किन ताकी ताकी नजर जुघाउछन अर्काकी श्रीमतीलाई परपुरुषहरु ? के श्रीमतीले पनि परपुरुषलाई रोज्न किन नहुने ??

अर्काकी श्रीमतीसंग पुरुषहरु हाकाहाकी बेडसम्म पुगेको कुराले मेरा कानमा रातापीरा भएका थिए । लोग्ने मानिस कत्ति सजिलै यस्ता कुरा गर्छन तर महिलाले यस्ता कुरा अझै पनि नेपाली समाजमा पचाउन सकेका छैनन् । लोग्ने मानिसले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नी मानिसले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? इच्छा त उही हो, चाहे लोग्ने मानिस हुन् वा स्वास्नी मानिस ।

यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनिहरुलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख बाधक भएर आएको छ । जो सँग हैसियत छ, उसले लोग्नेमान्छेलाई भाडामा लिएर राखेको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौन कर्म पनि गरिरकेका पाइन्छन् । यो वर्ग सानो छ । धेरै जसो महिला आर्थिक रुपमा परनिर्भर छन् ।

त्यसको असर उनीहको यौन स्वतन्तामा परेको छ । उनीहरु लोग्नेमानिसको इच्छा र इसारमा यौन कर्म गर्नुपर्ने बाध्यतामा छन् । अर्थिक रुपमा सक्षम नहुन्जेल महिलाहरुको यौनपन स्वतन्त्रता कुण्ठित नै हुन्छ ।

साप्ताहिकमा प्रकाशित साहित्यकार निरुपा प्रसूनसंग ‘तिम्रो लोग्ने र म’ को बारेमा गरेको कुराकानीको अंशमा आधारित।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *