लेखराज भट्ट ले भने ७ न. प्रदेश राजधानी अत्तरिया नै उपयुक्त

महेन्द्रनगर, २९ मंसिर ।
नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर प्रदेशको राजधानी अत्तरिया नै उपयुक्त हुने बताएका छन् ।
महेन्द्रनगरमा शुक्रबार प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता भट्टले जनघनत्व र सबै जातजातिलाई समेट्ने हिसाबले अत्तरिया नै प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । ‘यो मेरो निजी विचार हो,’ भट्टले भने, ‘पार्टी र वाम गठबन्धनमा छलफल गरेर प्रदेश रा

जधानीबारे आधिकारिक निर्णय लिइने छ ।’ नेता भट्ट अत्तरिया क्षेत्रमै पर्ने कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा वाम गठबन्धनको शीर्ष नेतृत्वले निर्णय लिने इन्चार्ज भट्टले बताए । ‘वाम गठबन्धनको शीर्ष नेतृत्व अझैं पनि निर्वाचन क्षेत्र र चुनावी कार्यक्रममै छ,’ भट्टले भने, ‘चुनावी समिक्षा र भावी रणनीतिबारे वाम गठबन्धनको शीर्ष नेतृत्व छलफल गरेर अगाडि बढ्नेछ ।’ दीर्घकालीन लक्ष्यसहित वाम गठबन्धन भएकाले छिट्टै सरकार निर्माण र पार्टी एकताको प्रक्रिया अगाडि बढ्ने भट्टले बताए । ‘पार्टी एकता हुँदा पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री एउटा पार्टीबाट हुने सहमति भएको हो,’ भट्टले भने, ‘त्यसै सहमति अनुसार पार्टी एकता र सरकार निर्माण हुन्छ ।’
शेरबहादुर देउवा नेतृत्वको सरकारले तत्काल राजीनामा दिनुपर्ने इन्चार्ज भट्टले बताए । ‘निर्वाचन परिणामलाई सम्मान गर्दै कांग्रेसले तत्काल सरकार छाड्नुपर्छ,’ उनले भने । नयाँ सरकार गठन भएसँगै विकास निर्माण र आर्थिक समृद्धिको बाटोमा देश अगाडि बढ्ने भट्टले बताए । दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माण र महाकाली नदीमा पुल बनाउने कुरा आगामी सरकारले प्राथमिकताका साथ अगाडि बढाउने उनले बताए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रदेशसभा सदस्य महेशदत्त जोशीले प्रदेश राजधानीको विषयमा प्रदेशसभाले नै निर्णय गर्ने बताए । ‘मेरो विचारमा प्रदेश राजधानीका लागि कैलालीको अत्तरिया नै उपयुक्त हुन्छ,’ जोशीले भने, ‘७ नम्बर प्रदेशलाई आगामी १० वर्षभित्र विकसित प्रदेशका रुपमा विकास गर्ने गरी वाम गठबन्धनले काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *