नेपाली श्रमिक हरुकालागि मलेसिया बाट आयो दुखद खबरः कमिसनको प्रलोभनमा ठगीँदै मलेसियामा नेपाली श्रमिक

मलेसिया, पुस २७ ।
मुनस्पेस र वानडब्लुवानबी (Monspace / 1w1b)जस्ता नेटवर्क मार्केटिङ कम्पनीले मलेसिया लगायत खाडिका विभिन्न देशमा कार्यरत श्रमिक लाई धेरै कमिसनको प्रलोभनमा ठगी गर्दै आइरहेकोे छ ।

धेरै कमिसन पाइने प्रलोभन र आशा देखाउदै आर एम(५८० देखि आर एम(५८०० सय सम्म असुल गरि नेपाली श्रमिकहरूलाई लामो समय देखि ठगी गर्दै आएको बुझिएको छ । छिटै र धेरै पैसा कमाउने आशामा प्रक्रिया अनुसार सदस्यहरूले हतारिदै तत्काल रकम जम्मा गर्छन । त्यसपछि कम्पनीको युजर लाइ ब्लक गरि ग्रुपबाट हटाएर लिडरहरू सम्पर्क बिहिन हुने प्रबृत्ति दोहोरिन थालेपछी यस्तो ठगि धन्दा बढेको सोहि ब्याबसायमा आवद्ध टेक श्रेष्ठले बताएका छन् ।
भर्खरै बिदेश गएका श्रमिकलाई छिटो र धेरै पैसा कमाउने आशा देखाउने र तत्काल आबद्ध गराउदै ठग्ने प्रवृत्ति बढेको बुझिएको छ ।

कम्पनीको सुरुवात देखिनै निरन्तर यसै व्याबसायमा आबद्ध हुँदै आएका टेक श्रेष्ठका अनुसार यस्ता कम्पनी बैधानिक वा अबैधानिक हो भनेर कम्पनीको बारेमा जानकारी लिन खोज्दा आफ्नो आइडी नै ब्लक गरि दिएको बताएका छन् ।

आफुले सुरुमा प्रवेश गर्दा प्रवेश सुल्क बापत आर एम( ५०० र त्यसपछी आर एम(५८०० अतिरिक्त लगानी समेत गरिसकेको उनले बताए। श्रेष्ठका अनुसार कम्पनी जर्मनी भनेर प्रचार गरिएपनि मलेसियाबाट नै पुर्ण स्वामित्वमा संचालित रहेको र यस्को कुनै निश्चित मापदण्डको ब्यापार नरहेको समेत जानकारी दिएका छन । यस्को कुनै कार्यलय छैन कम्पनीका संचालक डेबिट घी र सिस्टम सिङ्गपुर भनिएपनि यो भ्रमको खेती मात्रै रहेको बताउँदै उक्त कम्पनीले गर्ने काम सबै अबैधानिक र मापदण्ड विपरित रहेको आरोप समेत लगाएका छन् ।

कम्पनी बन्द भएमा कुनै कानुनी सहयोग नपाइने र लगानी गरेको कुनै प्रमाण समेत नहुने हुदा यस्ता नेटवर्किङ कम्पनी हुन्डी कारोबार भन्दा खतरनाक र चुनौतीपूर्ण रहेको श्रेष्ठको भनाइ छ । आफुले (1w1b)नामक नेटवर्क कम्पनीमा २ बर्ष पुर्णकालिन रुपमा ब्याबसाय गरि सकेको भय पनि सुरु देखि अहिलेसम्म को स्थितीमा समेत आफ्नो लगानी पुर्ण रूपमा नउठेको बताउँदै यस्ता भ्रम र छुटको पछाडि नपर्न सबै नेपाली श्रमिक लाइ अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *