मेनु

विश्व दृष्टि दिवसको अबसरमा अत्तरियामा निशुल्क आखा शिविर सम्पन्न ,, २ सय ९५ जनाको आखा जाच गर्दा ८० जनामा मोतिया विन्दु फेला

सुदूर खबर-हेमराज भट्ट ,अत्तरिया ,असोज २६
आज विश्व दृष्टि दिवस , स्वास्थ्य आँखा सबैका लागि, दृष्टिको महत्व बुझौ, भन्ने नाराका यस बर्ष विश्व दृष्टि दिवस सुदुरपश्चिम लगाएत देशैभरि मनाइएको छ । यता बिश्व दृष्टि दिवशका अवसरमा कैलालीको अत्तरियामा आज प्रभातफेरि सहित निशुल्क आखा शिविर सम्पन्न भएको छ । फ्रेड हलोज फाउन्डेसनको सहयोगमा नेपाल नेत्र ज्योति संघ कैलाली , गेटा आखा अस्पताल , लायन्स क्लव अफ अत्तरीया सिटीको संयुक्त आयोजनामा शिविर संचालन गरिएको थियो ।

निशूल्क आखा शिविरमा गोदावरि नगरपालिका लगाएत आसपासका २ सय ९५ जनाले निशुल्क रुपमा सेवा लिएका छन । जसमध्ये ८० जनामा मोतिया विन्दु भएको ,१ जनाको आखा फर्किएको ,४ जनाको आखामा मासु पलाएको र २२ जनालाई चस्मा लगाउनुपर्ने समस्या देखिएको छ । अन्य बाकि सामान्य खालका आखाका बिरामीहरुलाई निशुल्क औषधि पनि वितरण गरिएको छ ।

आज चेकजाच गरेकाहरुमध्ये मोतिया विन्दु फेला परेकाहरुको भोलिदेखि मड्गलवार सम्म गेटा आखा अस्पतालमा निशुल्क अप्रेशन गरिने बताइएको छ । नेपाल नेत्र ज्योति संघ कैलालीका अध्यक्ष जिवननाथ जैशीको सभापित्वमा सुरु भएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष चक्र बाहादुर सिंह प्रमुख अथिति रहनुभएको थियो । यस्तै कार्यक्रमका बिशिष्ट अथिति गेटा आखा अस्पतालका निर्देशक डा.सुरेसराज पन्त र शिक्षाबिद् डा. हेमराज पन्त रहनुभएको थियो । कार्यक्रम सुरु हुनु अघि कैलालीका विभिन्न लायन्स क्लवका पदाधिकारी र गुहेश्बरी मा बिका विद्यार्थिहरुको सहभागितामा अत्तरीया बजारमा प्रभातफेरि निकालिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल नेत्र ज्योति संघका केन्द्रिय उपाध्यक्ष चक्र बाहादुर सिंहले आखा मानब जिवनको महत्बपूर्ण अड्ग भएकाले आखामा कुनै सानो समस्या आए हेलचकराई तुुरुन्त नेत्रालयमा जान सबैमा आग्रह गर्नुभयो । यस्तै गेटा आखा अस्पतालका निर्देशक डा.सुरेसराज पन्तले विश्वमा हरेक ५ जना अन्धोपन भएका मानिसमध्ये चारजनाको उपचार र रोकथाम सम्भव भएकाले रहेक ६–६ महिनामा आँखा जचाउन जरुरी हुने बताउनुभयो ।

उहाले मोतिविन्दु, आँखाको पर्दा जन्य रोगहरु, जलविन्दु, आँखाको नानीमा हुने अन्धोपना र दृष्टिदोषका कारण अन्धोपन हुने गरेकोले आखाको सुरक्षामा बिषेश ध्यान दिन सबैमा सुझाव दिनुभयो । लायन्स क्लव अफ अत्तरीया सिटीका अध्यक्ष बिर बहादुर खत्रीले स्वागत गर्नुभएको कार्यक्रमको संञ्चालन नेत्र ज्योति संघ कैलालीका सचिब भुपेन्द्र थापाले गर्नुभएको थियो । सन् १९९९ फेब्रुअरीमा दृष्टि २०२० कार्यक्रमको घोषणा गरी हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिन्छ ।