अस्टमी गुरुङलाइ आत्महत्या गर्न बाध्य बनाएका साइमनलाइ फासी हुनैपर्छ भन्ने अपिल

आफ्नो परिवारका लागी युएइ पुगेकी अस्टमी गुरुङलाइ आत्महत्या गर्न बाध्य बनाएका साइमनलाइ फासी हुनैपर्छ भन्ने अपिल.सबै नेपाली जनताले चाहेकै यहि हो

अस्टमी गुरुङको हत्यारा बंगलादेशी साइमन काजीलाइ यतिकै रिहा हुन नदिनका लागी सक्दो पहल गरी फासी हुनै पर्ने तमाम नेपाली जनताले चाहेकै छन्.आफ्नो मोहमा फसाएर नेपाली चेली लाइ आत्महत्या गर्न बाध्य बनाएका साइमनको पर्दाफाश भएको थियो रवि लामिछानेबाट र अहिले हरेक नेपालीले साइमनको लागी उचित सजाय नै फासी भन्ने चाहेका छन्

जनता संग सिधा कुरा कार्यक्रमको यस अघिको अंकमा युएईमा आत्महत्या गरेकी भनिएकी एक युवतिकको रहस्यमय भिडियो प्रशारण भएको थियो । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेर्कड गरेकी यि युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन ।उनको शब सँगै आएको उन्को ब्यागमा फोन भेटियो ।

फोनमा उन्का आफन्तले हेर्दा अष्टमीले म्योसज रेकर्ड गरेकी रहेछिन् । उनाका आफन्तले यो मोवाईल चेक गर्दा भिडियो भेटिएको हो । जसले अस्टमीले आत्महत्या नगरि उनको हत्या भएको कुरालाई पुष्टि हुन्छ ।जनता संग सिधा कुरा कार्यक्रमले प्रशारण गरे लगत्तै संसार भरका नेपालीको ध्यान आर्कषण भएको छ ।भिडियोमा उनले आफुलाई बलत्कार गर्ने अरेवियन गल्फ जेनेरेज म्यान्टिनेन्स एण्ड क्लिनिङ एजेन्सी सुपरभाईजरको नाम लिएकी छिन् ।

साईमन काजी भन्ने ति बंगलादेशी व्यक्ति हुन् । यिनको फोटो र डिटेल एनआएएन युर्एइीका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन्। श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तीलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ।

अस्टमीलाई विदेश पठाउने पारामोड ओभरसीस कंलकीका सञ्चालक कृष्ण रिजाललाई अस्टीमाको आत्महत्या पछाडी जोडीएको कम्पनी र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दबाब दिईएको छ ,अस्टमीले आत्महत्या गरेका भनीएपनि उनले मर्नुअघि रेर्कड गरीएको भिडियोको आधारमा उनको हत्या गरीएको वा आत्महत्या लागि बाध्य पारेको देखीन्छ

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *