटेको देखि नै आफ्नो अध्ययन लाई निरन्तरता दिए।आफ्ना सपना हरु गएर पोखराको जेलमा थुनिए तापनि बा को सपना पूरा गर्नको लागि म काठमाडौ छु।पढाइमा मेहनत गर्दै गए पढ्दै गरे।
एकदिन कलेज सकेर फर्कदै थिए मोबाइलमा मेसेज टोन बज्यो टेलिकमको होला सोचेर हेर्न मन लागेन कोठा आएपछि खोले नया नम्बर बाट आएको थियो कौतुहलता ले बेस्सरी छोयो मेसेज खोले लेखिएको थियो,”नीर आफ्नो ख्याल राख है,आफुलाइ सम्हाल,म बाध्यता मा परे र बिहे गरे,मेरो खास श्रीमान तिमी हौ तर म #अर्काकी_श्रीमती बन्न पुगे चाहना बेगर जिन्दगिको कुनै पनि क्षणमा तिमीलाई बिर्सिने छैन लभ यु सो मच”मेसेज पढे नेहाको रैछ,पसिना छुट्यो तुरुन्तै फोन गरे मोबाइल अफ उफ्फ मेरो भाग्य ।पोखरा को जेल बाट छुट्टिए देखि आज सम्पर्क मा आएकी थिइ त्यै पनि एउटा मेसेज लिएर झुलुक्क आफुले गर्न खोज्दा छैन।धेरै दिन सम्म पनि त्यो नम्बरमा प्रयास गरिरहे तर सम्पर्क हुन सकेन।
गुजारा त जसै चलाउनु थियो मैले सानो काम सुरु गरे,
पढाइ राम्रै चल्दै गयो,महिना बित्यो बर्ष बित्यो ।बिगतले मुटु पोल्यो,वर्तमान ले ओठ पोल्दै छ भबिस्यले पूरा हुन नसेकेका सपना पोल्छन जिन्दगी यसैगरी चल्दै छ।

म झसङ्ग भए वरपर सबै सुनसान,साझले पनि राती लाई निम्ता दिसकेछ,रातले पनि निम्तो स्विकार गरिसकेछ,म मेरो बिगतमा हराइरहेछु,यताउति हेर्न खोजे आसुले बाटो छेकिरहेको छ हत्केला ले मज्जाले पुछे ,कोठा जान मन थिएन नगएर पनि भएन,खल्तीमा भएको चुरोट झिके सल्काए र उचाल्न गाह्रो भएको पाइला लाई लतार्दै लागे निवास तर्फ र बेरङ्गी जिन्दगी लाई जसोतसो घिसार्न थाले।
समाप्त