मेनु

आमा आईसियुमा, बुबा प्रहरी हिरासतमा, चार महिने छोरीलाई कसरी बचाउन ? फोटो फिचरसहित !

Null

उदयपुर, पुस १५ – दुई हप्ता अघि श्रीमानको कुटाइबाट सिकिस्त बिरामी भएकी उदयपुरकी सरिता मोतेका नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । उदयपुरको भलायडाँडा– ३ कि सरितालाई श्रीमान जीवनले पुस १ गते कुटपिट गरेपछि उनी अस्पताल भर्ना भइन् । श्रीमानलाई प्रहरीले पक्रियो । आमा अस्पताल भर्ना र बुबा प्रहरी हिरासतमा भएपछि उनीहरुका तीन छोराछोरीको बिचल्ली भएको छ ।

श्रीमानको कुटाइबाट घाईते बनेकी सरिताको अहिले विराटनगर स्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामी कुरुवा बस्न सासु ससुरा विराटनगर गएपछि ४ महिनाको नाबालिको शिसुसहित २ बालकहरु बिचल्लीमा परेको छिमेकी वोधकुमार घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो ‘बच्चाको आमा आइसियूमा, गँजेडी बाबुलाई प्रहरीले पक्रेर लग्यो यहाँ बालबच्चा छिमेकीको भरमा’सरिताका चार र दुई बर्षका छोराहरु र चार महिनाकी एक नाबालक छोरीको हेरचाह गर्ने मान्छे कोही नभएको भन्दै घिमिरेले भन्नुभयो ‘ठूला नानीहरु त जसो तसो बाँच्थे तर सानो नाबालिका नानीलाई बचाउन मुस्किल पर्ने भयो ।’

श्रीमतीलाई कुटपिट गर्ने जीवनलाई प्रहरीले मंगलबार पक्राउ गरी हिरासतमा राखेको छ । गाँजा खाएर लठ्ठिएका जीवनले सरितालाई दाउराले टाउको हानेर बेहोस बनाएका थिए । उनको अहिलेसम्म होस आएको छैन ।
आर्थिक अवस्था कमजोर रहेका सरिताका ससुरा होमबहादुरले घरजग्गा समेत तीन लाख रुपैयाँमा बिक्री

सरिताको उपचार गरे पनि स्वास्थ्यमा सुधार नआएपछि मोते परिवार आर्थिक संकटमा परेका छ । आर्थिक समस्याको बारे बुवा होमबहादुरले भन्नुभयो, ‘घरजग्गा सक्दा पनि बुहारीको होस आएको छैन, डाक्टरले अझै पैसा लाग्छ भनेको छ ।’ साभार उज्यालो अनलाइन

Null

SIDHAREKHA ONLINE