नेपाली बजारमा फेरी धमाकेदार स्याङयोङको नयाँ रेक्सटन,के-के छ सुविधा ? जानकारी लिनुहोस

काठमाडौं,मंसिर २७ – कोरियाली मोटर निर्माता कम्पनी स्याङ्योङले आफ्नो नयाँ मोडलको गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ६ स्पीड म्यानुअल र ७ स्पीड अटोमेटिक ट्रान्समिसनमा दुई विकल्पका साथ ती गाडी सार्वजनिक गरिएको छ । सो गाडीको बजार मूल्य क्रमशः १ करोड १२ लाख रुपैयाँदेखि १ करोड २० लाख रुपैयाँसम्म रहेको छ ।

स्याङयोङ नयाँ रेक्सटनको डिजाइनमा इ एक्स डी २२० डिजेल इञ्जिन र मर्सिडिज–बेन्न ७ स्पीड अटोमेटिक ट्रान्समिशन प्रयोग गरिएको छ । जसले आरामदायी परिवर्तनको अनुभव प्रदान गर्नेछ । सो गाडीलाई ‘म्याजेस्टिक थ्रिलिङ’ अन्तरगत बनाइएको भने यसमा सोल्डर वीङ प्रतीक रहेको छ ।

गाडीमा ४ डब्लूडी टेक्नोलोजी, रियर व्हील ड्राइभ मोड, फ्रन्ट व्हील डबल वीसबोन र रियर व्हील मल्टी–लीङक इन्डीपेन्डेन्ट सस्पेन्सनले उच्चतम ड्राइभीङ स्थीरता र ड्राइभीङ अनुभव प्रदान गर्ने बताइएको छ ।

त्यस्तै, नयाँ रेक्सटनमा ९ वटा एयरब्याग र क्वाड फ्रेम (उत्कृष्ट पाश्र्व टकराव सुरक्षा) प्रयोग गरिएको छ । सुरक्षाको लागि इलेक्ट्रीक ब्रेक–फोर्स डिस्ट्रीब्युशन (इबीडी) र एन्टी–लक ब्रेक्स (एबीएस), एन्टीरोल ओभर प्रोटेक्शन (आरपी) लगायत ब्रेकहरु उपलब्ध छन् ।

त्यसका अलावा गाडीमा सबैभन्दा ठूलो ८ इन्चको एचडी स्क्रीन, इन्फिनीटीको प्रिमियम १० स्पीकर सीस्टम, स्वचालित ढोका, सहज पहुँच भएको पूर्ण स्वचालित एयर कन्डिशन, पछाडि २२० भोल्टको इन्भर्टर र सामान राख्न र निकाल्न स्मार्ट टेलगेट रहेको जनाइएको छ । गाडीलाई नेपालको सडक अनुसार प्रयोग गर्न इलेन्ट्रिक ब्रेक र एन्टी लक ब्रेक्सको समेत प्रयोग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *