एक बेसाहारा बच्चाको पिडा ! खाललाउनकै लागि भने दिन भरीको थकान पश्चात रोडमा नै मिठो निनद्रामा रात गुजार्दै ! गरीवको पिडा केवल ३ मिनेट समय निकालेर पढी दिनु होला …

दिनभरी भारी बोकेर होला म निकै थाकेको थीए । सायद सानो देखेर होला मलाई साहुले मात्र ५० रुपियाँ दिनु भयो । १५ रुपैयाँको एउटा चाउचाउ खाजा खाए । साँझको बेला थीयो त्येसैले निकै जाडी भयो । शरीरमा एक जोडी कपडा मात्रै थियो ।

म जाडोले काम्दै थिए । अगाडी एउटा चिया पसल थियो । मैले चिया पसलको दाई सँग चिया मागे तर त्यो दाईले त उल्टै लखेट्नु भयो । मैले चिया सित्तैमा मागेको थिईन, के गरिबले पैसा तिरेर पनि खान नपाउने यो देशमा ?? त्यतिकैमा झमक्क रात पर्यो । रातीको खाना खाने बेला भयो । मसंग पैसाको नाम मा जम्मा ३५ रुपैयाँ थियो । जुन पैसाले भात खान पुग्थेन । निकै जाडो थियो । चिसो हावा चलिरहेको थियो अनी म सडकको छेउ मा काम्दै बसेर के खाने मनेर सोच्दै थिए । जाडो पनीिनिकै थियो र भोक पनी निकै लागेको हुनाले मैले चिया र पाउरोटी खाने बिचार गरे । एउटा पसलमा गएर पैसा दिए र त्यसको चिया पाउरोटी मागे ।

मलाई त्यो दाईले पलास्टिकको कप मा चिया दिनु भयो र हातमा पाउरोटी दिएर बाटोको छेउमा बसेर खा’भन्नुभयो । के गरीबले पसल भित्र बसेर खान पनि नपाउने ?? आँफु सानो भएकाले म चुप लागेर बाटोको छेउमा बसेर खाए । अली अली अगाए जस्तो भयो तर थप खानको लागी पैसा थिएन त्यसैले त्यतिमा नै चित्त बुझाए । अब खान त खाईयो सुत्ने काहाँ ! अरु दिन जस्तै बाटोको पेटीमा सुत्ने तयारी गदै थिए । बोरा ओडेर सुत्ने गर्थे ।

तर आज मैले राखेको बोरा धनी मानी हरुले आगो ताप्न पोलिदिएछन् । अब त्येतीकै सुत्ने भन्दा अरु बिकल्प थिएन । ईट्टाको सिरानी राखेर खुल्ला अाकाश मुनी सुतीयो । राती सित परेर चिसोले अफ्नो शरीर पनि अर्काको जस्तो लाग्दै थियो त्येसपछी केही थाहा पईन । भोली पल्ट बिहान भयो, मेरो आँखा खुल्यो । मलाई त धेरै मानिसले घेरेका रहेछन् । एकैछिन डर लाग्यो अनी म उठेर हिँडे । मलाई कसैले बाटो छोडेनन् । पछाडी फर्किएर हेरेको त अचम्म मा परेँ , किनकी म जस्तै मान्छे पछाडी सुतिराखेको रैछ ।

यता उता मनिसलाई सोधे, त्यो मान्छे को हो अनि यति बेलासम्म किन सुति राखेको ? कसैले जवाफ दिएनन् । एक छिनमा पुलीस पनि आए । पुलिसलाई पनि त्यही प्रश्न गरे । कसैले पनि वाश्ता गरेनन् । मैले उनीहरुको खुट्टा समात्न खोजे । मेरो हात त उनीहरुको खुट्टा बाट छिर्यो । म आतिन थाले। उता एउटा मन्छेले पुलीसलाई भन्दै थियो : म बिहानै आउँदा यो मरिसकेको थियो । सायद राती चिसोले मरेको होला । यो सुनेर म आकाश बाट खसेको जस्तो भए ।

केहि बेरमा मेरै अगाडी लास उठाएर लगियो । म रोए कराए उसको र मेरो पिडा एउटै थियो तर सुनिदिने को नै थियो र !म जस्तै अनाथ ऊ अाफै मरेको होइन यो समाजले मारेको हो । उफ, बिचरा……!!! मेरो जिन्दगी पनि यसरी नै रित्तिने त होला ।।। मन पर्ने जतिले LIKE तथा SHARE गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *