बालकोटबाट अाएकाे केपी ओलीकाे बाेलीले सबै हर्षित !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास निर्माण कार्य पारदर्शी र गुणस्तरीय हुनुपर्ने बताउनु भएको छ । विकास निर्माणको गुणस्तरीयतामा कोही कसैंसंग पनि सम्झौता नहुने ओलीले बताउनुभएको छ ।

आफ्नो निवास बालकोटमा बधाइ ज्ञापन गर्न आएको नेपाल निर्माण व्यावसायी महासंघको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै ओलीले निर्माण व्यावसायी बलियो हुने,पुल बाटो कमजोर हुने कुरा अब सैह्य नहुने बताउनुभयो । ‘निर्माण क्षेत्रमा अलि अलि भ्रष्टाचारको गन्ध आउछ’ ओलीले भन्नुभयो ‘तर अब त्यस्ता दिन गए । सबैले इमान्दारीपूर्वक आर्थिक पारदर्शीता सहित गुणस्तरीय काम गर्नुपर्छ ।’

देश निर्माणका लागी निर्माण व्यावसायीहरुको भूमिका महत्वपूर्ण हुने बताउदै ओलीले देशको प्राथमिकता नै अब विकास निर्माणमा हुने बताउनुभयो । ‘हामीले राजनीतिक संरचना तयार गरे पनि भौतिक संरचना तयार गर्न सकेका छैनौ’ ओलीले भन्नुभयो ‘प्रदेशसभाहरु चुनिए तर प्रदेशसभाको बैठक बस्ने भवन,मुख्य मन्त्री बस्ने भवन छैनन् । त्यस कारण राजनीतिक संरचनालाई काम गर्न सक्ने बनाउनका लागी भौतिक संरचनाको निर्माण दुु्रत गतीमा गर्नु जरुरी छ । ’

नेपाल अहिले पुननिर्माणको चरणमा भएकोले पनि अबका केही दशक निर्माण क्षेत्रले देशलाई ठुलो योगदान गर्न सक्ने ओलीको भनाइ छ । ‘भूकम्पले भत्केका,घर र सार्वजनिक भवनहरु प्ुाननिर्माणभएका छैनन्’ ओलीले भन्नुभयो ‘यी सबै क्षेत्रको पुन निर्माणका लागी व्यावसायीक क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको छ ।’

आगामी सरकारले विकास निर्माणका क्षेत्रमा भएका अब्यवहारिक नियम कानुनलाई संसोधन गरेर छिटो र छरितो कानुन बनाउने ओलीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *