घट्यो सुनचाँदीको भाउ

काठमाडौँ, मंसिर २९ – सुनचाँदीको भाउ शुक्रबार घटेको छ । सुन तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा ४ सय रुपैयाँ बढेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेको हो । यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *